site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

कलैया । बारा जिल्लामा आर्थिक वर्ष ०७३–०७४ मा गाई, भैंसी, बाख्रा, बंगुर र कुखुरा गरी कुल १० लाख चार हजार ४४० वटा पशुपक्षी छन् । 

जिल्ला पशुसेवा कार्यालयका डा देवनन्दन साहका अनुसार आव ०७३–०७४ मा बारा जिल्लामा गाई एक लाख ३६ हजार २०९, भैँसी एक लाख ५४ हजार ९३, बाख्रा दुई लाख ८२ हजार २९९, बंगुर ३२ हजार ३७८ र कुखुरा तीन लाख ९९ हजार ४४१ वटा गरी कुल १० लाख चार हजार ४४० पशुपक्षी छन् , ती पशुपक्षीबाट दूध ६५ हजार ३३८ मेट्रिक टन, मासु ११ हजार ६८ मेट्रिक टन र १३ हजार ४९३ वटा अण्डा उत्पादन हुने गर्छ । जिल्लाको कूल जनसंख्या छ लाख ८७ हजार ७०८ रहेकामा प्रतिवर्ष प्रतिव्यक्ति दूध ९५ लिटरले कूल ६५ हजार ३३२ मेट्रिक टन, मासु १६ केजीले ११ हजार ३०० मेट्रिक टन र अण्डा १९ वटाले एक करोड ३० लाख ६६ हजार ४५२ वटा आवश्यक पर्ने देखिन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्लामा गाई फार्म २०२ वटा, भैँसी फार्म सात वटा, बाख्रा फार्म ४५, बंगुर फार्म २५ र कुखुरा फार्म ३८८ समेत गरी ६६७ फार्ममा एक हजार ७६७ जनाले रोजगारी पाएका छन् । 

साथै एलएनजी इन्स्योरोन्स कम्पनीले २४ लाख ३७ हजार ९७० को ४४७ वटा गाई, भैँसी र बाख्राको बीमा गरेको छ । 
आव ०७२–०७३ गाई एक लाख २९ हजार ९३२, भैँसी एक लाख ४७ हजार ८४९, बाख्रा दुई लाख ७६ हजार ८६५, बंगुर ३२ हजार १७६ र कुखुरा तीन लाख ८७ हजार ०५७ गरी कुल नौ लाख ८३ हजार ८७९ बाट दूध ६३ हजार ०५३ मेट्रिक टन, मासु १० हजार ५५९ मेट्रिक टन र अण्डा १२ हजार ९७४ वटा उत्पादन गरेको भएको थियो । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro