site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुनर्कर्जा : ‘एकमुष्ट’मा कम आवेदन, ‘ग्राहक ऋणी’ मा फाइलको चाङ

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जाका लागि छुट्टयाएको कोटाआनुसार आवेदन नपरेपछि कार्यविधि संशोधन गरेर ग्राहक ऋणीतर्फ पुनर्कर्जा दिने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जातर्फ कुल उपलब्ध स्रोतको ७० प्रतिशत र लघुवित्ततर्फ १० प्रतिशत पुनर्कर्जा लगानी गर्न सक्ने व्यवस्था रहे पनि पर्याप्त आवेदन नपरेको भन्दै अब ग्राहक ऋणीतर्फको पुनर्कर्जा बढाउन खोजेको हो ।

राष्ट्र बैंकले चालु मौद्रिक नीतिमार्फत कोभिड प्रभावित अर्थतन्त्रको पुनरुउत्थानका लागि भन्दै पुनर्कर्जा कोषमा रहेको स्रोतको ५ गुणासम्म पुनर्कर्जा दिनसक्ने व्यवस्था गर्यो । मौद्रिक नीतिपछि केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ जारी गर्दै तीन प्रकारबाट पुनर्कर्जा दिनसक्ने व्यवस्था गर्यो । हाल कोषमा ४२ अर्ब ५० करोड स्रोत उपलब्ध रहेको उक्त कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउनसक्ने कार्यविधिको छ ।

सोहीअनुसार केन्द्रीय बैंकले १ खर्ब ४८ अर्बसमम एकमुष्ट पुनर्कर्जा लगानी गर्न दुईपटक आवेदन माग गर्दा पनि प्रक्रिया पूरा गरेको आवेदन ९२ अर्बको मात्रै तर ग्राहक ऋणतर्फ भने उच्च माग भएकाले कार्यविधि संशोधन गरेर ग्राहक ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन लागिएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त र एकमुष्टतर्फ पुनर्कर्जाको माग नभएका तर ग्राहक ऋणीतर्फ भने कर्जा माग गर्नेको फाइल रोक्नुपर्ने भएपछि राष्ट्र बैंकले माग भएको पुनर्कर्जा लगानी गर्ने उद्देश्यले कार्यविधि संशोधन गर्दै ग्राहक ऋणीलाई थप पुनर्कर्जा दिने तयारी गरेको स्रोत बताउँछ ।

ग्राहक ऋणीतर्फ साढे ४२ अर्ब मात्रै पुनर्कर्जा लगानी गर्नसक्ने व्यवस्था रहेको र साढे ३९ अर्बमाथि लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ । अझै ग्राहक ऋणतर्फ ४६ अर्बभन्दा माथिका कर्जा माग भएको फाइल रहेको स्रोतले जनाएको छ । तर एकमुष्टतर्फ एक खर्ब ४८ अर्ब लगानी गर्नसक्ने भए पनि दुईपटक आवेदन माग गर्दा पनि ९२ अर्बको मात्रै आवेदन परेको र लघुवित्ततर्फ पनि आवेदन माग गरेकामा ३१० अर्बको मात्रै आवेदन परेको थियो । एकमुष्ट र लघुवित्ततर्फको कोटामा माग गरेअनुसार आवेदन नपरेको पुनर्कर्जा ग्राहक ऋणीतर्फ दिन लागेको हो ।

“हाम्रो पुनर्कर्जा सीमा २ खर्ब १२ अर्ब हो जसको ७० प्रतिशत एकमुष्ट पुनर्कर्जा लगानी गर्नसक्ने व्यवस्थाअनुरुप दुईपटक आवेदन माग गर्दा पनि ९२ अर्बका लागि मात्रै आवेदन पर्यो भने लघुवित्ततर्फ पनि २१ अर्बमाथिका लागि आवेदन माग भएकामा १० अर्ब मात्रै पर्यो,” राष्ट्र बैंक स्रोतले भन्यो, “ग्राहक ऋणीतर्फ भने साढे ४२ अर्ब लगानी गर्नसक्नेमा साढे ३९ अर्ब लगानी भइसकेको छ भने अझै ४६ अर्बभन्दा माथिको फाइल रहेको छ, त्यसबाट प्रक्रिया पूरा गरेका ऋणीलाई पुनर्कर्जा दिन कार्यविधि संशोधन गरेको हो ।”

राष्ट्र बैंकले पुनर्कर्जाका लागि उपलब्ध स्रोत २ खर्ब १२ अर्ब ५० करोडमध्ये हालसम्म १ खर्ब ४२ अर्ब ४० करोड स्वीकृत गरेको छ । जसमध्ये एकमुष्टतर्फ उपलब्ध स्रोतको ७० प्रतिशत लगानी गर्नसक्ने भए पनि दुई चरणमा आवेदन माग गरेर ९२ अर्ब ६७ करोड स्वीकृत गरेको छ । यस्तै ग्राहक ऋणतर्फ २० प्रतिशत लगानी गर्नसक्नेमा ३९ अर्ब ५० करोड र लघुवित्ततर्फ १० प्रतिशत लगानी गर्नसक्ने भए पनि आवेदन माग गर्दा १० अर्ब २३ करोडको परेको सोही रकमबराबर स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । नेपाल केन्द्रीय बैंकले गत साता ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा संशोधन गरेको थियो ।

यता नेपाल सरकारले बजेटमा घोषणा गरेको व्यवसाय निरन्तरता कर्जामा भने आकर्षण न्यून देखिएको छ । हालसम्म दुईवटा बैंकले उक्त कर्जाको फाइल राष्ट्र बैंक पठाएको स्रोतले जनाएको छ । अन्य बैंकमा पनि आवेदन न्यून रहेको बैंकरहरू बताउँछन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत कोभिडको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग व्यवसायको पुनरुउत्थानका लागि भन्दै ५० अर्बको प्याकेज घोषणा गरेको थियो । नेपाल सरकारले स्रोत उपलब्ध गराउने र नेपाल राष्ट्र बैंकमार्फत परिचालन हुनेगरी कार्यविधि तयार गरेर गत मंसिरबाटै कार्यान्वयनमा आएको थियो ।

तर हालसम्म पनि अपेक्षकृत रुपमा उक्त कर्जाका लागि आवेदन नआएको राष्ट्र बैंकले जनाएको छ । पुनर्कर्जाको भन्दा केही झन्झटिलो प्रक्रिया र दायरा पनि सोही अनुसार भएकाले पनि उक्त कर्जामा कम आकर्षण देखिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

बैंकरहरू पनि उक्त कुरामा सहमत देखिन्छन् । नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह पनि पुनर्कर्जाको तुलनामा व्यवसाय निरन्तरता कर्जा आकर्षक कम देखिएको बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro