
काठमाडौं । यामाहा नेपालद्वारा आयोजित साताव्यापी ‘यामाहा ब्लू फेस्ट’ सम्पन्न भएको छ । ६ दिनलाई आयोजना गरिएको कार्यक्रम अत्यधिक सहभागितासँगै एक दिन थप भएको हो । कार्यक्रम एक दिन थप गरी वैशाख ४ गतेसम्म सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, ब्लू फेस्ट अवधिभर यामाहाका बाइक तथा स्कुटरमा आकर्षक एक्सचेन्ज, फाइनान्सिङ सुविधा, नगद छुट, निःशुल्क एक्सेसरिज र ‘थ्रिल अफ थ्री’ योजनामा कम्पनीले सहभागीलाई एक लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरेको थियो ।
साथै, टेस्ट राइड, गेमिङ जोन, लाइभ कन्सर्ट र काठमाडौं रेजर्सका खेलाडीहरूसँगकाे भेटघाटले उत्सवलाई थप रोचक बनाएको हो ।
ब्लू फेस्ट सम्पन्न भएता पनि ‘थ्रिल अफ थ्री’ योजना देशभरका यामाहा डिलरशिपहरूमा अझै पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।