![भायानेटको 'पर्पल प्याक अफर' इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी डेटा सित्तैमा](https://12khari.top/uploads/posts/Vianet1629987105.jpg)
काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा 'अल इन वान, भायानेट पर्पल प्याक' योजना सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँगसँगै एनसेल सिम सित्तैमा पाइने कम्पनीले जनाएको छ ।
यस सिममार्फत प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाइने जनाइएको छ । त्यस्तैगरी यो सिममार्फत अन्य एनसेल नम्बरमा कल गर्नका मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा सुविधा पाइने जनाइएको छ ।
यी सबै सुविधाका लागि मासिक १ हजरा ६ सय रुपैयाँमा पाइने कम्प्नीले जनाएको छ ।
यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध रहेको जनाइएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)