site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आउँदो आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका निम्ति समिति गठन गरिएको उनले जानकारी गराए । निगम सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा सरकारले गम्भीर ढंगले छलफल गरिरहेको उनले उल्लेख गरे ।

“आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरू भित्रिनेछन् । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ,” उनले भने, “नेपाल वायुसेवा निगमभित्र देखिएको अनियमितताबारे छानबिन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेट्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ ।”

मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आफूले सक्दो पहल गरिरहेको पनि बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro