नेपाल राष्ट्र बैंक
काठमाडौं । प्रतिनिधि सभा विघटको विरोधमा नागरिक अगुवाहरूले विरोध प्रदर्शन गरेका छन् । बिहीबार साँझ साढे ७ बजेतिर माइतीघर मण्डलामा नागरिक अगुवाहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा लेखक तथा पत्रकार नारायण वाग्लेसहितका व्यक्तिहरू सहभागी थिए ।
उनीहरूले कोरोनाको जोखिम कम गर्न भन्दै सरकारले भोलिदेखि काठमाडौं उपत्यकामा जारी गर्न लागेको कडा खालको निषेधाज्ञाको पनि विरोध गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले निषेधाज्ञा जारी गरेर सरकारले नागरिकको स्वतन्त्रसँग हिँड्न पाउने अधिकारमा रोक लगाएको आरोप लगाए । उनीहरूले सरकार र सरकारले जारी गरेको निषेधाज्ञाविरुद्ध नारा लेखिएका विभिन्न प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू : सुनिल प्रधान
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ २१:२०
प्रतिक्रिया दिनुहोस्