site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीमा मेलम्चीको पानी, सफा होइन लेदो ! (तस्बिरसहित)
तस्बिर : कविराज कार्की/बाह्रखरी

काठमाडौं । खानेपानी मन्त्रालयले शिवरात्रिका दिन वाग्मतीमा मेलम्चीको सफा पानी बगाउने भनेको थियो । आज शिवरात्रिका दिन मेलम्चीको पानी वाग्मतीमा आउन त आयो । सफा भने होइन लेदो पानी आयो । त्यो पनि हिलाम्मे ।

शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीका लागि आउनेले सफा पानीमा नुहाउन प्रतीक्षा गर्दैगर्दा हिलाम्मे पानी आयो । वाग्मतीको बहाव बढे पनि नुहाउन नमिल्दा दर्शनार्थीहरुले अञ्जुलीमा अलिअलि पानी लिएर टाउकोमा छर्किए । मेलम्ची खानेपानी आयोजनाले भने सुन्दरीजलबाट सफा पानी बगाइए पनि वाग्मतीको फोहोरकै कारण हिलाम्मे पानी आएको दाबी गरेको छ ।

अधिकार-सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर मिहिरचन्द्र आचार्यका अनुसार शिवरात्रिमा नुहाउनयोग्य पानी वाग्मतीमा पठाउने योजना थियो । ‘‘वाग्मतीमा पहिलादेखिको ढल जमेर बसेकाले मेलम्चीको पानी हिलाम्मे बनेर आएको हो,” उनले भने, ‘‘मेलम्चीको पानीले वाग्मतीको बहाब ह्वात्तै बढाएको छ ।" बेलुकासम्म पानी छाडिराख्ने हो भने सङ्‍लो हुनसक्ने उनको अनुमान छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro