काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार जुलुस निकालेको छ । देशैभर विजय जुलुस निकालिएको हो ।
काठमाडौंमा रत्नपार्कबाट जुलुस निकालियो । जुलुसमा सहभागीहरुले पार्टी र चुनाव चिह्नअंकित झन्डा बोकेका थिए । केही कार्यकर्ताहरु मुखमा पेन्टसमेत गरेर जुलुसमा सहभागी भए ।
रत्नपार्कबाट सुरु भएको र्याली जमल, दरबारमार्ग, जयनेपाल हल हुँदै राष्ट्रियसभागृह पुग्नेछ । जुलुसमा ‘सर्वाेच्च अदालत हाई हाई’, ‘नागरिक समाज धन्यवाद’, ‘यो जित कसको जनताको’, ‘सर्वाेच्च अदालतले के गर्यो, संविधान र लोकतन्त्रको रक्षा गर्यो’लगायतका नारा लगाइएको छ । राष्ट्रियसभागृहअगाडि पुगेर विजय जुलस सभामा परिणत हुने जानकारी दिइएको छ ।