site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीडीओले गराउनेछन् कक्षा–१२ को परीक्षा !

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीमा मंगलबार (वैशाख ९) बसेको बोर्ड बैठकबाट विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलन र उसले कक्षा–१२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने निर्णय गरेको थियो । त्यसपछि विद्यार्थी र अभिभावकमा परीक्षा निर्धारित समयमा सञ्चालन हुने/नहुनेबारे अन्योल थियो ।

परीक्षा निर्धारित समयमै र शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको तयारीमा असर पर्ने र उनीहरूको समय खेर जाने हुन्छ । त्यसैले परीक्षा नरोक्ने र प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका ठाउँमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर परीक्षा सञ्चालन गरिने भएको छ ।

बोर्ड बैठकबाट आन्दोलनरत शिक्षकलाई कक्षा–१२ को परीक्षा सञ्चालनका निम्ति सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरिएको छ ।

यो वर्ष कक्षा–१२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका निम्ति जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

परीक्षाका निम्ति त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro