
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा परेको छ ।
कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाइएको छ । अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएर उनलाई विपक्षी बनाएका छन् ।
सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध रिट दायर भएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी भएर अन्तरिम आदेश प्रयोजनका निम्ति आइतबारको पेसी तोकिएकामा शुक्रबार नै पूरक निवेदन दर्ता भएको थियो । त्यसयता उक्त मुद्दामा पेसी चढ्ने तर पालो नआउने हुँदै आएको छ ।
आइतबार ३७औँ नम्बरमा, सोमबार १३औँ नम्बरमा परेर 'हेर्न नभ्याइने'मा परेको उक्त मुद्दा मंगलबार १७औँ नम्बरमा छ ।