site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाणिज्य बैंकहरुको सेयर मूल्य कम छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संघको मोर्चा सम्हाल्दै गर्दा विश्वव्यापी महामारी बनेको कोभिड–१९ को प्रभावबाट नेपाल र नेपालको बैंकिङ जगत मुक्त रहन सकेन । नेपाल सरकारले कोभिड जोखिम कम गर्न २०७६ चैत ११ गतेबाट गरेको ४ महिना लामो देशव्यापी लकडाउन र त्यसपछि पनि क्षेत्रगत रुपमा लागु भएको निषेधाज्ञाले मुलुकको अर्थव्यवस्था नै अस्तव्यस्त हुन पुग्यो । जसको प्रभाव मुलुकको बैंकिङ क्षेत्रमा पनि परेका थियो ।

कोभिडले गर्दा बैंकहरूले लामो समय कर्जा लगानी गर्न सकेनन् । जसले गर्दा बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा निक्षेपकर्ता नै मारमा पार्ने गरी निक्षेपको ब्याजदर घटेको थियो ।

अहिले परिस्थिति फेरिइसकेको छ । आर्थिक गतिविधि विस्तार हुन लागेसँगै बैंकिङ प्रणालीबाट उच्च रुपमा कर्जा विस्तार भइरहेका छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसले आर्थिक पुनरुउत्थानमा सहयोग पुगेको दाबी भइरहँदा कतै अनुत्पादक क्षेत्रमा गएको कर्जाले अर्थतन्त्रलाई थप नकारात्मक प्रभाव पर्ने त हैन भने चर्चा परिचर्चा भइरहेको छ । अर्कोतर्फ बैंकिङ प्रणालीमा देखिएको उच्च क्रेडिट ग्रोथले बैंकिङ प्रणालीमा तरलता अभाव भएर पुनः ब्याजदरमाथि पुग्ने त हैन भन्ने आशंका पनि बढेको छ ।

कोभिडकै कारण बैंकिङ क्षेत्रमा एउटा सकारात्मक परिवर्तनको संकेत पनि देखिएको छ । कोभिडको समयमा देखिएको असहजताले आम नागरिकलाई डिजिटल बैंकिङमा आकर्षण बढेको छ । अहिले बैंकहरू बढीभन्दा बढी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने भन्दै क्यूआर कोडलाई अभियानकै रुपमा अगाडि बढाइरहेका छन् । जसलाई राष्ट्र बैंकले पनि सर्पोट गरिरहेको छ ।

Global Ime bank

सानिमा बैंककै अग्रसरतामा नक्साल तरकारी बजारबाट सुरु भएको अभियान अहिले देशभरको तकारी बजार मात्रै नभएर मठ मन्दिरमा समेत सुरु भइसककेको छ ।

बैंकर्स संघका अध्यक्ष दाहालको भने अहिले नै बैंकिङ प्रणालीमा तरलता अभाव नहुने र केही ब्याजदर बढे पनि पहिलेको जस्तो निक्षेपको ब्याजदर १२/१३ प्रतिशत नपुग्ने विश्लेषण छ । यस्तै बैंकहरूले जोखिम मोलेर कर्जा लगानी नगरेको र अन्य प्रविधिको तुलनामा क्यूआर कोड सस्तो भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाइएको दाहाल बताउँछन् ।

पछिल्लो समयको समग्र बैंकिङ अवस्था र सानिमा बैंकको अवस्था के छ ? प्रस्तुत छ, उनको विचार :

१) कर्जा विस्तार, तरलता र ब्याजदर
कोभिड पछि अहिले ९१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आइसकेका नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योग व्यवसाय सञ्चालनमा आएसँगै धेरै बस्तुको आयात बढेको छ भने आर्थिक गतिविधी सामान्य अवस्थाको जस्तै बढको छ ।

चालु आर्थिक वर्षको ७ महिना ७ दिनमा वाणिज्य बैंकले मात्रै ४२९ अर्बले कर्जा बढाएका छन् । यसरी कर्जा विस्तार हुँदा कुनै क्षेत्रमा चाहिनेभन्दा बढी कर्जा गयो कि भन्ने चिन्ता सबैले गर्नैपर्छ । अन्य मुलुकमाम कोभिडपछि जोखिम हुने हो कि भनेर बैंकहरूले कर्जा दिएका छैनन् तर नेपालमा बैंकहरूले नडराई कर्जा दिए । जसले गर्दा अर्थतन्त्र पुनरुउत्थानमा धेरै सहयोग गरेको छ ।

कोभिड पछिको असामान्य अवस्थामा बजारमा तरलता बढी भएकोले चाहिनेभन्दा बढी कर्जा दिए कि भन्ने चिन्ता भने छ । यद्यपि बैंकहरूले क्यास फ्लो तथा धितो हेरेर नै लगानी गरेका छन् । जसले धेरै समस्या नहोला, त्यही पनि बैंकहरू अरु नर्मल समयको भन्दा अलि बढी सहज भएका छन् ।

बैंकहरूले बदमासी गरे कि भन्ने आशंका देखिएको छ । यदि बैंकले कर्जा तिर्नकै लागि कर्जा दिएका छन् भने पनि त्यसलाई ड्रइङ पावरले पुस्टी गरेन भने त्यस्तो कर्जा फाइनान्सियल स्टेटमेन्टमा प्र्रष्ट देखिन्छ ।

कर्जा तिर्नलाई केही कर्जा गयो पनि होला । यदी त्यसरी कर्जा गयो भने पनि क्यास फ्लोले पुष्टी गरेन भने त्यो ब्यालेन्स सिटले नै देखाउँछ ।

राष्ट्र बैंकले नै नेट टे«डिङ एसेटको ८० प्रतिशत कर्जा दिने भनेर तोकेको छ । बैंकहरूले ऋणीलाई ऋण थप गर्यो भने पनि ८० प्रतिशतभन्दा माथि जान सक्दैन । त्योभन्दा बढी कर्जा लगानी गर्यो भने राष्ट्र त्यस्तो कर्जालाई वाच लिस्टमा राखेर ५ प्रतिशत प्रोभिजन गर्न लगाउँछ । बैंकहरूले कर्जा तिर्नलाई नै नयाँ कर्जा दिएका छन् भने पनि राष्ट्र बैंकले राम्रोसँग सुपरभिजन गर्ने हो भने ड्रइङ पावर मिसम्याचले त्यो गर्न दिँदनै । कर्जा तिर्न कर्जा दिँदा पनि एउटा मापदण्ड भित्र रहेर दिनुपर्छ । राष्ट्र बैंकले पनि कर्जा तिर्न हैन व्यवसाय निरन्तरताको लागि मात्रै ड्रइङ पावरभित्र रहेर थप कर्जा दिन छुट गरेको छ ।

जहाँसम्म तरलता र ब्याजदरको कुरा छ, प्रणालीमा केही तरलता घटेको अवस्था भए पनि अभाव हुने अवस्था छैन । बैंकहरूले सरकारी बचतपत्रमा लगानी गरेका छन् । अहिले पनि बैंकहरूसँग तरल सम्पत्ति र निक्षेपको अनुपात २५÷२६ प्रतिशत छ । बैंकहरूले चाहिने २० प्रतिशत हो । अहिले पनि ५ प्रतिशत बढी छ । ४० खर्ब निक्षेपको ५ प्रतिशत हिसाब गर्दा २ खर्ब हुन्छ । २ खर्बको कर्जा दिन बैंकलाई कुनै समस्या छैन । सीसीडी ८५ प्रतिशत रहे पनि अहिले ७६ प्रतिशत मात्रै छ ।

सरकारसँग पैसा थुप्र्र्रिएको छ, सरकारले पनि पैसा खर्च गर्छ । अहिले बैंकसँग ६०/७० अर्ब मात्रै छ भन्ने हैन सरकारी बचतपत्रमा गरेको लगानीको अगेन्स्टमा बैंकहरूले जहिले पनि पैसा चाहिँदा लिन पाउँछन् ।

पहिलेको भन्दा तरलता केही घटेको हो, जसले ब्याजदर अलिकति बढ्ने संकेत गरेको छ । तर, सीसीडी रेसियो र एलडी रेसियो सहज अवस्थामा रहेकाले तत्कालै ब्याजदर धेरै माथि जाँदैन । यद्यपि चैतको ब्याजदर प्रकाशित गर्दा केही बैंकले ०.२५ देखि ०.५ प्रतिशतसम्म बचतको ब्याजदर बढाउन सक्छन् । केही ब्याजदर बढ्ने संकेत देखिए पनि तरलता अभाव हुने र पहिलेको जस्तो १२/१३ प्रतिशत ब्याजदर पुग्ने अवस्था भने छैन ।

२) मार्जिन लेन्डिङ र घरजग्गाको कर्जामा जोखिम छैन
कोभिड पछि मार्जिन लेन्डिङ तथा घरजग्गामा तुलनात्मक बढी कर्जा गएकोे तथ्याङकले देखाउँछ । घरजग्गा तथा मार्जिन लेन्डिङमा गएको कर्जामा जोखिम कम छ । जग्गामा मूल्याङ्कनको ५० प्रतिशत मात्रै कर्जा दिने हो । घर नै बनाउने हो भने कर्जा ६० प्रतिशत र पहिलो पटक घर बनाउँदै छ भने उसलाई ७० प्रतिशतसम्म दिन पाइन्छ । मूल्यांकनको ५० देखि ७० प्रतिशतमात्रै कर्जा दिने पाइने हुँदा घरजग्गामा दिएको कर्जामा ३० देखि ५० प्रतिशतसम्म मार्जिन हुने भएकाले जोखिम कम छ ।

सेयर धितो कर्जामा पनि ७० प्रतिशत मात्रै दिन पाइन्छ । यसमा ३० प्रतिशतको मार्जिन भएकाले सेयरको मूल्य हजारको सात सयमा झर्यो भने पनि बैंकलाई घाटा हुँदैन । यसले पनि मार्जिन लेन्डिङ तथा घरजग्गामा बैंकहरूको गरेको कर्जा गए पनि बैंकलाई धेरै जोखिम छैन ।

उत्पादक र अनुत्पादक क्षेत्रमा कर्जाको कुरा गर्दा घर कर्जालाई ‘प्रोडक्टिभ सेक्टर’ मानिन्छ । घरसँग इँटा, रड, क्रसर तथा काठ उद्योग जोडिएको छ । घर बनाउँदा लेबरको अवाश्यक हुने भएकाले रोजगारी सिर्जना हुन्छ । जसले गर्दा घर निमार्णलाई आधारभूत आवश्यकता र व्यवसायलाई विस्तार सकारात्मक रुपमा लिइन्छ ।

अहिले जग्गाको मूल्य आकाशिएको छ । कुनै दिन यसमा मन्दी आयो भने के हुन्छ भन्ने पनि रहेको देखिन्छ । जग्गाकै मूल्य बढेका कारण उद्योग धन्दा खोल्नसमेत गाह्रो भएको छ । म आफैंलाई पनि जग्गाको मूल्य अलि बढी नै बढेजस्तो लाग्छ । तर बैंकहरूले जग्गामात्रैमा त मूल्याङकनको ५० प्रतिशत लगानी गर्छौं । जग्गाको मूल्य ५० प्रतिशत घट्यो भने पनि जग्गाधनीलाई घाटा हो बैंकलाई घाटा छैन । आफैं घर बनाउँछु भनेर जग्गा किन्नेले तथ नाफा घाटा पनि हेर्दैन ।

बैंकहरूले रियलस्टेट लोन हैन होम लोन दिएको हो । यस्तोमा बैंकहरूले आम्दानीको अर्को स्रोत पनि हेरेको हुन्छ । अहिले त राष्ट्र बैंकले नै कर तिरेको आम्दानीको स्रोत हेर्न भनेको छ । कर्जा लिनेले तिर्ने त आम्दानीबाट हो । बैंकले लिलामी गरेर लिने हैन । बैंकहरूले रियलस्टेटमा मात्रै लाने दियो भने छलफलको विषय भयो तर घर कर्जा दिएको छ भने त्यसमा त्यस्तो जोखिम छैन ।
सेयरको कुरामा भने छलफल गर्न सकिन्छ । सेयरमा पनि एउटा पक्ष के हो भने मूल्य बढेर म धनी भए भनेर कोही नागरिकले आयात बढायो भने अथवा अन्य मानवीय गुणहरू जस्तै : महँगो गाडी किन्ला, वैदेशिक भ्रमणमा जाला, छोरोछारी बाहिर पढाउने जस्ता कारणले पैसा विदेशियो भने चिन्ना गर्नुपर्छ । अन्यथा एउटा व्यक्तिले बेच्ने र अर्कोले किन्ने गर्दा पैसा देशभित्रै रहने भयो । सेयर बजारमा गरेको लगानीले आयात बढ्ने अथवा पैसा बाहिर जाँदैन भने आतिनुपर्छ जस्तो लाग्दैन ।

सेयर बजार हिजो अन्डर प्राइस पनि थियो कि । हिजो नेप्से ११०० थियो, त्यति नै हुनुपर्ने पनि थिएन होला । नेप्से कति हुनु रिजनेबेल हो थाहा छैन, यो क्षेत्रको बारेमा टिप्पणी नगरौं । तर, हिजो ११/१२ सय कम हो २ हजारसम्म पुग्नुपर्छ भन्ने विज्ञहरू पनि हुनुहुन्थ्यो । अहिले २६/२७ सय पुगेको छ, त्यो ठीक हो कि हैन त्यो पनि थाहा छैन । अझै पनि कतिपय कम्पनीहरू अन्डर भ्यालुड पो छन् कि ।

सानिमा बैंकको पनि प्रतिसेयर आम्दानी २२ रुपैयाँ छ । तर, सेयर मूल्य चार सयभन्दा कम छ । सेयर बजारमा लगानी गर्नेहरूले २० को मूल्य आम्दानी अनुपातको हुनुपर्छ भन्ने हो पनि ४५० जति त हुनुपथ्र्यो होला । हामीले सेयर बजार उच्च भयो भन्दै गर्दा कतिपय कम्पनीको सेयर मूल्य त अझै पनि अन्डर भ्यालुड होला ।

कुन क्षेत्रलाई उत्पादक र कुनलाई अनुत्पादक भन्नेभन्दा पनि कुन बढी उत्पादक र कुन कम उत्पादक भन्ने हुन्छ । घर कर्जा नराम्रो हुँदै होइन । यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ । सेयर कर्जाले बजारलाई एक्टिभ बनाएको छ । यसको साइड इफेक्ट केही नकारात्मक पनि होला । सबैले रिर्टन नै हेरेर लगानी गर्ने हो । कोही गलत समयमा बजार पसेर फस्नु पनि होला त्यसमा के गर्न सकिन्छ ?

३) वाणिज्य बैंकहरुको सेयर मूल्य
कोभिड पछि बिमा कम्पनी, लघुवित्त, हाइड्रोपावरलगायत क्षेत्रको सेयर मूल्य बढेका छन् । तर, अहिले पनि बैंकको सेयर मूल्य तुलनात्मक रुपमा कम नै देखिएको छ । भर्खरै नयाँ आएको बैंकको सेयर मूल्य ५/६ सय हुँदा यति पुरानो २२ रुपैयाँ प्रतिसेयर आम्दानी भएको सानिमा बैंकको भने ४०० पनि पुगेको छैन ।

कोभिडको कारण बैंकहरू खराब अवस्था पुगे त्यसैले मूल्य बढेन भन्ने हो भने लघुवित्तलाई प्रभाव नपर्ने बिमालाई नपर्ने तर बैंकलाई मात्रै पर्ने कुरा हैन हो । कतिपय अवस्थामा लगानीकर्ताले प्रोभिजन कति गरेका छन् भनेर पनि हेरेको हुनसक्छ । कोभिडको प्रभाव अझै आउन बाँकी र बैंकहरूलाई यसले लस अझै हुनसक्छ भन्ने लागेको जस्तो देखिन्छ । यद्यपि केही बैंकहरू जस्तै नबिल बैंक, एनआईसी एशिया बैंकको मूल्य बढेको छ ।

बैंकहरूले एक हदसम्म प्रोभिजन गरिसकेको र केही कमी कमजोरी भए राष्ट्र बैंकले हेर्छ पनि । बैंकहरूको तेस्रो त्रैमासको रिपोर्टपछि केही सुधार हुन्छ कि भन्ने लाग्छ । बजार अनौठो छ । भर्खरै आएका नयाँ कम्पनीको सेयर मूल्य ५÷६ सय हुँदा २०÷२२ रुपैयाँ प्रतिसेयर आम्दानी भएको बैंकको मूल्य ३÷४ सय छ । त्यसैले यसमा मेरो कुनै टीप्पणी छैन ।

अहिले बैंकहरू गत असार मसान्तको भन्दा सहज अवस्थामा छन् । केही समस्या भएको क्षेत्रका कर्जाहरू पुनःसंरचना र पुनरतालिकीकरण भएका छन् । त्यो बाहेकका अन्य क्षेत्रमा नर्मल अवस्थाको जस्तै देखिएको छ । ६÷७ प्रतिशत त्यस्तो कर्जा रहेको र त्यसको पुनरतालिकीकरण भएका छन् । बढीमा १० प्रतिशत कर्जा केही जोखिमा भए पनि ९० प्रतिशत कर्जा सहज अवस्थामा छन् । बैंकहरूको पूर्ववत् अवस्थामा पुग्न लागेकाले यसमा जोखिम छ ।

४) वित्तीय विवरण
कोभिड पछिको अवस्था सामान्य नहुँदासम्म केही बैंकहरूले यस्तो बेलामा कर्जा लगानी नगर्ने भनेर बसे । ती बैंकहरूको मुनाफा धेरै नै घटेको देखिन्छ । जस्तैः हिमालयन, एभरेष्ट बैंक मुनाफामा अगाडि हुने अहिले तल गएको जस्तो देखिन्छ । स्ट्यान्नर्ड चाटर्ड र एसबीआई बैंकको पनि अवस्था खस्किएको जस्तो देखिन्छ । प्रभु बैंक, प्राइम कमर्सिलय बैंक, मेगा बैंक, कुमारी बैंक बैंकको मुनाफा बढेको तथ्याङकले नै देखाउँछ । बैंकहरूको वित्तीय विवरण हेर्दा जहिले पनि ‘अपरेटिङ प्रोफिट बिफोर प्रोभिजन’ हेर्नुपर्ने हुन्छ ।

चालु आर्थिक वर्षको पुस मसान्तको तथ्यांक हेर्दा प्रभु बैंक, नेपाल बैंक र सिटिजन्स बैंंकले मर्जर नगरेको भए केही मुनाफा बढ्नसक्ने देखिन्छ । कुमारी बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंकको मर्जरले गर्दा नाफा बढेको छ । अन्य, मर्जर नगर्ने सबैजसो बैंकको नाफा घटेको छ । बैंकहरूको प्रोभिजन आउने र जाने भनेको एउटा कुरा भयो तर सञ्चालन मुनाफा कति हो त्यसले बैंकहरूको नाफा कति छ देखाउँछ ।

बैंकहरूको प्रतिस्पर्धाले ब्याजदर अन्तर (स्प्रेड रेट) खुम्चिँदा बैंकहरूको नाफा घटेको हो । बैंकहरूबीच यति धेरै प्रतिस्पर्धा भयो जसले गर्दा बैंकहरूले राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशत स्प्रेड भन्दा धेरै तल स्प्रेड रहेको छ । यदि कुनै बैंकले बदमासी गर्छ भने त्यसलाई कारवाही गरौं । तर, यति धेरै प्र्रतिस्पर्धा भएको ठाउँमा ब्याजदर बजारलाई छोडिदिउँ ।

५) असारमा १८ अर्ब र पुसमा थप ३ अर्ब प्रोभिजन
२०७७ असार मसान्तमा नै बैंकहरूले १८ अर्ब प्रोभिजन गरेका थिए । पुस मसान्तमा बैंकहरूले ३ अर्ब थप प्रोभिजन गरेका छन् । केही बैंकहरूले भने प्रोभिजन राइट ब्याक पनि गरेका छन् ।

तथ्याङ हेर्ने हो भने पनि असार मसान्तमा ८० करोड प्रोभिजन गरेको नेपाल बंगलादेश बैंकले पुस मसान्तमा १९ करोड राइट ब्याक गर्यो । नबिल बैंकले ८६ करोड प्रोभिजन गरेकोमा २७ करोड राइट ब्याक गरेको छ । नेपाल एसबीआई बैंकले २७ करोड प्रोभिजन गरेकोमा १ करोड राइट ब्याक गरेको छ भने कर्जा पनि घटाएको छ ।

एनआईसी एशिया बैंकले १ अर्ब ११ करोड प्रोभिजन गरेकोमा २ करोड राइट ब्याक गर्यो । स्ट्यान्डर्ड चाटर्ड बैंकले ४४ करोड प्रोभिजन गरेकोमा २ करोड राइट ब्याक गर्यो । राष्ट्रिय वाणिज्य बैंकले १६ करोड गरेकोमा ६ करोड राइट ब्याक गरेको छ । सिटिजन्स बैंकले ६४ करोड प्रोभिजन गरेकोमा साढे २ करोड राइट ब्याक गरेको छ । अरु सबै बैंकले गत असार मसान्तको तुलनामा प्रोभिजन बढाएका छन् ।

राष्ट्र बैंकले कोभिडबाट धेरै ठूलो प्रभाव परेका कर्जाहरूलाई पुनः संरचना र पुनतालिकीकरण गर्न दियो । त्यो भनेको २÷३ वर्षपछि कर्जा तिरे हुने भयो । त्यसमा ५ प्रतिशतमात्रै प्रोभिजन गर्दा पुग्ने भयो । बैंकहरूले असारमा १८ अर्ब र त्यसपछि थप ३ अर्ब गरेर २१ अबर्क प्रोभिजन गरिसकेका छन् । असार यता ७ खर्बले कर्जा विस्तार गर्दा ७ अर्ब प्रोभिजन गर्दा पुग्नेमा २१ अर्ब प्रोभिजन गरेका छ । १४ अर्ब त कर्जा जोखिम हुनसक्छ भनेर थप प्रोभिजन गरेको छ । यद्यपि राष्ट्र बैंकले थप प्रोभिजन गर्नुपथ्र्यो होला तर अहिले नै बैंकहकरुले २१ अर्ब प्रोभिजन गरिसकेका छन् । त्यही कारण केही बैंकमा जोखिम पनि होला । तर, समग्र बैंकिङ उद्योग हेर्दा जोखिम छैन ।

नेपालको बैंकमा धितो पनि हुन्छ, यदि धितो थिएन भने जोखिम हुन्थ्यो । तर, अहिले धेरै जोखिम छैन । सबैभन्दा प्रभावित क्षेत्र होटेल हो, होटेलको घरजग्गा छ, लिलामी गर्दा सम्पूर्ण पैसा त नआउला तर केही न केही आउँछ । बैंकले मूल्यांकनको ७० प्रतिशत कर्जा दिएको हुन्छ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकमा त्यति ठूलो समस्या भयो, विदेशी व्यवस्थापक ल्याएर चलाउनुपर्यो । तर, त्यसमा पनि सर्वसाधारणको निक्षेप त गुमेन  । कुनै बैंकमा केही समस्या भए पनि समग्र बैंकिङ क्षेत्रमा आतिनु पर्ने समस्या छैन ।

६) क्यूआर कोड नै किन ?
हाम्रोमा क्यूआर मात्रै छैन । अरु पनि प्रयोग गर्न सकिन्छ । व्यक्ति टु व्यक्ति मोबाइलाट ट्रान्सर्फर गर्छैं । कसैलाई तत्कालै पैसा पठाउनुपर्यो भने क्यूआर कोड खोजेर त हिँडिदैन । क्यूआर कोड एकदम सस्तो कम लागतको प्रविधि हो । यसमा एउटा कागज भए पुग्छ । यसको राम्रो पक्ष भनेको पैसा बाहिर जाँदैन । प्रविधिमा सफ्टवेयर खरिद गर्न केही पैसा बाहिर जाला तर सम्पूर्ण पैसा मुलुक भित्रै रहन्छ ।

यो एकदम सस्तो प्रविधि हो । चीनमा हेर्न हो भने पनि यो प्रविधि कमअन छ । हामाीले डिजिटले पेमेन्टको कुरा गर्दा क्यूआरलाई मात्रै प्रमोट गरेका छैन । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्डलाई पनि इनकरेज गरिरहेका छौं ।
तर, अब भोलिको दिनमा क्रेडिट कार्ड नचाहिएला जस्तो लाग्छ । क्रेडिट कार्ड अन्य कुरासँग टच हुने भयो । क्रेडिट कार्डबाट पसलमा भुक्तानी पर्स मेसिन चाहिन्छ । त्यसको लागत ३०÷४० हजार हुन्छ भने क्यूआर कोड ५ रुपैयाँमा आउँछ ।

हामीले सपिङ महलमा गएर मोबाइल बैंकिङ टु मोबाइल बैंकिङ पनि भुक्तानी गर्न सक्छौं । तर, मोबाइल टु मोबाइल भुक्तानी खाता नम्बर सेट गर्नुपर्यो तर यसमा खाता नम्बर सेट गर्र्नुपरेन । इन्टरेनट बैंकिङमा पनि खाता नम्बर कति भनेर सोध्नुपर्यो भने पर्स मेसिनमा कार्ड स्वाप गरेपछि पिन कोड हाल्नुपर्छ क्यूआर कोडमा स्क्यान गर्दा हुन्छ ।

अन्य प्रविधिमा दुईवटा पक्ष समावेश हुनुपर्छ भने क्युआर कोडमा त्यो परेन जसले गर्दा क्यूआर कोडलाई प्राथमिकता दिएको हो । त्यसो भन्दैमा इन्टरनेट, मोबाइल बैंकिङ, कार्ड, आरटीप्जीएस, आईपीएस सबै प्रयोग गरिरहेका छौं ।

अहिले पेमेन्ट सिस्टमा रिभोलुसन नै आएको छ । सानिमा बैंकको कुरा गर्दा मेरो खातामा पैसा मुद्धति निक्षेप खाता पनि मोबाइलबाट खोल्न मिल्छ । धेरै परिर्वतन आइरहेको छ तर अझै धेरै परिवर्तन गर्न पनि बाँकी छ ।
अहिले गभर्नर सरको चाहना भोलि अवकास हुँदा नोटमा हस्ताक्षर गर्नु नपरोस् भन्ने छ । त्यो सोचले नै सुधार हुने हो । गभर्नर नै लाग्नुभएको छ भने हामी बैंकहरूले पनि साथ दिएका छौं । बैंकर्स संघले पनि डिजिटल बैंकिङ कमिटी बनाएको छ । त्यसको नेतृत्त्व नेपाल एसबीआई बैंकको सीईओले गर्नुभएको छ ।

७) बैंकिङ क्षेत्रमा सानिमा बैंकको अवस्था
बैंकिङ क्षेत्रमा चल्ति र बचत निक्षेप जसको बढी भयो त्यो बैंक बलियो भन्निछ । २०७० असारमा सानिमा बैंक चल्ति र बचत (कासा) निक्षेपमा सानिमा बैंक २३ नम्बरमा थियो । त्यसपछि हामीले सुधार गर्दै आएका थियौं । तर, गत वर्ष ४÷५ वटा बैंकहरूले ठूलो मर्जर गरे, त्यसले गर्दा १७ नम्बरमा पुगेका थियौं । त्यसपछि पछिल्लो ६ महिनामा नै ३ स्थान सुधार गरेर १४ औं स्थानमा आएको छौं । यस्तै कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा धेरै हुने बैंक स्टेबल बैंक हुन्छ । सानिमा माघ मसान्तमा ६७ प्रतिशत व्यक्तिगत निक्षेप रहेको छ । विगतमा तरलताको त्यस्तो ठूलो समस्या हुँदा पनि केही दिन सानिमा बैंकले कर्जा रोक्यो होला अन्यथा कर्जा रोक्नु परेन । सानिमा बैंकमा ठूलो निक्षेप छैन, साना निक्षेप स्थिर प्रकारका छन् ।

कर्जाको गुणस्तरमा पनि सानिमा बैंक राम्रो छ । कोरोनाले गर्दा आधार प्रतिशत बढ्यो होला । हामी सञ्चालन खर्च कम हुनेमध्ये तेस्रो नम्बरमा छौं । सेयरहोल्डरको फन्डमा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत सञ्चालन मुनाफा आर्जन गर्दा दोस्रोमा प्राइम कमर्सियल बैंकले २७ प्रतिशत र सानिमा बैंकको तेस्रो स्थानमा २६ प्रतिशत छ ।

कोभिडको बेलामा सानिमा बैंकले कर्जा तिर्न कसैलाई दबाव दियो भन्ने सुनिएन । जसले गर्दा असारमा बैंकले ८० करोड प्रोभिजन गर्यो । अहिले पनि हाम्रो ११/१२ करोड प्रोभिजन छ । त्यस्तै हामी रिर्टन अन इक्विटीमा टप ४ मा रहेका छौं । पुँजीकोषमा पनि सानिमा बैंक टप चार, निष्कृय कर्जा कम हुने बैंकमा पनि टप चारमा छौं । अहिले पनि सानिमा बैंक हरेक सूचकमा अगाडि छ ।

व्यवसाय विस्तारमा सानिमा बैंकले कोभिडको अवधिमा निक्षेप नबढाएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कर्जा १२ प्रतिशतले बढेको छ । जुन बजारको औसतभन्दा बढी हो । निक्षेप भने लागत किन बढाउन भनेर नबढाएको हो । सानिमा बैंकको बेस रेट टप १० मा रहेको छ भने प्रतिसेयर आम्दानीमा पनि २२ रुपैयाँसहित आठौं स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement