काठमाडौं । अमेरिकी टिभी स्टार किम कार्दशियन फेरि एकपटक विवादमा फसेकी छिन् । उनीमाथि हिन्दू धर्मावलम्बीहरुको भावनामा चोट पुर्याएको आरोप लागेको छ । सामाजिक सञ्जालमा अहिले उनको चर्को आलोचना भइरहेको छ ।
हालै किमले रातो पहिरन लगाएर फोटोसुट गराएकी छिन् । उनले उक्त पहिरनसँग ओम (ऊँ) डिजाइन भएको झुम्का लगाएकी छिन् । जसपश्चात उनी सामाजिक सञ्जालमा नमज्जाले ट्रोल भैरहेकी छिन् ।
विश्वभरीमा लाखौं–करोडौं प्रशंसक भएकी किममाथि हिन्दू धर्मावलम्बीहरुको भावनामा चोट पुर्याएको आरोप लागेको छ ।
एक ट्विटर प्रयोगकर्ता लेख्छिन्, “यो राम्रो समय हो कि ‘ऊँ’ कुनै वस्तु नभई हिन्दूहरुको पवित्र प्रतीक हो ।” त्यस्तै अर्की प्रयोकर्ताले आक्रोशित हुँदै लेखेकी छिन्, “हाम्रो संस्कृति र धर्मलाई यतिकै छोडिदेऊ ।”
त्यस्तै कसैले हिन्दू धर्म उसको सौन्दर्यको साधन नभएको भन्दै केही ज्ञान बटुल्न भनेका छन् । किमलगायत अन्य हलिउड सेलिब्रेटीहरु पनि धर्मलाई अपमान गरेकै कारण धेरै ट्रोलको शिकार भैसकेका छन् ।
नवभारत टाइम्स