site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रदेश २ को बजेट खर्च कछुवा गतिमा : विकासे मन्त्रालय नै सुस्त
SkywellSkywell

जनकपुरधाम । वर्षको अन्तिम महिनामा धमाधम बजेट खर्च गर्दै आएको प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा पनि सोही प्रवृत्तिलाई दोहोर्‍याउने छाँटकाँट देखाएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक बितिसक्दा पनि प्रदेश २ सरकारको बजेट खर्च कछुवा गतिमा छ ।

प्रदेश सरकारको बजेट खर्च गर्ने रबैयाले कोरोना महामारी लक्षित स्वास्थ्य, कृषि, शिक्षाको बजेट पनि यस वर्ष खर्च कम र फ्रिज बढी हुने सम्भावना देखिएको हो । सरकारले फागुन मसान्तसम्म कुल बजेटमध्ये २० दशमलव ६५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारले ९ महिनामा पुँजीगत अर्थात विकासे बजेटतर्फ १८ दशमलव ३७ प्रतिशत खर्चेको छ भने चालुतर्फ २४ दशमलव १८ प्रतिशत खर्चेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीले जानकारी दिए ।

चालु वर्षको ९ महिना अवधिमा सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले आफ्नो बजेट खर्च गरेको छ । आयोगको कार्यालयले एक करोड ७३ लाख ९१ हजार बजेटमध्ये ९२ लाख ६६ हजार पाँच सय ४६ रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रणका प्रमुख गिरीकाअनुसार आयोगको कार्यालयले ५३ दशमलव २८ प्रतिशत बजेट खर्च गरेको छ ।

KFC Island Ad
NIC Asia

प्रदेश लोकसेवा आयोगपछि सबैभन्दा बढी मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो बजेट खर्च गरेको छ । मुख्यन्यायाधिवक्ताको कार्यालयले पुँजीगततर्फ एक करोड एक लाखमध्ये ४५ लाख ७८ हजार १८ रुपैयाँ खर्च गरेका छ । यो बजेट पुँजीगततर्फ कुल बजेटको ४५ दशमलव २८ प्रतिशत हो । 

विकासे मन्त्रालय नै सुस्त
भौतिक पूर्वाधार तथा विकास र सामाजिक विकास मन्त्रालयलाई विकासको मुख्य मन्त्रालय मानिन्छ । तर, प्रदेश २ को मुख्य मन्त्रालयहरूमा नै सुस्त गतिमा बजेट खर्च भइरहेको छ । भौतिक पुर्वाधार तथा विकास मन्त्रालय पुँजीगततर्फ विनियोजित आठ अर्ब ४३ करोड ८५ लाख ४० हजार रुपैयाँमध्ये दुई अर्ब ३९ करोड ४० लाख ५२ हजार तीन सय तीन रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयले २८ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको हो ।
 
सामाजिक विकास मन्त्रालयले पनि न्यून मात्रामा बजेट खर्च गर्ने गरेको छ । यस मन्त्रालयले पुँजीगततर्फ दुई अर्ब दुई करोड ८ लाख ८९ हजार  विनियोजितमध्ये १८ दशमलव ०४ प्रतिशत अर्थात् ३६ करोड ४५ लाख २३ हजार दुई सय १७ रुपैयाँ खर्च गरेको छ । 

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि पुँजीगततर्फ चार करोड ४७ लाख सात हजार रुपैयाँ विनियोजन गरिएकोमा ६३ लाख ५१ हजार ९ सय ६४ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन पुँजीगततर्फ १४ दशमलव २१ प्रतिशत रहेको छ । 

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल विनियोजित बजेटमध्ये १२ दशमलव ४३ प्रतिशत अर्थात् २४ करोड ९४ लाख ७६ हजार ८ सय ९४ रुपैयाँ खर्च गरेको लेखा कार्यालयले जानकारी दिए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु वर्षको ९ महिनामा पुँजीगततर्फ कुल बजेटको १० दशमलव ८० प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयका लागि चालु वर्षमा ७२ करोड ८६ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएकामा ७ करोड ८६ लाख ८१ हजार ८ सय ५२ रुपैयाँ खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु वर्ष पुँजीगततर्फ १० दशमलव ५१ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि तीन अर्ब ३३ करोड २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएकामा ३५ करोड ९५ हजार ९ सय २१ रुपैयाँ खर्च गर्न सकेको छ । 

प्रदेशसभाले चालु वर्षको ९ महिनामा ७ दशमलव १२ प्रतिशत बजेट खर्च गरेको लेखा कार्यालयले जनाएको छ । प्रदेशसभाका लागि पुँजीगततर्फ ९ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएकामा ६५ लाख ४६ हजार १ सय ४७ रुपैयाँ खर्च गर्न सकेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९ महिनामा ५ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ । एक अर्ब २६ करोड ९ लाख ८९ हजार रुपैया विनियोजन गरिएकोमा ६ करोड ३२ लाख ६६ हजार ६ सय ३७ रुपैयाँ खर्च गरेको छ । सबैभन्दा कम प्रदेश नीति तथा योजना आयोगले बजेट खर्च गरेको छ । नीति आयोगको लागि पुँजीगततर्फ ३० लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएकोमा बजेटको दुई दशमलव ६३ प्रतिशत अर्थात् ८० हजार रुपैयाँ खर्च गरेको छ ।

अर्थ विविधमा पुँजीगततर्फ एक अर्ब २३ करोड ४७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेकोमा यसमा शीर्षकमा खर्च भएको छैन । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव भने अहिलेको तथ्यांकले १८ प्रतिशत मात्र बजेट खर्च भएको देखाए पनि २५ प्रतिशतभन्दा बढी खर्च भइसकेको दाबी गर्छन् । “अहिले १८ प्रतिशतभन्दा केही बढी बजेट खर्च भएको तथ्यांक देखाइरहेको छ,” उनले भने, “तर धेरै काम भइसके पनि त्यसको भुक्तानी भएको छैन् । कोरोना महामारीका कारण कम बजेट खर्च भएको हो ।” 

मन्त्री यादवले आर्थिक वर्षको पहिलो चौमासिकमा योजना तर्जुमा, त्यसको टेन्डर प्रक्रिया सुरु हुने गरेको र दोस्रो चौमासिकमा काम भइसके पनि भुक्तानी नभएका कारण बजेट खर्च न्यून देखिएको तर्क गरे । कर्मचारी अभावले पनि लक्ष्यअनुसार बजेट खर्च नभएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro