site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुलजार बन्दै २०७८, यी निर्देशक लिएर आउँदै छन् चलचित्र
SkywellSkywell

काठमाडौं । कोरोनाका कारण २०७७ सालमा थलिएको चलचित्र बजार ०७८ मा गुलजार होला ? केही छायांकन भइसकेका, केही छायांकनमा जाने तयारी भएका र केही चलचित्रले रिलिज डेटसमेत लिइसकेका कारण ०७८ मा केही राम्रा चलचित्र आउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

तुलनात्मक रूपमा राम्रा चलचित्र दिँदै आएका ब्यानर र निर्देशकको तयारी हेर्दा दर्शकको ध्यान तान्न सक्ने चलचित्र आउँदो वर्ष आउन सम्भावना अधिक छ । चलचित्र ‘लुट’ निर्देशन गरेर सेलिब्रिटी बनेका निर्देशक निश्चल बस्नेत पनि ०७८ मा नयाँ चलचित्र निर्देशन गर्दै छन् । उनको चलचित्रको नाम पनि जुरिसकेको छ, ‘जिन्दावाद’ । यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । ०७८ को वैशाखमा चलचित्र छायांकनमा जाने निश्चित भइसकेको छ । निर्देशक बस्नेतका अनुसार मुख्य पात्रमा दयाहाङ राई र सौगात मल्ल निश्चित भइसकेका छन् । स्वस्तिमा खड्का पनि करिब पक्का भइसकेकी छिन् । ०७८ मै यो चलचित्र रिलिज हुनेछ ।

अर्का निर्देशक विनोद पौडेल पनि नयाँ चलचित्र निर्माणको तयारीमा छन् । विदेशिएका भुटानी शरणार्थीको कथा रहने ‘एक्रोन इन्टरनेसनल’भन्दा पहिला नै उनी ०७८ मा नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । यसका लागि उनले नयाँ चलचित्रको स्क्रिप्टमा काम सुरु गरेको लामै समय बितिसकेको छ । उनको यो चलचित्रले युवाको कथा भन्ने छ । 

KFC Island Ad
NIC Asia

गाउँबाट काठमाडौं आएर संघर्षरत युवाको कथा उनले भन्ने छन् । चलचित्रको नाम भने तय भइसकेको छैन ।
“केही समयपछि म अमेरिका जाँदै छु । त्यहीँ रहेका बेला स्क्रिप्टको बाँकी काम सक्नेछु,” विनोद भन्छन् ।

यो चलचित्रलाई निर्माण गर्दैछन् ‘बुलबुल’का निर्माता अविरल थापाले । “लामो समयको तयारीपछि ०७८ भित्रै अर्को चलचित्र निर्माण गर्दै छौं,” उनी भन्छन्, “बुलबुलले जसरी दर्शक र समीक्षकको मन जित्यो । त्यस्तै राम्रो चलचित्र बनाउने हाम्रो तयारी छ ।”  बुलबुल पनि विनोद पौडेलले नै निर्देशन गरेका थिए ।

Royal Enfield Island Ad

गत वर्ष ‘आमा’ निर्माण गरेर दर्शक र समीक्षक दुवैको तारिफ बटुलेका दीपेन्द्र के खनाल पनि ०७८ मा नयाँ चलचित्र लिएर दर्शकमाझ आउने तयारीमा छन् । उनले नाम मात्रै होइन कलाकार पनि टुंगो लगाइसकेका छन् । अबको केही दिनमा छायांकन सुरु हुने चलचित्र ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । 

सुन्दर सपना बुनेर रोजगारीका लागि विदेशिएको नेपाली युवा कफिनमा फर्किँदाको पीडालाई दृश्य कथामा निर्देशक दीपेन्द्रले भन्नेछन् । “पछिल्लो समय चिसो हुँदै गएको हाम्रो समाज र त्यसले सिर्जना गर्ने परिस्थितिलाई यो चलचित्रले देखाउनेछ,” निर्देशक दीपेन्द्र भन्छन्, “समाजका वास्तविक कथा भन्ने क्रमको सिलसिलाका रुपमा यो अर्को चलचित्र हामी ०७८ सालको भदौ ११ गते यो लिएर दर्शकमाझ आउँदै छौं ।”

तीनवटा स्क्रिप्टमा काम गरिरहेका निर्देशक हुन्, रामबाबु गुरुङ । तर, बजारलाई ध्यानमा राखेर अहिले उनी ‘कबड्डी-४’ को तयारीमा रहेको उनीनिकट स्रोतले बताएको छ ।

दीपकराज गिरी पनि कोरोनाका कारण अन्तिम समयमा पछि हटेका हुन् । ‘छक्का पञ्जा-४’को स्क्रिप्ट अन्तिम चरणमा पुर्याउँदै गर्दा कोरोनाको महामारीले छोपे पछि उनले त्यसलाई थाती राखे ।

अहिले उनी अरुको ब्यानरको चलचित्रको स्क्रिप्ट हेरिरहेका छन् । “हाम्रो युनिट पहिला आफ्नो ब्यानरभन्दा पनि अरुको चलचित्रमा काम गर्ने तयारी गरिरहेको छ । त्यसैले छक्का पञ्जा’को सिरिजभन्दा पहिला अरुकै चलचित्रमा काम गर्ने सम्भावना छ,” दीपक भन्छन्, “यसका लागि अहिले म दुईवटा चलचित्रका स्क्रिप्ट हेरिरहेको छु । मन पर्‍यो भने पहिला यी चलचित्र आउनेछन् ।”

‘प्रसाद-२’ पनि ०७८ मा आउँदै छ । सौरभ चौधरीले यसलाई निर्देशन गर्दै छन् । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहने यो चलचित्रको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन् । यसको पहिलो सिरिजले औसत समीक्षा पाए पनि व्यापार भने राम्रै गरेको थियो ।

केही चलचित्र निर्माण सपन्न भइसके पनि असामान्य अवस्थाका कारण रिलिज नभएका चलचित्र ०७८ मा प्रदर्शन हुनेछन् ।

युद्धमा हराएको छोरो आउने बाटो हेरेर बसिरहेकी बुढी आमाको कथा भन्ने चलचित्र ‘पानीफोटो’ पनि आउँदो वर्ष आउनेछ । खगेन्द्र लामिछानेको कथा र निर्देशन रहेको चलचित्र पनि प्रतिक्षित चलचित्र हो ।

निर्माणकै चरणमा छायांकनमा रहेकाबेला कोरोनाका कारण बीचमै अलपत्र बनेको चलचित्र ‘ए मेरो हजुर-४’ पनि बजार सहज भएपछि ०७८ मा रिलिज हुनेछ । यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् ।

‘प्रेम गीत-३’ पनि निर्माण सम्पन्न भएर बसेको अर्को चलचित्र हो । बजार पुरानै लयमा फर्किएपछि हलमा रिलिज हुने यो चलचित्र पनि आउँदो वर्ष नै रिलिज हुनेछ । सन्तोष सेन र छेतेन गुरुङले यो चलचित्रलाई निर्देशन गरेका छन् । निर्देशक छेतेनको मृत्यु भइसकेको छ ।

ठूलो ब्यानर र दर्शकले विश्वास गरेका यी निर्देशकबाहेक अन्य निर्देशकका चलचित्र पनि ०७८ मा प्रदर्शनमा आउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro