राजनीति
काठमाडौं । महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म महिला मार्चपास सुरु भएको हो ।
अहिले जुलुस भद्रकाली आइपुगेको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम प्रतिगामी भन्दै विरोधका कार्यक्रम गरिरहेको छ ।
जुलुसमा 'बलात्कारी खुलेआम, बलात्कृत गुमनाम', 'बलात्कारीलाई कारबाही गर' लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको छ । हेरौं थप तस्बिर :
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७ १५:२०
प्रतिक्रिया दिनुहोस्