site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रविशालाई चिनाएको त्यो गीत (भिडियोवार्ता)
SkywellSkywell

काठमाडौं । कुनै पनि चलचित्रको गीत जति हिट हुन्छ, त्यसलाई क्यामेरा पछाडि बसेर गाउने गायक/गायिकाको चर्चा त्यति हुँदैन । सामान्यतया चलचित्रका गीतहरू त्यसका अभिनेता र अभिनेत्रीका नामले चिनिन्छ । आफूहरू छायामा पर्ने गरेको र गीत हिट हुँदा पनि दर्शक–स्रोताले नचिन्ने गरेको पाश्र्वगायक/गायिकाहरू गुनासो गर्छन् ।

पछिल्लो एक दशकभन्दा लामो समयदेखि पार्श्वगायनमै रमाइरहेकी गायिका प्रविशा अधिकारीको धारणा भने फरक छ । “अहँ ! मलाई त्यस्तो लाग्दैन । पाश्र्वगायनको लागि भ्वाइस सुट हुनु भनेको आफैँमा ठूलो कुरा हो । किनभने, जो कोहीको पनि पार्श्वगायनका लागि आवाज मिल्दैन । चाहेर पनि म्याच भइराखेको हुँदैन । त्यसैले मेरो आवाज यसको लागि सुट हुन्छ भने म खुसी छु ।”

पार्श्वगायक/गायिकाको आवाजलाई पर्दाका अभिनेता/अभिनेत्रीले पूर्णता दिने उनी बताउँछिन् ।

KFC Island Ad
NIC Asia

पछिल्लो १४ वर्षदेखि पार्श्वगायनमा सक्रिय प्रविशाले पहिलोपटक आफ्नै शब्द, कम्पोजिसन र स्वरमा ‘शब्द’ गीत रिलिज गरेकी छन् । जसमा प्रविशा स्वयं फिचर्ड पनि भएकी छन् ।

Royal Enfield Island Ad

उनको स्वरसँगै सुन्दरताको पनि उत्तिकै तारिफ हुने गर्छ । त्यसैले त उनलाई केही चलचित्रमा अभिनयको पनि अफर नआएको होइन । तर, उनी अहिले गायनमा नै रमाइरहेकी छन् । राम्रो कथा वा राम्रो ब्यानरबाट अफर आए भोलिका दिनमा चलचित्रको पर्दामा पनि देखिन सक्ने प्रविशा बताउँछिन् ।

“पहिला आउने गर्दथ्यो । तर, अहिले आएको छैन । यसै चलचित्र खेलौँ भन्ने पनि हुँदैन । त्यसको लागि अभिनय क्षमता अनि त्यसमा आफू फिट छु कि नाइँ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्ने हुन्छ । त्यसैले मलाई यसको लागि परिपक्व छु जस्तो लाग्दैन,” प्रविशा भन्छिन् ।

०६४ सालमा चलचित्र ‘बिदाइ’बाट पार्श्वगायनमा प्रवेश गरेकी हुन् । आफ्नो ‘प्यासन’लाई पेसा बनाउन पाएकोमा उनी खुसी छन् ।

उनले रेखा थापा, झरना थापालगायत अभिनीत चलचित्रमा गीत गाइसकेकी छन् । पछिल्लो पुस्ताका अभिनेत्रीहरू सुहाना थापा, मिरुना मगर, क्रिस्टिना गुरुङलगायत अभिनीत चलचित्रमा पनि गीत गाएकी छन् ।

अचानक आएको अफर
स्कुल, घरमा गीत गुनगुनाइरहने हुँदा साथी र परिवारमा ‘कान्छी छोरीले राम्रो गाउँछ है’ भन्ने थियो । अचानक चलचित्र ‘बिदाइ’मा पार्श्वगायनका लागि अफर आउँदा उनी खुसी र छक्क एकैसाथ भइन् ।

घरमा कान्छी छोरीले डाक्टर वा यस्तै केही पेसा रोजोस् भन्ने थियो । उनको आफ्नै सोचचाहिँ बुवाजस्तै कुनै व्यवसाय सुरु गर्ने थियो । तर, कुनै सोच र योजनाबिना नै यो क्षेत्रमा प्रवेश गरिन् ।

कामको कदर
सांगीतिक क्षेत्रभित्र उनको कामको सधैँ कदर र सम्मान भएको महसुस उनले गरेकी छन् । हालै ‘द भ्वाइस किड्स’को ‘कोच’को रूपमा जोडिएकी छन् । उनी आफूलाई जजभन्दा पनि कोच भन्न रुचाउँछिन् । यो मौकालाई एक हिसाबमा आफ्नो सफलताको रूपमा लिन्छिन् । साथै, थप जिम्मेवारीबोध भएको महसुस पनि गरिरहेको उनी बताउँछिन् ।

पारिश्रमिक
पारिश्रमिकको कुरामा कहिले सन्तुष्टि त कहिलेकाहीँ चित्तबुझ्दो नहुने उनी बताउँछिन् । यसबारेमा उनी निर्माताहरूसँग कुरा पनि गरिरहन्छिन् ।

यही पेसामा लागेर जीवन धान्न सक्नेमा प्रविशा विश्वस्त छन् । तर, कसले कस्तो जीवनशैली बाँचिरहेको छ भन्ने कुराले भने फरक पार्ने उनको भनाइ छ ।

टर्निङ प्वाइन्ट 
उनको पहिलो गीत दर्शकले निकै रुचाए । तर, त्यो गीतले उनलाई भने चिनाउन सकेन । त्यसैले पनि होला, करियरको टर्निङ प्वाइन्ट वा प्रविशा अधिकारी भनेर चिनाएको गीत चलचित्र ‘रोज’को ‘फूल होइन’लाई लिन्छिन् । उनकै शब्दमा भन्नुपर्दा ‘प्रविशा रिबर्थ’ भएको गीत हो यो ।

सहकार्य गर्ने इच्छा 
उनलाई गायनमा सहकार्य गर्न मन भएका थुप्रै गायकहरू छन्, तर तीमध्ये गायक सजनराज वैद्यसँग ड्युट गर्ने मन भएको उनी बताउँछिन् । पछिल्लो समय उनले सुन्ने गीतको सूचीमा गायक सजनको गीत पहिलो नम्बरमा पर्छ ।

चलचित्रमा भने अभिनेता प्रदीप खड्का उनको पहिलो रोजाइमा पर्छन् । डेब्यु चलचित्रमा प्रदीपसँग काम गर्न सहज हुन्छ कि भन्ने उनलाई लाग्छ । तर, तत्काल चलचित्र खेलिहाल्ने कुनै सोच भने उनको छैन ।

थरीथरीका प्रशंसक
पछिल्लो समय कसैसँग प्रेममा रहेकी प्रविशालाई कैयौँ प्रशंसकहरूबाट प्रेमप्रस्तावहरू आइरहन्छन् । यति मात्रै कहाँ हो र उनको नाममा ट्याटु खोप्ने पुरुष प्रशंसकहरू पनि छन् ।

यस्ता प्रशंसकहरूको मायाका लागि प्रविशा आभारी छन् । तर, माया दर्साउने अरू थुप्रै माध्यम भएकाले यसरी ट्याटु खोप्नेजस्ता क्रियाकलाप भने नगर्न उनी आग्रह गर्छिन् ।

सिनियर गायक/गायिकाहरूलक्षित कार्यक्रम तथा चलचित्रको प्रमोसनका क्रममा कलाकारहरूको पछिपछि गएर प्रस्तुति दिनुभन्दा आफ्नो लागि छुट्टै आयोजना भएको कार्यक्रममा जाने इच्छा प्रविशाको छ । उनको यो चाहना पूरा हुन पनि लागेको थियो । यद्यपि, कोरोनाले विशेषगरी उनका लागि भनेर आयोजना हुन लागेका देश–विदेशका कार्यक्रमहरू रोकिएकोमा उनी दुःखी छिन् । सावधानी अपनाएर रेकर्डिङमा भने व्यस्त नै छिन् ।

मनपर्ने परिकार
थुक्पा, विशेषगरी नुडल्स
मनपर्ने रङ 
कालो 
मनपर्ने गायक/गायिका
सुगम पोखरेल, प्रताप दास र अञ्जु पन्त
मनपर्ने महिना
माघ
मनपर्ने ठाउँ
मनाङ–मुस्ताङ
मनपर्ने पहिरन 
क्याजुअल
मनपर्ने गीत
सजनराज वैद्यको चिठीभित्र... 
बलियो र कमजोर पाटो
बलियो पाटो सकारात्मक सोच र कमजोर पाटो अरूको खुसीका लागि आफ्नो खुसी र इच्छा पनि मार्नु ।
जीवन
अज्ञात यात्रा, जुन यात्रामा हामीले हरेक कदममा खुसी हुने प्रयास गर्नुपर्छ ।

तस्बिर ः हरिशजंग क्षेत्री 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro