site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एएफसी यू–२३ च्याम्पियनसिप छनोटः नेपालले आज युएईको समाना गर्दै, खेल राती ८ बजेपछि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली युएईको सामना गर्दै छ । छनोटको लागि बिहिबार नै युएई पुगेको नेपाली टोलीले तेह्नान विन मोहमद रंगशालामा बलियो तथा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार राती ८:१० मा सुरु हुने छ । नेपाली टोली  कप्तान विमल घर्ति मगरको कप्तानीमा मैदान उत्रदै छ । र, गत मंगलबार मात्र बंगलादेशको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली राम्रो नतिजा ल्याउने योजनाका साथ मैदान ओर्लनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हाम्रो तयारी राम्रो छ, मैत्रीपूर्णमा बंगलादेशलाई हराएकोले खेलाडीको मनोबल उच्च छ,“ युएईसँग खेल्नुअघि प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक राजु काजी शाक्यले भने, “सबै कठिन प्रतिद्वन्द्वी छन् तर हामी जितको लक्ष्यका साथ खेल्ने छौ ।“ एन्फा कम्प्लेक्समा भएको मैत्रीपूर्णमा कप्तान बिमलको निर्णायक गोलमा नेपाली टोलीले बंगलादेशको टोलीलाई १ – ० ले पराजित गरेको थियो ।

यस्तै प्रशिक्षक शाक्यले नेपाललाई अत्यधिक गर्मीले केहि असर गर्ने बताए । यूएईको तापक्रम अहिले ४१ डिग्रीभन्दा माथि रहेकोले नेपाललाई उक्त तापक्रममा खेल्ने बानी नरहेकोले असर गर्ने प्रशिक्षक शाक्यको भनाई छ । तर, आयोजकले गर्मीको कारण च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक (पानी खान छुटाईएको समय) दिने बताएको छ । प्रत्येक खेलमा दुई पटक कुलिङ ब्रेक दिइनेछ । पहिलो ब्रेक ३० र दोस्रो ७५ मिनेटमा हुने छ ।

Royal Enfield Island Ad

नेपालले बलियो युएईसँग अफिसियल प्रतियोगितामा पहिलोपटक खेल्न लागेको हो । नेपालले यसअघि नेपालले युएईको राष्ट्रिय टोलीबीच सन् १९९६ मा मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसयता नेपाल र युएई पहिलोपटक खेल्न लागेका हुन् ।

छनोटको समूह डी मा रहेको नेपालले दोश्रो खेलमा श्रावण २ गते उज्बेकिस्तानको सामना गर्नेछ । उक्त खेल पनि राती ८:१० मै हुने छ ।  त्यसपछि नेपालले समूहको अन्तिम खेलमा श्रावण ४ गते लेबनानसँग खेल्नेछ । लेबनानसँगको खेल राती ११ बजे सुरु हुनेछ । समूहको विजेताले चीनमा सन् २०१८ को जनवरीमा आयोजना हुने एएफसी यू २३ च्याम्पियनसिप खेल्न पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro