site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित 

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको भोलिपल्टै चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी भर्खरै उपस्थित भएका हुन् । उनको आजै अदालती बयानको तयारी छ ।

यसअघि पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा रिहा भएका लामिछानेलाई चितवनमा साहारा सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ । 

Dabur Nepal

मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दामा लाछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।

यसअघि, लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro