site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँमा घर जाँदा ओली सरकारले बढाएको गाडी भाडा नै तिर्नुपर्ने !
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । दसैँमा गाउँ जाँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बढाएको भाडा नै तिर्नुपर्ने देखिएको छ । ओली सरकारले गत असार २७ गते बढाएको २८ प्रतिशत भाडा प्रदेश नम्बर १ मा मात्रै लागु भएको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने दसैँमा सबै प्रदेशमा उक्त भाडादर लागु हुनुुपर्ने बताएको छ ।

महासंघका महासचिव सरोज सिटौला यसपालिको दसैँतिहारमा यात्रुहरूले ओली सरकारले बढाएको भाडा नै लागु हुने बताउँछन् । ‘‘लामो समय निषेधाज्ञा भयो । उक्त समयमा यातायात व्यवसायीका सवारी साधनहरू ग्यारेजमै थन्किए । व्यवसायीलाई छाक टार्न धौधौ भएको थियो । त्यसैले हामीले ओली सरकारले बढाएको भाडादरलाई नै सदर गरेका हौँ,” उनले भने, ‘‘पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको थियो । पछि हामीले विभिन्न किसिमका दबावमूलक कार्यक्रम ग¥र्यौैैँ । मन्त्रिपरिषद्ले निर्णय गरेको व्यवस्था कार्यान्वयनमा ल्याउन किन सरकार आनाकानी गरिरहेको छ ?”

KFC Island Ad
NIC Asia

सवारी साधन हेरेर २० प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा तिर्नुपर्ने महासचिव सिटौलाको भनाइ छ । ‘‘औपचारिक रूपमा मन्त्रिपरिषद्को बैठकले निर्णय भाडा समायोजन गरिसकेको छ । यसै अनुसार प्रदेश १ सरकारले लागु पनि गरिसकेको छ । यसैले हामीले सरकारलाई सबै प्रदेशमा भाडादर समायोजन गर्न प्रस्ताव पेस गरिसकेका छौँ । देशभर ओली सरकारले बढाएको भाडा समायोजन हुनुपर्छ,” उनले भने, ‘‘सरकारले यस्ता प्राविधिक कुराहरू मिलाइदिनुपर्छ । भोलि सबै यातायात व्यवसायी महासंघको आन्तरिक बैठक बस्दैछौँ । त्यसपछि छलफल हुन्छ । बाढी पहिरोका कारण कैयौँ सडकहरू अवरुद्ध भएका छन् । यी सडकहरू पनि सरकारले बनाएर व्यवसायीलाई सहयोग गरिदिनुपर्छ । ग्रामीण भेगमा गाडी जाने अवस्था छैन । ग्रामीण क्षेत्रको बाटो बनाउनु परेन सरकारले ?”

अस्थायी रूपमा बाटो पिच नगरी ग्राबेल हालेर गाडी जाने वातावरण सरकारले मिलाउनुपर्ने महासचिव सिटौलाको भनाइ छ ।
    
दसैँ तिहारको बेलामा काठमाडौं उपत्यकाबाट करिब १० लाख जना यात्रु बाहिरिने यातायात व्यवस्था विभागको अनुमान छ । विभागका महानिर्देशक नमराज घिमिरे गत वर्षभन्दा यसवर्ष धेरै नागरिकहरू उपत्यका बाहिरिने अनुमान गरिएको बताउँछन् । ‘‘गत वर्षको दसैँ तिहारमा लकडाउन थियो । यसवर्ष निषेधाज्ञा हटिसकेको छ । भने उपत्यकाका बसोवास गर्ने प्रायजसो नागरिकले खोप पनि लगाइसकेका छन । त्यसैले यसपालि उपत्यका छाड्नेहरू बढ्नेछन,” महानिर्देशक घिमिरेले भने ।

Royal Enfield Island Ad

सरकारले सबै प्रदेशमा भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन । सरकारले सबै प्रदेशमा भाडा समायोजन गरेको छैन । व्यवसायीको माग अनुसार प्रदेश १ मा भाडादर बढाएर २२ प्रतिशत पु¥याइएको छ । ‘‘अरू प्रदेशहरूमा भने भाडादर समायोजन भएको छैन । भाडादर समायोजन नभएका प्रदेशहरूमा सरकारले दसैँअघि नै भाडादर समायोजन गर्नुपर्ने हाम्रो माग छ । कुनै प्रदेशमा भाडा समायोजन हुने कुनैमा नहुने हुँदैन । सरकारले सबै प्रदेशमा भाडादर समायोजन गर्नैपर्छ,” महासचिव सिटौलाले भने ।

महासचिव सिटौला भने महासंघले आन्दोलन नगरेको दाबी गर्छन । ‘‘सडकमा गरिएका दुईचार जना यातायात व्यवसायीको आन्दोलन हावादारी हो । हामीले सरकारलाई मौखिक लिखित सुझाव र प्रस्ताव पेस गरिसकेका छौँ । आन्दोलन गर्ने हामी होइनौँ । एउटै देशमा दुईथरिका नियम लागु हुनु हुँदैन । प्रदेश १ जसरी नै सबै प्रदेशमा मन्त्रिपरिषद्ले निर्णय गरेको भाडादर लागु हुनुप¥यो । व्यवसायीले १ रुपैयाँ पनि बढी भाडा लिँदैन,” महासचिव सिटौलाले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro