site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीको पानीले सफा होला वाग्मती ?

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा पठाइयो । वाग्मतीमा प्रतिसेकेन्ड दुई सय साठी लिटर पानी आएकाले वाग्मतीमा पानीको बहाव बढेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

वाग्मतीमा मेलम्चीको पानी पठाइए पनि सफा भने नभएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताउँछन् । ‘‘वाग्मतीको फोहोर उस्तै छ । नदीमा जमेको लेदो, पहिलेदेखि जमेको पानीले अवस्था उस्तै छ,” उनले भने,  ‘‘पहिलादेखिको जमेको ढलले पठाएको पानी थुनिदियो । वाग्मती सफा राख्न यसले मात्रै हुँदैन । काठमाडौंका मानिसलाई खान नपुग्ने पानीको बहाबले कसरी वाग्मती ब्युँतिन्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले २६ गते मेलम्चीको पानी वाग्मतीमा मिसाएर पानीको बहाब बढाएर स्वच्छ बनाउने बताएका थिए । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सफा गर्न अर्बौँ खर्च गरेको वाग्मती सफाइ अभियन्ता भगवान पुडासैनी बताउँछन् । ‘‘अहिले वाग्मती सफा गर्न समितिले डोजर लगाएर सफा गरिरहेको छ । स्वच्छ वाग्मतीका लागि सर्वप्रथम मुहान सफा हुनुपर्छ । मुहानबाट स्वच्छ पानी पठायौँ भन्छन्, तर यहाँ लेदोबाहेक अरु छैन । सबै सचेत बन्नुपर्छ,” उनले भने, ‘‘सडक विभाग र ढल निकास समितिसँग सहकार्य गरेर वाग्मतीलाई ढलनिकास मुक्त गराउनुपर्छ । सबैले फोहर फाल्ने स्थान वाग्मती बनेको छ ।" 

उनले वाग्मतीमा फोहोर फाल्नेलाई समितिले कारबाही गर्दै आए पनि समस्या उस्तै रहेको बताए । "समितिले फोहोर फाल्नेलाई निगरानी गर्ने हो भने समस्या समाधान हुन्छ,” उनले भने ।

'समितिले कडाइ नगर्दा वाग्मती सफा भएन'
स्थानीय समितिले वाग्मतीमा फोहोर फाल्नेलाई निगरानी गर्न नसक्दा सफा नभएको हो । गुहेश्वरीका नवराज चौलागाईं भन्छन्, ‘‘वाग्मतीको पानी देख्दा नाकमुख थुनेर हिँड्नुपरेको छ । २० वर्ष अघिदेखि नै समितिले विभिन्न योजना बनाउँदै आएको छ । वाग्मतीमा ढलको फोहोर जमेर बसेको छ,” उनले भने, ‘‘सुन्दरीजलबाट पठाइएको पानीको प्रभाव देखिएको छैन । पुरानो वाग्मती ब्युँताउन पानीको बहाव पनि ठूलो चाहिन्छ ।”

 

वाग्मतीमा मेलम्चीको पानी, सफा होइन लेदो ! (तस्बिरसहित)

यसैबीच अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर मिहिरचन्द्र आचार्य वर्षामा वाग्मतीमा पानी भरिएर सफा रहने बताउँछन् । हिउँदमा भने वाग्मती सफा राख्न चुनौती बढेको उनी बताउँछन् । ‘‘समितिले प्रयास नगरेको होइन । मेलम्चीबाट वाग्मतीमा मिसाइएको पानीले बहाव बढे पनि सफा राख्न समितिले विभिन्न योजना बनाइरहेको छ,” उनले भने, ‘‘निरन्तर वाग्मती सफाइमा दुई सय कर्मचारी खटाएका छौँ ।”

समिति भन्छ- लापरबाही बढ्यो
‘‘उपत्यकाका बासिन्दाले वाग्मतीमा जथाभावी फोहोर फाल्दा दुर्गन्ध बढेको हो,” इन्जिनियर आचार्य भन्छन्, ‘‘यही मेलम्चीको पानी वाग्मतीमा मिसाएकै बेलामा उपत्यकाका बासिन्दा र सरोकारवाला निकाय सचेत भए सफा हुनेमा शंका छैन ।”  

वाग्मतीको लेदो सफा गर्दै समितिको डोजर
समितिले वाग्मतीको पानी चलायमान बनाउन डोजरले लेदो सफा गरिरहेको जनाएको छ । समितिका इन्जिनियर आचार्यका अनुसार डोजरले वाग्मतीको लेदो बाहिर निकालिरहेको हो । "वर्षौंदेखि जमेको लेदो निकाल्दा मेलम्चीको पानी सहजै बग्न पाउँछ । १० गतेदेखि पठाइएको पानीलाई बीचबीचमा जम्मा गर्दै छाडिरहेका छौं । एकैपटक वाग्मती सफा देखिँदैन,” उनले भने, "बिस्तारै सफा हुँदै जाला ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro