site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आरब्ध’को कथा अंक प्रकाशित 

काठमाडौं । मधुपर्क र गोरखापत्रमा लामो समय साहित्यिक पत्रकारिता गरेका जयदेव भट्टराईले अवकाशपश्चात् ‘आरब्ध’ साहित्यिक द्वैमासिकको प्रकाशन थालेका छन् । यसका ६ अंक बजारमा उपलब्ध भइसकेको छ । ‘आरब्ध’का पछिल्ला दुई अंकलाई कथाविशेष रूपमा प्रकाशन गरिएको सम्पादक भट्टराईले जनाएका छन् ।

ती दुई अंकमा कथा लेखनमाथिका आलेखका साथै एक समयमा ख्याति कमाएका तर लेखन र प्रकाशनबाट टाढा रहेका कथाकारका कथा समावेश गरिएको उनले बताए ।

Argakhachi Cement Island Ad

ती दुई अंकमा नृपेन्द्र पुरुष यादि, चन्द्रकला नेवार, जैनेन्द्र जीवन, शारदा शर्मा, देवेन्द्रप्रताप शाह, पुष्कर लोहनी, ओममणि शर्मा, नकुल काजी, अनिता तुलाधर, डा. धु्रवचन्द्र गौतम, सनत रेग्मी, माया ठकुरी, पद्मावती सिंहसहित युवापुस्ताका रामलाल जोशी, मुना चौधरी, कर्मसही घर्तीमगरका गरेर तीन दर्जन बढी कथा प्रकाशित छन् ।

पुरानो र लोकप्रिय विधा भएर पनि पछिल्लो समय सुस्ताएको झैँ देखिएकाले ‘आरब्ध’को पाँचौँ र छैटौँ अंकलाई कथा विशेषांकका रूपमा प्रकाशन गरिएको भट्टराईले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्