देश

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको छ । बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोडनजिकै मंगलबार (वैशाख ९) बिहान शव फेला परेको हो ।
बेल्डाँडी गाउँपालिका–३, कमरीका ५० वर्षीय हरिकिसन रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।
सडकछेउको भुससँगै मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको हो । तोरी चुटेको भुसमा आगोले बलिरहेको मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको उनले बताए ।
जलेको शवसँगै उनको मोबाइल, पर्स र बेल्ट थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्