site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानभासमा समाज
SkywellSkywell

काठमाडौं । “तपाईंको कोर्ने शैली तपाईंले संसारलाई कसरी हेर्नुहुन्छ भन्ने कुराको प्रतिबिम्ब हो । तपाईंले यसलाई कैद गर्दै हुनु हुन्न, बल्की व्याख्या गर्दै हुनुहुन्छ ।” अमेरिकाका चर्चित चित्रकार, लेखक तथा कला गुरु जुलियट एरिस्टिडसको यो भनाईले कुनै पनि कलाकारले क्यानभासमा रङ र कुचीमार्फत आफूले देखेका, सुनेका कुुराहरूलाई चित्रमार्फत व्याख्या गर्ने गर्छन् भन्ने कुरा प्रस्ट्याउन खोजेको छ । अर्थात्, चित्रकारले आफ्नो कुचीमार्फत आफ्नो वरिपरिको समाजलाई क्यानभासमा उतार्ने प्रयास गर्छन् ।

विगत तीन दशकदेखि चित्रकलामा रमाइरहेकी कलाकार संगी श्रेष्ठको कलामा पनि समाजको प्रतिबिम्ब झल्किन्छ । संगी समाज र आफ्ना वरिपरिका परिवार, आफन्त, साथीभाइ र सहकर्मीहरूको सुख, दुःख, भोगाइ, गुनासो सुनेर त्यसलाई क्यानभासमा उतार्ने प्रयास गर्छिन् । समाजलाई क्यानभासमा उतार्ने मात्रै नभई आफ्नो कलामार्फत ‘रे अफ होप’ अर्थात् आशाको किरण र सकारात्मकता पनि फैलाउने प्रयास गर्छिन् ।

समाजलाई कोर्ने प्रयासमा उनले दुई वर्षदेखि पूरा विश्वलाई आक्रान्त बनाइरहेको कोरोना महामारी र त्यसले निम्त्याएको त्रास, कोलाहल र निराशालाई पनि क्यानभासमा उतारेकी छन् । उनले कोरोना महामारीको समयमा कोरेका एक दर्जनभन्दा बढी सिर्जनालाई ‘संवेग’ शीर्षकमा ग्यालरी एमक्युबमा प्रदर्शनीमा राखिएको छ ।

KFC Island Ad
NIC Asia

“कोरोनाका कारण कति बेरोजगार बने । आफ्नै नजिकका कतिलाई कोरोना संक्रमण भयो भने कतिको निधन भयो अनि कति बेरोजगार बने । उनीहरूको निराशा र हतासलाई सुनिरहँदा मलाई सकारात्मकता र आशा फैलाउन आफ्नो तवरबाट केही गर्नुपर्छ जस्तो लाग्यो र म कर्ममा निरन्तर लागिरहेँ,” उनले भनिन् ।

उनले आफ्ना चित्रहरूलाई आशा विश्वासको, आशा खुसीको, आशा शान्तिको, आशा जितको भन्दै आशा शब्दलाई प्राथमिकता दिएर शीर्षकहरू राखेकी छिन् ।

Royal Enfield Island Ad

संगीको हरेक कलामा एउटा अनुहार हुन्छ, तर हामीले देखिरहेका भन्दा बिलकुलै भिन्न अनुहार । फरक आयतकार ज्यामितीय आकृतिमा आँखा, मुख र नाक राखेर समाजका हरेक मानिसलाई प्रतिबिम्ब गर्नु संगीको ‘ट्रेडमार्क’ नै हो ।

सामान्यतया अनुहारलाई गोलाकार आकृतिमा उतारिन्छ । तर, आयातकार आकृतिमा उतार्नुको पछाडि संगीको आफ्नै तर्क छ । “केटा होस् वा केटी हामीलाई जे कुरामा पनि पाबन्दी छ । जस्तै : धेरै हाँस्नु हुन्न है, अरूको अगाडि रुनु हुन्न है । यसरी हरेक कुरामा बन्देज लगाउन खोजिन्छ,” कलाकार श्रेष्ठ भन्छिन्, “यो निश्चित एकार्कासँग जोडिएका सिधा धर्का र वर्गााकारले हामीले आफ्नो हरेक भावनालाई रोकिरहेका हुन्छौँ भन्ने कुरा देखाउन खोजेको छु । यसमा वृत्त नराख्नुको कारण सर्कलले स्वतन्त्रता नै देखाउँछ ।”

कलाकार संगीको अर्को विशेषता भनेको हरेकको भावनालाई रङमार्फत चित्रण गर्नु पनि हो । संवेग शीर्षकमा एकल प्रदर्शनीमा राखिएका उनका कला आउँदो अक्टोबर ८ सम्म अवलोकन गर्न सकिन्छ ।

प्रदर्शनीमा राखिएका उनका चित्रकलामा योपटक धार्मिक आस्था तथा विश्वास र प्रविधिको पनि झलक देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro