site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
साउन २२ देखि देशभर यी व्यक्तिलाई लगाइँदै छ भेरोसेलको दोस्रो डोज खोप
फाइल तस्बिर ।

काठमाडौं । यही साउन २२ गतेदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

Dabur Nepal

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

“२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभरि खोप अभियान सञ्चालन गर्ने,” विभागको परिपत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro