site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलिउडको त्रासमा नेपाली चलचित्र
SkywellSkywell

काठमाडौं । अन्ततः नेपाली चलचित्रले हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । देशभरका सिनेमाघर नखुलेका कारण दसैँमा रिलिज नहुने चलचित्रले ठूलो ब्यानरका हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्ने भएका हुन् ।
 
हिन्दी चलचित्र ‘सूर्यवंशी’बाट प्रतिस्पर्धा सुरु हुनेछ । यो चलचित्र तिहारमा रिलिज हुनेछ । नेपाली फिल्ममेकरहरू पनि तिहारबाट फिल्म रिलिज गर्ने मनस्थितिमा छन् । तिहारका लागि ‘चपली हाइट–३’ निर्माता अर्जुनकुमार र ‘चिसो मान्छे’ निर्देशक दीपेन्द्र के खनाल तिहारमा आफ्नो चलचित्र रिलिज गर्ने मनस्थितिमा छन् । यद्यपि, अन्तिम टुंगोमा उनीहरू पनि पुगिसकेका छैनन् ।

बलिउडबाट ठूला चलचित्र रिलिज भएपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने निर्माताहरूले पहिलो लकडाउनपछिदेखि नै बताउँदै आएका छन् । बलिउडबाट आएका चलचित्रमा दर्शकको ‘फ्लो’ हेरेर मात्रै आफ्नो चलचित्र रिलिज गर्ने पक्षमा निर्माताहरू छन् । दर्शक हलसम्म चलचित्र हेर्न जान्छन् कि जाँदैनन् यकिन भएपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने स्वयं निर्माताहरू बताउँछन् ।

नेपाली चलचित्र रिलिज गर्न पनि बलिउडकै बाटो हेरिएको अहिलेको अवस्थाप्रति कलाकार तथा निर्माता दीपकराज गिरी असन्तुष्ट छन् । दसैँमा रिलिजका लागि तयारी गरेका चलचित्र रिलिज गर्ने आँट मेकरले गर्नुपर्ने उनको धारणा छ । “अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो,” दीपकराज गिरी भन्छन्, “कमसेकम दसैँमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरूले त अाँट गर्नुपर्ने थियो नि ! सहज हुँदा एकापसमा भिड्ने अप्ठेरो बेला चाहिँ... ।”

KFC Island Ad
NIC Asia

बलिउडमा रोकिएर बसेका ठूला स्टारका चलचित्र अब आउने हुँदा ती चलचित्रको सामना नेपाली चलचित्रले गर्नुपर्नेछ । यो दसैँमा नेपाली चलचित्र प्रदर्शनमा आएका भए नेपाली बजार एकलौटी ओगट्न सक्थे । तर, दर्शक हल आउँछन् वा आउँदैनन् भन्ने निश्चित नहुँदाको रिस्क लिन निर्माताहरूले चाहेनन् ।

नेपाली निर्माताहरूको सधैँभरिको गुनासो नेपाली प्रदर्शकले नेपाली चलचित्रभन्दा हिन्दी चलचित्रलाई प्राथमिकता दिए भन्ने छ । तर, काठमाडौंमा खुलेका हलमा पनि ५० प्रतिशतको मात्रै अकुपेन्सी र देशभर हल नखुल्दा नेपाली मेकरले रिलिजको आँट गरेनन् । प्रदर्शकसँग ‘एमजी’ माग गरेका उनीहरूले त्यो पनि नपाएपछि पछि हटे ।

Royal Enfield Island Ad

मल्टिप्लेक्समा नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई धेरै शो दिने गरिएको निर्माताहरूले गुनासो गर्दै आएका छन् । सिंगल थिएटरमा भने नेपाली चलचित्र नै धेरै लाग्दै आएका छन् । तिहारमा पनि नेपाली चलचित्र प्रदर्शन नभएर हिन्दी चलचित्र मात्रै रिलिज हुने र यो क्रम केही समय लम्बियो भने नेपाली चलचित्र मात्रै प्रदर्शन हुने ठाउँमा पनि हिन्दी चलचित्र हेर्ने बानी बस्न सक्ने डर रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।

“नेपालका कतिपय ठाउँमा अझै पनि यस्ता सिंगल थिएटर छन्, जहाँ नेपाली चलचित्र मात्रै हेरिन्छ । तर, अब नेपाली सिनेमा रिलिज नभएर त्यहाँ पनि केही समय हिन्दी चलचित्र रिलिज भए भने ती ठाउँमा पनि हिन्दी सिनेमाको लत लाग्ने हो कि भन्ने डर पनि छ,” दीपेन्द्र भन्छन् ।

नेपाली प्रदर्शक र वितरक नेपाली चलचित्रको उन्नयनका लागि भन्दा पनि व्यापारमुखी भएको निर्देशक मनोज पण्डित बताउँछन् । दुई वर्षदेखि सिनेमा हलको आम्दानी शून्य हुनु नेपाली मेकरका लागि यो वर्ष थप चुनौतीपूर्ण रहेको संकेत गरेको उनी बताउँछन् ।

“नेपाली चलचित्रको विकासका लागि नेपाली वितरक र मेकर कहिले पनि चिन्तित छैनन् । उनीहरू खासमा बलिउड सिनेमाका वितरक हुन्,” मनोज भन्छन्, “त्यसैले यो डेढ वर्षदेखि हल बन्द हुँदाको घाटा पूर्ति गर्नमा उनीहरू यो वर्ष केन्द्रित हुनेछन् । यसको प्रत्यक्ष मारमा नेपाली चलचित्र पर्नेछन् । हरेक दुई हप्तामा यो वर्षभरि हिन्दी सिनेमा आउँछन् । ती सिनेमाको चेपुवामा नेपाली सिनेमा पर्नेछन् ।”

ठूलो ब्यानरका हिन्दी चलचित्र नेपालमा आउँदा नेपाली सिनेमाले कहिले पनि व्यापार नगरेको उनी बताउँछन् । नेपाली चलचित्रको राम्रो कलेक्सन बलिउडका ठूला सिनेमा नआउँदा मात्रै भएको उनको दाबी छ । नेपाली वितरक र मेकरका लागि नेपाली चलचित्र बलिउड र हलिउडका ठूला चलचित्रबीचको ‘फिलर’ मात्रै भएको उनको टिप्पणी छ ।

“यो वर्ष पनि नेपाली चलचित्र त्रासमै हुनेछन् । जसरी राजनीतिमा भारतलाई बिग ब्रदर भनिन्छ, सिनेमामा पनि कलिउडका लागि बलिउड बिग ब्रदरका रूपमा रहेको छ,” मनोज भन्छन्, “पोखरीको ठूलो माछाले सानो माछालाई खान्छ । चलचित्रको सवालमा पनि त्यस्तै नै हो । यो वर्ष पनि नेपाली चलचित्रले बलिउड फिल्मको क्यालेन्डर हेरेर आफ्नो चलचित्रको रिलिज डेट तय गर्नुपर्नेछ ।”

दुई वर्ष अगाडि बनेका चलचित्र अहिलेको समयका लागि कति सान्दर्भिक छन् भन्ने कुराले दर्शकलाई अपिल गर्ने भएकाले यसले पनि बजार निर्धारण हुने मनोज बताउँछन् । आफ्नै कन्टेन्ट र त्यसको सान्दर्भिकतालाई लिएर मेकर स्वयं मनोवैज्ञानिक द्वन्द्वमा रहेको मनोजको दाबी छ ।

“दुई वर्ष अगाडिका लागि बनेको चलचित्र त्यही समयका लागि थियो । त्यही समयका दर्शकको चाह र मनोविज्ञानलाई केन्द्रित गरेर बनाइएको थियो,” उनी भन्छन्, “दुई वर्ष अगाडि बनेका मध्ये धेरै चलचित्र पुराना भइसकेका छन् । मेरो चलचित्र अहिलेका लागि ठिक छ कि छैन भन्ने कुराले मेकेर आफैँ पनि कमजोर मनोविज्ञान बोकेर हिँडिरहेका छन् ।” मेकरहरू आफू बजारमा असुरक्षित छु भन्ने मनोविज्ञान पालेर बसिरहेको मनोज बताउँछन् ।

“म अरूको होइन, आफ्नै कुरा गर्छु । मेरो चलचित्र एकको कलरमा मलाई नै अहिले चित्त बुझिरहेको छैन । त्यसैले म अहिले म्युजिकको कलर चेन्ज गरिरहेको छु,” मनोज आफ्नै चलचित्र ‘एक’को उदाहरण दिँदै भन्छन्, “मेराभन्दा पनि धेरै पुराना चलचित्र लिएर धेरै मेकर बसिरहनुभएको छ । यसले पनि प्रतिस्पर्धी बजारमा ठूलो असर पार्छ ।”

बलिउडका ठूला चलचित्र आउँदा नेपाली कन्टेन्ट बलियो नहुँदा त्यसको प्रत्यक्ष प्रभाव हलमा देखिने उनको बुझाइ छ । बलिउड स्टारका चलचित्र आउँदा शो बाँडिने भएपछि नेपाली चलचित्र पछि हट्ने गरेका छन् । तर, यो वर्ष भारतका ठूला चलचित्र नियमित रूपमा वर्षैभरि आउँदै छन् भने नेपालमा दुई वर्षदेखि निर्माण सम्पन्न भएर बसेका चलचित्र छन् । त्यसले बलिउडको त्रास यो वर्षैभर नेपाली मेकरले व्यहोर्नुपर्नेछ । पाँच दर्जन नेपाली चलचित्र निर्माण सकेर बसेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro