site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिनेचुनेकै निर्देशक किन लिँदै छन् ‘सिक्वेल’को सहारा ?
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र बजारमा सिक्वेल बनाउने प्रचलनले तीव्रता पाएको छ । राम्रो व्यापार गरेका अधिकांश चलचित्रले सिक्वेल बनाउँदै आएका छन् । यसको पछिल्लो उदाहरणका रूपमा ‘कबड्डी–४’को घोषणालाई लिन सकिन्छ । 

रामबाबु गुरुङले निर्देशन गर्दै आएको यो चलचित्र ०७८ आउने गरी निर्माण हुँदै छ । ‘ए मेरो हजुर–४’ र ‘परदेशी–२’ निर्माण भइरहेका छन् । 

‘प्रसाद–२’ निर्माण घोषणा भइसकेर फ्लोरमा जाने तयारीमा छ । ‘नाईं नभन्नु ल’, ‘लुट’, ‘जात्रा’, ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘दर्पण छाया’, ‘वीरविक्रम’, लप्पन छप्पन’लगायत चलचित्रका सिक्वेल बनिसकेका छन् । ‘दर्पण छाया’को पुनः अर्को सिक्वेल निर्माण घोषणा भइसकेको छ ।

KFC Island Ad
NIC Asia

सिक्वेल भनेर दाबी गरिए पनि यथार्थमा अधिकांश सिक्वेल नहुने गरेको निर्देशक दिनेश राउत भन्छन् । अघिल्लो कथामा जोडिएर चलचित्रको कथा अगाडि बढेको अवस्थामा त्यसलाई मात्रै सिक्वेल भन्न सकिने तर नेपालका यस्तो विरलै हुने गरेको उनी बताउँछन्  । 

निर्देशक तथा निर्माताहरू आफ्नै काम र कथामा विश्वास नगर्नुको परिणाम सिक्वेल भएको उनको भनाइ छ । “कुनै फिल्म चल्यो भने त्यसको नाम र ब्रान्डलाई लिएर त्यही नाममा अर्को चलचित्र बनाउने गरिएको छ । त्यही नाममा अर्को चलचित्र बनाए पछि पैसा उठिहाल्छ भन्ने मुख्य उद्देश्य राखेको पाइन्छ,” दिनेश भन्छन्, “कारण त्यसमा न कथाको निरन्तरता हुन्छ । न पात्रको निरन्तरता हुन्छ । उठाएको कथामा केही भन्न बाँकी हुँदैन । यो गर्नुको अर्थ व्यापार केन्द्रित मात्रै हुनु हो भन्ने नै हो ।”

Royal Enfield Island Ad

यसोभन्दा चलचित्र व्यापार हुँदै होइन त भन्ने प्रश्न उठे पनि कलात्मक पक्षलाई भने छाड्न नहुने उनको बुझाइ छ । कथाले नमागेको अवस्थामा नाम राख्दैमा सिक्वेल हुँदैन भन्दै व्यापारमुखी हुनेको परिणाम भएको उनको बुझाइ छ । 

नयाँ कथावस्तु, नयाँ नाममा हात हाल्दा लगानी सुरक्षित हुने सुनिश्चित नहुँदा त्यो जोखिम उठाउने हिम्मत कम भएको उनी बताउँछन् । 

‘प्रसाद’ दिनेशले निर्देशन गरेका थिए । तर, ‘प्रसाद–२’ उनले निर्देशन गरेनन् । सौरभ चौधरीले निर्देशन गर्दैछन् । किन ? “मलाई चलचित्र बनाउँदा आत्मसन्तुष्टि मिल्नुपर्छ । एकपटक चलेको फिल्मको नामलाई लिएर व्यापारलाई मात्रै केन्द्रित भएर काम गर्दा मलाई आत्मसन्तुष्टि मिल्दैन । त्यसैले मैले यो नाम लिएर अर्को काम गर्नुपर्छ भन्ने लागेन,” दिनेश भन्छन्, “हरेक चलचित्रले केही न केही सन्देश र विचार बोकेको हुन्छ । त्यही कुरालाई अर्कोमा पनि निरन्तरता दियो भने नयाँ कुरा आउँदैन भन्ने मेरो धारणा छ ।”

कुनै पनि सन्देश वा विचार प्रदान गरिसकेको चलचित्रको लिगेसीको सहारा लिन आफूलाई उचित नलागेको उनी बताउँछन् ।

चलचित्रमा नयाँ ‘आइडिया’ नआएको अभिनेत्री सुरक्षा पन्त बताउँछिन् । हल पुनः चलाउने नाममा सिक्वेलकै भरमा मेकरहरू देखिँदा नयाँ विचार र मेकिङ चलचित्रमा नआउने पन्तको भनाइ छ । 

“नयाँ विषयवस्तुमा चुनौती लिएर काम गर्ने मेकरहरूको संख्या नै कम छ । कम्तिमा स्थापित भइसकेका निर्देशकहरूले यो समय चुनौती लिन सक्नुपर्नेछ,” सुरक्षा भन्छिन्, “जसबाट अपेक्षा गरिएको हो । उहाँहरूबाट काम भएको छैन ।”

भिन्न–भिन्न काम गरिरहेका मेकरहरूबीच असहज अवस्थामा सहकार्य गरेर काम गर्नुपर्ने सुरक्षाको धारणा छ । “एउटै समूहमा रहेका व्यक्तिरुले उस्तै विचार र विषयमा काम गरिरहेका छन् । यो वास्तवमा सहकार्य नगर्ने कल्चरका कारण समग्र चलचित्र क्षेत्रलाई नै घाटा भइरहेको छ,” सुरक्षा भन्छिन् । उस्तै कथा, एउटै शैलीका कारण दर्शकले फरक–फरक खालका चलचित्र हेर्न नपाएको उनको भनाइ छ ।

निर्देशक रामबाबु गुरुङ अहिलेको अवस्थामा नयाँ विषयवस्तु र नयाँ ‘आइडिया’मा काम गर्न सहज नरहेको बताउँछन् । लामो समय हल बन्द भएको र दर्शक तान्न सक्ने चलचित्र नलागिरहेको अवस्थामा पुरानै ब्रान्ड र दर्शकले विश्वास गरेको नाम तथा विषयमा काम गर्दा दर्शकको ध्यान खिच्न सहज हुने अपेक्षाका कारण आफूले ‘कबड्डी–४’ बनाउन लागेको बताउँछन् ।

“कोरोनाका कारण ठप्प रहेको अवस्थामा व्यापारिक हिसाबले पनि सिक्वेल बनाउँदा राम्रो माहोल बनाउन सहज हुन्छ कि भन्ने लागेर यो चलचित्र बनाउन लागेका हौं,” गुरुङ भन्छन्, “असहज परिस्थितिमा दर्शकले फेबर गरेको चलचित्र लिएर आउँदा सजिलो हुन्छ कि भन्ने अपेक्षा हो । सबैलाई थाहा नै छ, अहिले दर्शकलाई हलसम्म ल्याउन सहज छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro