site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरको भवन नबनाइ बित्ने भयो विद्यासुन्दरको कार्यकाल  
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विभिन्न १०१ प्रतिबद्धतासहित स्थानीय तहको चुनावी मैदानमा उत्रिएका थिए । त्यति बेला उनले भनेका थिए– मलाई भोट दिएर हेर्नुस्, १०० दिनमा १०१ काम गरेर देखाउँछु ।

मेयर शाक्यको कार्यकालका चार वर्ष बितिसकेको छ । १०० दिनमा १०१ काम गर्ने सपना बाँडेका उनले अहिलेसम्म आफू बस्ने महानगरको केन्द्रीय कार्यालय भवनसमेत बनाउन सकेका छैनन् ।

शाक्यका १०१ प्रतिबद्धताको ७२ नम्बर बुँदामा ‘महानगरपालिकाको भवन निर्माणको काम सुरु गर्ने’ उल्लेख छ । तर, महानगरको भवन बनाउने काम अझै सुरु गरिएको छैन ।

KFC Island Ad
NIC Asia

पहिले महानगरपालिकाले सुन्धारास्थित बागदरबारलाई केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दै आएको थियो । २०७२ सालको भूकम्पमा बागदरबारमा पनि क्षति भयो । त्यसपछि महानगरको कार्यालय राष्ट्रिय सभागृहमा सारियो । राष्ट्रिय सभागृहबाट बागदरबारको छेउमा रहेको जेडीए कम्प्लेक्समा महानगरको कार्यालय राखियो ।

महानगरले चार वर्षदेखि जेडीए कम्प्लेक्सको पाँचौँ, छैटौँ तथा सातौँ तलालाई केन्द्रीय कार्यालय बनाएको छ । त्यसका लागि महानगरले मासिक सात लाख रुपैयाँ भाडा तिर्दै आएको छ । तर, महानगरपालिकालाई जेडीए कम्प्लेक्समा पनि ठाउँ पुगेको छैन । महानगरले अरु विभिन्न कार्यालयबाट सेवा दिँदै आएको छ । जेडीए कम्प्लेक्समा पाँचवटा विभाग, जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा चारवटा विभाग, बागदरबारमा दुईवटा विभाग र एउटा विभाग टेकुबाट सञ्चालन भइरहेका छन् ।

Royal Enfield Island Ad

महानगरका सबै कार्यालय एक ठाउँमा नहुँदा महानगरवासीले चार वर्षदेखि हैरानी खेप्दै आएका छन् । मेयर शाक्यको प्रतिबद्धताको प्राथमिकतामा महानगरको भवन बनाउने रहे पनि अहिलेसम्म नयाँ भवन निर्माणको काम सुरु हुन सकेको छैन ।

तीन वर्षपहिले टेकुस्थित ‘ट्वीन’ टावरको सात रोपनी क्षेत्रफलमा महानगरले नयाँ भवन बनाउने योजना अघि सारेको थियो । त्यति बेला ५० करोड रुपैयाँको लगानीमा नयाँ भवन बनाइने भनिएको थियो । तर, उक्त योजनाअनुसार पनि महानगरले भवन बनाउन सकेन ।

‘‘उक्त योजनापछि बागदरबारमै महानगरको भवन बनाउने भनिएको थियो । त्यसैले उक्त योजना कार्यान्वयन हुन नसकेको हो,” महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘‘त्यसपछि बागदरबारको भवन भत्काउन सर्वोच्चले बदर गरेको थियो र नयाँ भवन बनाउने योजना कार्यान्वयन भएन ।” 

अझै टुंगिएन बागदरबारको मुद्दा 
मेयर शाक्य भने बागदरबार भत्काएर अत्याधुनिक भवन बनाउन नमिल्ने हुँदा यस्तो अवस्था सिर्जना भएको बताउँछन् । ०७५ साल असोज १७ गते सर्वोच्च अदालतले बागदरबार नभत्काउन अन्तरिम आदेश जारी गरेको थियो । बागदरबार नभत्काउन माग गर्दै सर्वोच्चमा परेको रिटमा न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश जारी गरेको थियो ।

‘‘पुरातात्विक महत्वको राणाकालीन दरबार भएकाले उक्त भवन भत्काउन खोज्दा विवाद भएको थियो । विवादकै बीच बागदरबार भत्काएर नयाँ भवन बनाउने प्रक्रिया सुरु भइसकेको थियो । पछि सर्वोच्च अदालतले बागदरबार भत्काएर अत्याधुनिक भवन बनाउने ठेक्का बदर गरेको थियो । त्यसपछि महानगरको नयाँ भवन अन्योलमा परेको हो,” मेयर शाक्यले भने, ‘‘बागदरबारलाई भत्काएर केन्द्रीय कार्यालय बनाउन खोज्दा मुद्दा चलेको थियो । उक्त मुद्दा अहिलेसम्म पनि टुंगिएको छैन ।”

राणाकालीन, शाहकालीन पुरातात्विक महत्वको बागदरबार बचाएर पुस्तौँपुस्तालाई हस्तान्तरण गरिनु पर्ने भन्दै विवाद भई मुद्दा चलेको थियो ।

मेयर शाक्यको कार्यकालमा नबन्ने भयो टेकुमा नयाँ भवन ?
बागदरबार भत्काउन नपाउने भएपछि दुई वर्षभित्रमा महानगरले सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी नयाँ भवन बनाउने योजना अघि सारेको छ । नयाँ भवनका लागि टेकुस्थित महानगरअन्तर्गतको वातावरण व्यवस्था विभागको जग्गा रोजिएको छ ।

मेयर शाक्यको कार्यकालमा निर्माणको काम सुरु हुने देखिए पनि निर्माण सम्पन्न हुने देखिँदैन । टेकुको वातावरण व्यवस्था विभागमा रहेको ६.६ रोपनी जग्गामा महानगरको नयाँ भवन निर्माण गरिने जनाइएको छ । महानगरका सहरी पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले आठतले भवन बनाइने जानकारी दिए । 

‘‘नेपाल ट्रस्टअन्तर्गतको काठमाडौं प्लाजाको भवनमा महानगरको कार्यालय सर्ने भने पनि घर खालीको विवाद नसुल्झिएपछि महानगरले आफ्नै जग्गामा भवन बनाउन लागेको हो । बागदरबार पुनर्निर्माणको विवाद टुंगिएको छैन,” थापाले भने, ‘‘बागदरबारको मुद्दा टुंगिएपछि भवन पुनर्निर्माण त छँदै छ । यो मुद्दा टुंगिन समय लाग्छ । त्यसअघि नयाँ भवन निर्माण गरी जेडीए कम्प्लेक्सबाट केन्द्रीय कार्यालय सारिनेछ ।” 

महानगरले नयाँ भवन निर्माणका लागि करिब एक अर्बभन्दा बढी बजेट छुट्ट्याएको छ । थापाका अनुसार मेयर शाक्यको कार्यकाल सकिन आठ महिनाजति मात्रै बाँकी रहेकाले उक्त भवन शाक्यको कार्याकालमा बन्ने छैन । अहिले अत्याधुनिक प्रविधिको भवन बनाउन विभिन्न निकायसँग छलफल भइरहेको उनले बताए । यसका लागि ०७७ चैत अन्तिममा टेन्डर आह्वान गरिएको थियो ।

नयाँ भवन निर्माणको काम कहिले ?
‘‘अबको केही महिनामा काम अघि बढ्छ । कोरोना महामारीले पनि सबै क्षेत्रलाई प्रभावित बनाएको छ । यसको मारमा महानगर पनि छ । नयाँ भवन निर्माणको समयावधि दुई वर्ष हो । महानगरवासीलाई सबै सेवा एउटै भवनबाट दिन सकिरहेका छैनौँ,” उनले भने, ‘‘नयाँ अत्याधुनिक निर्माण गरिने भवनबाट सबै सेवा–सुविधा दिन सकिनेछ । अहिलेका मेयरको कार्याकालका उक्त भवन निर्माण सुरु गरिनेछ । नयाँ भवनमा ६० वटा गाडी र १०० वटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । भवनको वरिपरि प्रयाप्त मात्रामा खुला ठाउँ रहनेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro