site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रमा वैदेशिक रोजगारीको विषय नै किन ?

काठमाडौं । नेपाली चलचित्रमा परदेशिएका नेपालीको कथा बाक्लै रुपमा उठ्ने गरेका छन् । सुरुवाती कालखण्डदेखि उठ्दै आएको यो विषय आजसम्म पनि उठिरहेकै छ ।
 
चलचित्र ‘लाहुरे’ र ‘मुगलान’ होस् अथवा ‘परदेशी’ वा ‘गोर्खापल्टन’ परदेशिएका नेपालीको कथामा बनेका चलचित्र हुन् । पछिल्लो समय बनेका ‘छक्का पञ्जा’ होस् अथवा ‘बुलबुल’ परदेशिएकाहरुको नेपाली कथा र त्यसले सिर्जना गर्ने समस्यामा केन्द्रित छन् । रोजगारीका लागि विदेशिएका नेपाली हुन् अथवा लाहुरमा गएका युवाको कथा नेपाली चलचित्रले उठान गर्दै आएका छन् । 

यी चलचित्रले बक्स अफिस कलेक्सन पनि राम्रै गरिरहेका छन् । थुप्रै्र विषयबस्तु उठान गरेर वार्षिक सय छेउको अंकमा चलचित्र निर्माण भइरहे पनि यी वैदेशिक रोजगारी र त्यसले पारेको प्रभावमा पारेका चलचित्र भने राम्रैसँग चलिरहेका पनि छन् । भलै यो विषय उठान गरेका सबै चलचित्र भने चलेका छैनन् । 

वैदेशिक रोजगारी लामो समयदेखि नेपालीको घरघरको विषय भएकाले यसलाई दर्शकले आफ्नो कथा ठान्ने गरेको कलाकार तथा निर्माता दीपकराज गिरी बताउँछन् । प्रत्येक घरबाट करिब एकजना नेपाली वैदेशिक रोजगारीमा जानु अहिलेको नेपालको वास्तविकता भएकाले यो विषयले जनतालाई आफूसँग जोडेर हेर्ने गरेको उनी बताउँछन् । 

“कथाले जनतालाई छुनुपर्छ भनिन्छ । जुन कथाले जनता अथवा दर्शकलाई छुन्छ, त्यो कथामा बनेको चलचित्र नै दर्शकले मन पराउने हो,” चलचित्र लेखकसमेत रहेका दीपक भन्छन्, “वैदेशिक रोजगारी नेपालीको वाद्यता हो । यो नेपालको विगत, वर्तमान र मेरो विचारमा भविश्य पनि हो । त्यसैले दर्शकले कहीँ न कहीँ आफूलाई संबोधन गरेको पाउँछन् । यसका कारण यो कथा हेरिनु र रुचाइनु स्वाभाविक हो ।”

छक्का पञ्जाले वैदेशिक रोजगारीको कथासँगै त्यसले सिर्जना गर्ने उपकथाहरु उठान गरेका कारण दर्शकले रुचाएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने क्रममा एजेन्टमार्फत युवा कसरी ठगिरहेका छन् भन्ने विषय आम चलचित्रले उठान गरिरहेका बेला आफूहरुले वैदेशिक रोजगारीका कारण सिर्जना हुने यौन पाटोलाई उठान गरेकाले दर्शकले रुचाएको उनी बताउँछन् ।
 
“यो अहिलेको ठूलो विषय हो । र, यसले ठूलो समस्या सिर्जना गरिरहेको छ,” दीपक भन्छन्, “नेपालमा कुनै विषय चल्यो भने त्यही विषयमा अरुले पनि लगातार बनाउने चलन छ ।” 

देश र परिस्थितीले चलचित्रको कथा जन्माउने दीपक बताउँछन् । समय सान्दर्भीक कथा भनिए त्यसलाई दर्शकले मन पराउने भन्दै उनी भन्छन्, “चलचित्रले देशको समसामयिक कथा भन्ने हो । देशको माटोको कथा भन्ने हो । सोमालियाले अहिले देशको माटोको कथा उठाएर चलचित्र बनाउने हो भने भोकमारीको विषय होला । अफगानीतानले आफ्नो माटोको कथा भन्ने हो भने आतंकबादी आक्रमण र त्यसले सिर्जना गर्ने समस्याको कथा भन्नु पर्ला ।”

नेपालीको घर अहिले वैदेशिक रोजगारीबाट आएको पैसाले चलेको छ । देश वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले चलेको छ । दीपक भन्छन्, “अझै केही वर्ष यही विषयमा चलचित्र बन्छ जस्तो लाग्छ । कारण हरेक घरको छोरो खाडी गएको छ । यो कथाको पाटाहरु भिन्न होला । भन्ने शैली फरक होला तर विषय अझै केही वर्ष वैदेशिक रोजगारीको कथा उठ्छ नै ।”

अहिले छायांकनमा रहेको दीपेन्द्र के खानलको चलचित्र ‘चिसो मान्छे’ले पनि वैदेशिक रोजगारीको विषय नै उठान गरेको छ ।
   
निर्देशक दीपेन्द्र लामा अहिलेको १० मध्ये करिब ५ वटाभन्दा धेरै चलचित्रको कथा कतै न कतै वैदेशिक रोजगारीसँग जोडिने गरेको बताउँछन् ।

“वैदेशिक रोजगार होस् अथवा अध्ययन प्रायः हरेक परिवारबाट कोही न कोही अहिले विदेशमा हुन्छ नै । आफ्नै परिवारको सदस्य छैन भने साथीभाइ तथा चिनजानका मान्छे विदेशी भूमीमा हुन्छन् नै । त्यसैले यो कथा अहिलेका चलचित्रमा जोडिएर आउँछ,” दीपेन्द्र भन्छन् । 

यद्यपि, विषयले मात्रै चलचित्र राम्रो नहुने र नचल्ने उनी बताउँछन् । कसरी चलचित्र बनेको छ र कथा कसरी भनिएको छ, त्यो मुख्य पक्ष भएको बताउँदै दीपेन्द्र भन्छन्, “सतही रुपमा कथा उठान गर्ने प्रवृत्तिले पनि यो विषय अहिले धेरै उठिरहेको छ । सबैले देखेको विषय हो यो । कुनै पनि विषयमा गहिराइमा पुगेर अध्ययन तथा अनुसन्धान गर्ने चलन भएको भए अरु धेरै विषय पनि उठ्थे । तर, यहाँ सतहीरुपमा विषय उठाएर चलचित्र बन्ने गरेकाले मेकरले जे देखिरहेको छ । त्यसैलाई सामान्य रुपमा चलचित्र बनाइरहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro