विशेष
काठमाडौं । फ्रान्स सरकारले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्सले सात टन बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । फ्रान्सले सहयोग गरेका स्वास्थ्य सामग्रीमा मास्क, एन्टिजेनिक टेस्ट कीट, चस्मालगायत छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १४:२८
प्रतिक्रिया दिनुहोस्