site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहिले खुल्छ सवारी लाइसेन्सको आवेदन ? सीसीएमसीको निर्णय पर्खँदै विभाग 

काठमाडौं । सवारी लाइसेन्सको नयाँ आवेदन र परीक्षा सञ्चालनको टुंगो लागेको छैन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय नगरेसम्म नयाँ आवेदन र रोकिएका ट्रायल परीक्षा नखुलाउने यातायात व्यवस्था विभागले जनाएको छ ।

तत्काल लाइसेन्सको नयाँ आवेदन खुलाउने अवस्था नरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । “कोरोना महामारीको बेलामा विभागले आवेदन खुलाउन मिल्दैन । सीसीएमसीकै निर्णय कुर्नुपर्ने हुन्छ,” उनले भने, “गत वर्षको लकडाउनमा पनि विद्यालय, पाटी प्यालेसलगायत क्षेत्र खुलेपछि आवेदन सुरु भएको थियो ।”

सीसीएमसीको निर्णय आएलगत्तै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले जनाएको छ । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । सोही दिनदेखि विभागले अनलाइन आवेदन बन्द गरेको थियो ।

सरकारले यही साउन १ गतेदेखि सवारी लाइसेन्सको परीक्षामा नयाँ नियम ल्याएको छ । नयाँ नियमानुसार लिखित परीक्षामा ८० अंक र ट्रायलमा ७० अंक ल्याए परीक्षार्थी उत्तीर्ण हुन्छन् ।

महानिर्देशक घिमिरे भन्छन्, “कोरोना महामारीका कारण हामीले लागु गर्ने भनिएको समयमा लागु गर्न सकेनौँ । यो पनि अब बढी भिडभाडजन्य क्षेत्र खुला भएपछि र सीसीएमसीले औपचारिक रूपमा ट्रायल सेन्टर खुलाउन अनुमति दिएपछि सञ्चालनमा आउनेछ । यसले गर्दा लाइसेन्सको लागि दलालहरूसँग जाने र ठगिने क्रम घट्नेछ र चालकलाई सहज हुनेछ ।”

सवारी लाइसेन्सको पुरानो नियमानुसार लिखित परीक्षामा ५० र ट्रायलमा १०० अंक ल्याउनुपर्ने थियो । दुईपांगे्र र चारपांग्रे सवारीसाधनका लागि नयाँ नियम लागु हुनेछ ।

अब विभागको वेबसाइटमा राखिएका प्रश्नहरूबाट २०–२० वटा प्रश्न सोधिनेछ । प्रत्येक प्रश्नको पाँच नम्बर निर्धारण गरिएको छ । यसअघि नै आवेदन दिएकाहरूलाई भने पुरानै नियमानुसार परीक्षा लिइने जनाइएको छ ।

आवेदन दिइसकेका करिब ६ लाखजनाको परीक्षा र ट्रायल लिन बाँकी रहेको उनले बताए । “पुराना आवेदन पनि बाँकी नै छन् । आवेदन दिइसकेका करिब ६ लाखजनाको परीक्षा र ट्रायल लिन सकिएको छैन । लाइसेन्स छाप्ने कार्डको अभाव छ,” महानिर्देशक घिमिरेले भने, “पुराना लाइसेन्स छाप्ने काम पनि पछाडि धकेलिरहेको छ । कोरोना महामारीका कारण विदेशबाट आउनुपर्ने स्मार्टकार्ड आएको छैन । उक्त स्मार्टकार्ड आउन समय लाग्छ । महामारीका कारण विभागले गर्नेजति काम गर्न नसकेको अवस्था छ ।”

विभाग ट्रायल सेन्टर र नयाँ आवेदन खुलाउन तयारी अवस्थामा रहेको उनले बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro