काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । बैतडी र सिरहामा असार १५, दार्चुलामा असार १२, सुर्खेत, चितवन, सल्यान, रुकुम पश्चिम, प्युठान, दैलेख, डोटी, रोल्पा, मुगु, हुम्ला र रुकुम पूर्वमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
यस्तै, रामेछापमा असार ९, दाङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र संखुवासभामा असार ८, पर्सामा असार ६, गोरखामा असार ५ र केही जिल्लामा असार ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्न थालिएको छ ।
देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्–