site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँको मुखमा विदेशिनेहरूको बिलौना
SkywellSkywell

काठमाडौं । नेपालीहरूमा बडा दसैँको उल्लास छाउँदैछ । सहरबाट गाउँ, परदेशबाट स्वदेश फर्किने क्रम जारी छ । तर, सबैले दसैँमा घर फर्किन पाइरहेका छैनन् । भक्कानिँदै रोजगारीका लागि विदेशिनको संख्या पनि कम छैन । शुक्रबार साँझ रोजगारीको सिलसिलामा पोल्यान्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइनमा थिए, रुकुम पश्चिमका कमलबहादुर महतो । 

उनको घाँटीभरी खादा र माला अनि आँखाभरी आँसु थियो । पहिले नै साउदीमा काम राम्रो नपाएका उनी पोल्यान्ड जाँदै थिए । कक्षा ८ सम्म पढेका कमल चार वर्ष साउदी बसेर स्वदेश फर्किएका थिए । तीन वर्षसम्म विदेशमा बसेकालाई स्वदेशमै सरकारले रोजगारी दिन्ने भन्ने सुनेर उनी स्वदेश फर्किएका थिए । 

KFC Island Ad
NIC Asia

‘‘साउदीमा कमाइ राम्रो भएन । बिरामी भएको बेलामा छुट्टी पनि पाइँदैनथ्यो । पछि जसोतसो ४ वर्ष बसेर स्वदेश फर्कियो ।  तीन वर्ष विदेशमा बसेका नेपालीलाई सरकारले स्वदेशमै रोजगारी दिने भनेको थियो । सरकारले रोजगारी दिन्छ कि भन्ने आशा थियो । त्यहीअनुसार स्वदेश फर्किएको थिएँ । तर, सरकारले जागिर दिएन । जागिर नभएपछि गुजारा चल्ने कुरा भएन । त्यसैले फेरि विदेश जाँदैछुु । दसैँ भनेर के गर्नु बाध्यता यस्तै छ,” उनले भने ।

कमलजस्तै रुकुम पश्चिमकै विशाल पुन पनि वैदेशिक रोजगारीकै सिलसिलामा शुक्रबार पोल्यान्ड उडे । त्रिभुवन विमानस्थलमा बाह्रखरीसँगको कुराकानी क्रममा उनले दसैँको मुखमा विदेशुपर्दा साह्रै दुख लागेको बताए ।  ‘‘दसैँ मुखमा परेर के गर्नु हजुर, त्यत्रो साहुको ऋण थाप्लोमा छ, जानै परो । स्वदेशमा बसेर के हुन्छ र ? नेपालीहरूको महान चाड बडादसैँको मुखमा विदेशिनु पर्दा साह्रै दुःख लागेको छ,” उनले भने ।

Royal Enfield Island Ad

उनीहरूजस्तै प्रताप महतो, राजेश बोहोरा, हेमराज ओली, ज्ञानबहादुर रावलको पीडा पनि उस्तै छ । उनीहरू सबै वैदेशिक रोजगारीको सिलसिलमा पोल्यान्ड जाँदै थिए ।

बुटवलका अमित कार्की पभने दुबई जाँदै थिए । रोजगारीको सिलसिलामा पहिलोपटक उनी दुबईका लागि उड्दै थिए । ‘‘बुवा आमा खेती किसान गर्नुहुन्छ । दाइको खुट्टा भाँचिएको छ । नेपालमा कैयौँ ठाउँमा जागिर खोज्न गएँ, तर कतै पाइन । त्यसैले विदेश जाँदैछु,” उनले भने, ‘‘अहिलेसम्म रोजगारीको अनुभव छैन । पहिलोपटक विदेश जाँदैछु । परिवारसँगै दसैँ मनाउँन मन त थियो, यही बेलामा भिजा आयो ।”

यस्तै, धादिङ सिम्खाडा नगरपालिका वडा नम्ब १ की सोमिता तामाङ जापान जाँदैथिइन् । कक्षा १२ पास गरेकी उनको पीडा पनि उही हो, ‘‘नेपालमा जति पढेपनि पढाइको महत्व छैन । जागिर खान पावर र पहुँच नै चाहिन्छ । हामीजस्तो युवाहरूलाई सरकारले रोजगार दिलाउन सकेको भए यसरी विदेश जाने रहर थिएन । जापानमा काम गर्न नै जाने हो । दसैँको मुखमा आफ्नो जन्मभूमि छोडेर जाँदा साह्रै नरमाइलो लागेको छ । नेपालमै बसेर केही गरौँला भन्ने सोच नभएको त कहाँ हो र । यसपालिको दसैँ यसरी नै बित्ने भयो । विदेशमा कमाइ राम्रो भएछ भने अर्को अर्को दसैँ परिवारसँगै बसेर मनाउँला,” उनले भनिन् ।

नेपाली कामदार जाने विभिन्न देशहरूको उडान भर्न थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक रोजगारी विभागले जनाएको छ । जापान, दुबई, पोल्याँड, यूएई, कतार, कुबेत, अरेबिया जाने उडान भर्न थालिएको छ । सरकारले नेपालमा रोजगारका अवसर सिजना गर्न नसक्दा दैनिक सयौँको संख्यामा नेपाली युवाहरू विदेश पलायन भइरहेका छन् । यतिसम्म कि नेपालीहरूको महान चाड दसैँको संघारमा पनि सयौँ युवाहरू वैदेशिक रोजगारीका लागि घर छोडिरहेका छन् ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro