site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्यालरीमा फर्किएको रौनक 

वर्षा । पछिल्लो दुई वर्ष आक्कलझुकल रुपमा कलाले सजिने ग्यालरीहरु खुले ।  निषेधाज्ञा हटेसँगै र कोरोना संक्रमण दर केही मत्थर भएसँगै काठमाडौंका ग्यालरीहरुमा पहिलेकै रौनक बढेको छ । अहिले ग्यालरीहरुमा कला प्रदर्शनी धमाधम हँुदै छन् । आज तपाईं काठमाडौंका जुन ग्यालरी गएपनि ग्यालरीका कोठाहरु कलाकारहरुले विभिन्न विषयमा उतारेका सुन्दर कलाकाहरुले स्वागत गरिरहेका हुन्छन् । साथै ग्यालरीमा कलाप्रेमीहरु र कलाकारहरुको चहल पहल देख्न सकिन्छ । 

पाटन चाकुपाटस्थित ‘ग्यालरी एमक्यूब’मा दुई हप्ता लामो चलेको ‘द न्युड आर्ट शो २०२१) सकिएको छ । एउटा प्रदर्शनी सकिए लगत्तै शुक्रबार (१७ सेप्टेम्बर)देखि फेरि अर्को प्रदर्शनी सुरु भैसकेको छ । एमक्युबमा यही सेप्टेम्बर २२ सम्म ‘इन बिटविन’ शिर्षकमा ६ जना कलाकारको कला प्रदर्शनी जारी छ । जसमा चित्रकला मात्रै नभई प्रयोग भैसकेका सामानहरुलाई नै पुनः प्रयोगगरि कलात्मक शैलीमा तयार गरेका कला विशेष आकर्षण हो ।
 
यस्तै बौद्धस्थित ‘ग्यालरी ला’मा समसामायिक विषयलाई व्यांग्यात्मक रुपमा आफ्नो कलामार्फत उतार्न खप्पिस युवा कलाकार एल बज्र लामाको एकल प्रदर्शनी भैरहेको छ । 

सेप्टेम्बर १७ देखि २२ सेप्टेम्बरसम्म ‘बेसार’ शिर्षकमा एल बज्र लामाको एकल कला प्रदर्शन जारी छ । कोरोना महामारीको सुरुवाती चरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाई निकै आलोचित भएको थियो । कोरोना महामारीका कारण पूरा विश्वमै कोलाहल र मृत्युको भय भैरहँदा देशको अभिभावकको हिसाबले आवश्यक खोप र स्वास्थ्य सम्बन्धी सामग्री, आइसोलेसन सेन्टरको व्यवस्था गर्नुको साटो उनी नागरिकहरुलाई बेसार पानी खान सुझाइरहेका थिए ।

यही विवादित भनाईलाई व्यंग्यात्मक रुपमा प्रस्तुतगर्दै कलाकार लामाले यो शिर्षकमा यस्तै कामहरु राखेका छन् ।
 
महेश महर्जन कलाकार लामाको कलाबारे यसो भन्छन्, “बेसारप्रति मानिसको सोच सकारात्मक र नकारात्मक दुबै छ । प्रदर्शनीको थिम पनि यही नै हो । सतहमा हेर्दा प्रदर्शनीमा राखिएका पेन्टिङहरु हास्यास्पद (ह्युमरस) छन् । तर, गहिराइमा हेर्ने हो भने यी पेन्टिङहरुले हामी अहिले कस्तो परिस्थितिबाट गुज्रिरहेका छौं भन्ने सोच्न बाध्य बनाउँछ ।”

उनको कलामा गर्भपतन, संविधान, आत्महत्या, लगायत राजनीतिक अनि समसामयिक विषयहरुलाई विशेष स्थान दिइएको देख्न सकिन्छ । लियोनार्दो दा भिन्चीको विश्वप्रख्यात कला मोनालिसालाई केही ह्युमरस रुपमा प्रस्तुत गर्ने क्रममा उनले मोनालिसाको नाक चुच्चो बनाएर त्यसको टुप्पोमा स्याउ अड्याएका छन् । हामी झुटमा बाँचिरहेका छौं भन्ने कुरा पुष्टि गर्ने व्यांग्यात्मक पेन्टिङ हो यो । 

उनका अनुसार मोनालिसाको पेन्टिङ संसारका प्रख्यात ब्राण्डहरुको विम्बमात्रै हो । “मोनालिसा संसारको सबैभन्दा चर्चित पेन्टिङ हो, तर यो लियोनार्दो दा भिन्चीको पूर्ण काम हो कि होइन भन्ने कुरा कसैलाई थाहा छैन,” कलाकार लामा भन्छन्, “उहाँको निधन हुँदा, यो पेन्टिङ उहाँको स्टुडियोमा थियो । यसको मल्टिपल लेयरका कारण यो पूर्ण होइन की भन्ने शंका हो । यद्यपि उनका अरु पेन्टिङहरु यसको छायांमा परेका छन् ।” 

त्यस्तै कोरोनाकालमा सावधानी अपनाएर जोखिम मोलेर सञ्चालनमा आएको बबरमहलस्थित ‘सिद्धार्थ आर्ट ग्यालरी’मा पनि एकपछि अर्को कला प्रदर्शनी जारी छ । कलाकार सुवास तामाङको ‘काइतेन’ शिर्षकमा १० सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म कला प्रदर्शनी जारी छ ।
 
प्रदर्शनीमा राखिएका कलामार्फत उनले तामाङ जातिको इतिहास, स्मृति, र पहिचानलाई चित्रण गर्ने प्रयास गरिएका छन् । यसका साथैै उनले आफ्नो कला मार्फत इतिहासमा तामाङ जातिबारे गरिएका गलत व्याख्याहरुलाई पनि मेटाउने प्रयास गरेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro