site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होर्डिङ बोर्डमा महानगरको दोहोरो नीति !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मुख्य सडक बाहेकका भित्री सडकमा ‘विज्ञापन बोर्ड’ होर्डिङ बोर्ड अझै यथावत छन् ।

महानगरले मुख्य मुख्य सडकका विज्ञापन बोर्ड हटाए पनि भित्री सडकका होर्डिङ बोर्ड हटाउन सकेको छैन ।

गतवर्ष चैत ४ गतेदेखि महानगरले सडक आसपासका होर्डिङ बोर्ड हटाउन थालेको थियो । 

अनामनगरस्थित एक इन्स्टिच्युटका सञ्चालक रेशम नगरकोटीले माइतीघर, तीनकुने, अनामनगरका विभिन्न कम्पनीका संस्थाले आफ्नो विज्ञापन गर्न राखेका विज्ञापन बोर्ड महानगरले उठाएको बताए । 

‘‘शैक्षिक इन्स्टिच्युटका संस्थाले विज्ञापन गर्न घर जग्गासमेत ओगटेका थिए । मुख्य चोकतिर घर पसलतिर मात्रै महानगरका नगर प्रहरीको ध्यान गएको छ,” उनले भने, ‘‘मुख्य सडकबाहेकका भित्रका चोकमा अहिलेसम्म पनि होर्डिङ बोर्डहरु ठडिएकै छन् । सहरको सौन्दर्यता मुख्य सडकका चोकले दिने हो की भित्री चोकका सडकले ? विज्ञापन बोर्ड जति राख्यो त्यति नै राजस्व सङकलन गर्न पाउने रहेछ ।”

महानगरले अहिले खासै अनुगमन नगरेको उनको भनाइ छ ।

महिनामा एकदिन अनुगमनमा आउने उनको भनाइ छ । महानगरको प्राथमिकतामा रत्नपार्क, माइतीघर, अनामनगर, सिंहदरबार आसपासका सडक मात्रै परेका छन् । विज्ञापनका बोर्डले सहरलाई नै कुरुप बनाएको उनी बताउँछन् । 

बागबजारकी जानुका कँडेल माइतीघर मण्डलाका सडक  विज्ञापनमुक्त बनाउने महानगरको ध्यान बागबजारमा नपरेको बताउँछिन् । बागबजार क्षेत्रमा मापदण्ड विपरीत विज्ञापन बोर्ड राखिएका छन् । 

चाबहिलमा डिजिक्लिक सेन्टरले विज्ञापन बोर्ड राखेको छ । क्लिकका सञ्चालकले आफूले राखेको विज्ञापन बोर्ड मापदण्ड विपरीत नभएको दाबी गरे । “विज्ञापन बोर्ड राखेवापत राजस्व तिर्ने गरेका छौँ ।”

होर्डिङ बोर्डको एक हजार पाँचसय रुपैयाँ राजस्व तिर्ने गरेका डिजिक्लिकका सञ्चालक बताउँछन् । 

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपति सापकोटा व्यावसायिक रुपमा होडिङ बोर्ड राख्न नदिएको दाबी गर्छन् । 

मापदण्ड विपरीतका सबै बोर्ड हटाउने गरेको प्रमुख सापकोटा बताउँछन् । 

“मुख्यमुख्य चोकमा मापदण्ड विपरीत राखिएका विज्ञापन बोर्ड हटाइसकेका छौँ । अन्य सडकमा रहेका सबै होर्डिङ बोर्ड पनि हटाइसकेका छौँ,” उनले भने, “निरन्तर नगर प्रहरीले अनुगमन गरिरहेको छ । बाँकी रहेका ठाउँ पहिचान गरी बोर्ड हटाउने कार्यक्रम राख्दै आएका छौँ । सहरका सबै ठाउँबाट होर्डिङ बोर्ड हटाइ सहरको सौन्दर्यता कायम राख्ने छाँै ।”

यस्तो छ काठमाडौं महानगरको मापदण्ड 

महानगरको होर्डिङ बोर्ड तथा प्रचारप्रसार सामग्री अनुगमन नीति २०७० ले सम्बोधन गरेको छ । 

काठमाडौं महानगरपालिका क्षेत्रका सार्वजनिक स्थानमा मापदण्ड विपरीत राखिएका व्यवसायिक होर्डिङ बोर्डहरु तथा प्रचारप्रसार सामग्रीहरु राख्न पूर्णरुपमा निषेध गरिएको छ । 

सबै प्रकारका घर टहराको छत, कौशी, छानामा कुनै प्रकारका विज्ञापनमुलक  बोर्डहरु राख्न निषेध गरिएको छ । 

सडक डिजाइनमा विज्ञापन गर्न पाइँदैन । सरकारी बाहेकका निजी जग्गामा बोर्डहरु राख्दा सडकतर्फ कम्तिमा १० फिट जमिन छोडेको हुनुपर्छ । 

उचाइको हकमा जमिन सतहबाट बढीमा ३० फिटमात्र हुनुपर्छ ।

अनिवार्य रूपमा बोर्डमा सोलार बत्ती जडान गरेको हुनुपर्छ । यो नीति विपरित राखिएका सार्वजनिक स्थल, पोल र घर भवनको छाना तथा कौशीमा राखिएका बोर्डहरू तत्काल हटाउनुपर्छ । 

नीति जारी भएको ६ महिनाभित्रै तोकिए बमोजिमको मापदण्ड कायम गर्नुपर्ने महानगरको विज्ञापन नीतिमा उल्लेख छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro