site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले आज मध्यराति लेबनानको सामना गर्दै 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा आज राती नेपालले लेबनानको सामना गर्दैछ । लगातार दुई खेलमा पराजित भएर समूह चरणबाट बाहिरिसकेको नेपालले नेपालले आज मध्यराती लेबनानको सामना गर्न लागेको हो ।

नेपाल र लेबनानबीचको खेल यूएईको तेह्नान विन मोहमद रंगशालामा नेपाली समय अनुसार राति ११ बजे सुरु हुनेछ । एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना सकिसकेको नेपाल र लेबनानबीचको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ । किनकी आजको खेल जित्दै दुवै टोली प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा हुनछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

समूह डी मा रहेको दुवै टोली अंक बिहिन छन् । नेपाल पहिलो खेलमा युएईसँग ५–० ले पराजित भएको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । लेबनान पहिलो खेलमा उज्बेकिस्तानसँग ३–१ र दोस्रो खेलमा यूएईसँग १–० ले पराजित भएको थियो । यस समूहमा यूएई शीर्ष स्थानमा रहँदा उज्वेकिस्तान दोस्रो स्थानमा छ । यूएई र उज्वेकिस्तान आजै राती प्रतिस्पर्धा गर्नेछन् । 

समूह चरणको खेलपछि समूहको शीर्ष टोलीले चीनमा सन् २०१८ को जनवरीमा आयोजना हुने एएफसी यू २३ च्याम्पियनसिप खेल्न पाउनेछ । यस्तै उत्कृष्ट उपविजेताले पनि चीनको यात्रा तय गर्नेछन्  । एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगितामा सहभागी ४० देशलाई १० समूहमा विभाजन गरेर छनोट खेल खेलाइरहेको छ ।

Royal Enfield Island Ad

लेबनानविरुद्धको खेलमा २ नेपाली खेलाडी परितर्वत हुने छन् । दुई पहेँलो कार्ड पाएर प्रतिवन्धमा रहेको फरवार्ड अन्जन विष्ट र पुजन उपकोटीले लेबनान विरुद्ध खेल्ने छैनन्  । अन्जनको स्थानमा सन्जोग राईले पहिलो रोजाईँमा खेल्नेछन् भने पुजनको स्थानमा सुनिल बलले खेल्नेछन् ।

लेबनानसँग खेल्ने सुरुवाती नेपाली टोली  
गोलकिपर: एलन न्यौपाने
डिफेन्डर:अनन्त तामाङ, कमल श्रेष्ठ, दिनेश राजवंशी, गौरब बुढाथोकी
मिडफिल्डरः हेमन गुरुङ, विश्वास श्रेष्ठ, सुनील बल, सुमन लामा
फरवार्ड: विमल घर्ति मगर (कप्तान), सन्जोग राई
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro