site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ दिनमा झन्डै डेढ लाख मानिसले काठमाडौं छोडे : उपत्यकामा गुड्ने गाडीलाई लामो दूरीमा चलाउने तयारी 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले दसैँका लागि खुलाएको अग्रिम टिकट बुकिङ गरेर काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको छ ।

अग्रिम टिकट बुकिङ खुलाएको नौ दिनमा करिब एक लाख ३३ हजार २८३ जनाले उपत्यका छोडेका छन् । सार्वजनिक यातायात महासंघका उपाध्यक्ष निरकुमार कार्कीका अनुसार हाल करिब १८ हजार सार्वजनिक सवारीसाधनले यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याइरहेका छन् ।

‘‘अहिलेसम्मको तथ्यांकलाई हेर्ने हो भने न्यून मात्रामा यात्रुहरू बाहिरिएका छन् । अब २१ गतेपछि यात्रुहरूको चाप बढ्छ । सोमबार वाग्मती प्रदेशअन्तर्गतका मध्यम–लामो दूरीका सवारीसाधनलाई पठाएका थिएनौँ । उक्त क्षेत्रमा गुड्ने सवारीसाधनहरू पनि आजदेखि खुलाइसकेका छौँ,” उपाध्यक्ष कार्कीले भने, ‘‘दसैँको बेला सधैँ यात्रुहरूको चाप हुनु स्वाभाविक हो । तर, विगतका वर्षहरूमा भन्दा यसपालि यात्रुको त्यति चाप छैन । यत्तिको अवस्थामा पनि महासंघअन्तर्गतका सवारीसाधनहरूले धान्दैन । २१ गतेदेखि उपत्यकाभित्र चल्ने सवारीसाधनलाई पनि लामो दूरीअन्तर्गत प्रयोगमा ल्याउने तयारी गरेका छौँ ।”

उपाध्यक्ष कार्कीका अनुसार बाहिर जिल्लामा यात्रुलाई पुर्‍याउँदा समय धेरै लाग्ने र समस्या पनि निम्तिने गर्छ । ‘‘एक दिनमै फर्कन सक्दैनन् । कतै सडक बिग्रिएको हुन्छ । कतै गाडीमा समस्या आउँछ । त्यसैले दसैँ, तिहारको बेलामा समस्या हुने गरेको छ । विगतका वर्षहरूमा हामीले दसैँ, तिहारको बेला उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनलाई पनि लामो दूरीको प्रयोगमा ल्याउने गरेका थियौँ । लामो दूरीका गाडीहरूले धान्न नसक्ने हुँदा छोटो दूरीका सवारी प्रयोगमा ल्याउँछौँ,” उनले भने ।

दसैँसम्ममा १० लाख मानिस उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागको अनुमान छ ।

बढी भाडा लिनेलाई कारबाही
ट्राफिक प्रहरीले यात्रुसित बढी भाडा लिने सवारी चालकलाई कारबाही गरिरहेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सन्जीव दास शर्मा यात्रुसित बढी भाडा लिने, यात्रु ठगी गर्नेलाई कारबाही गरिएको बताउँछन् ।

‘‘यात्रुलाई ठग्ने सवारी चाकलहरूलाई निरन्तर कारबाही गरिरहेका छौँ । अन्य सहायतासम्बन्धी सहयोग दिन उपत्यकाका १४ वटा स्थानमा यात्रु सहायता कक्ष राखेका छौँ । आज बिहान १० बजेसम्मको तथ्यांकानुसार एक लाख ३३ हजार २८३ जनाले उपत्यका छोडेका छन् । यो तथ्यांक बढ्दै जाने हो,” प्रवक्ता दासले भने ।

नागढुंगा, कोटेश्वर, कलंकी, माछापोखरीलगायत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको उनी बताउँछन् । ‘‘फर्जी टिकट बेच्ने, टिकट कालोबजारी गर्ने र यात्रुलाई सास्ती दिने जो कोहीलाई कारबाहीको दायरामा ल्याएका छौँ,” प्रवक्ता दासले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro