site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी लाइसेन्सको परीक्षा : पाँच महिना कुर्नुपर्ने... !
SkywellSkywell

काठमाडौं । जोरपाटीका रमेश श्रेष्ठले चाबहिलको यातायात व्यवस्था कार्यालयमा गएको बुधबार अनलाइन फाराम भरेका छन् । उनले दुईपांग्रे सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा दिन पाँच महिना कुर्नुपर्ने भएको छ ।

उनी भन्छन्, ‘‘लाइसेन्सबिना सवारी हाँक्दा ट्राफिकले समात्छ । चाँडै लाइसेन्स निकाल्ने सोच थियो । तर, परीक्षा दिनै पाँच महिना लाग्छ । लाइसेन्स आउनु त कहिले हो कहिले ।”

बौद्धकी आयुषा श्रेष्ठले पनि तीन दिनअगाडि चाबहिलको कार्यालयबाटै स्कुटरको लाइसेन्स लिन परीक्षा फाराम भरेकी छन् । उनले पनि परीक्षा दिनका लागि पाँच महिना कुर्नुपर्ने देखिएको छ ।

KFC Island Ad
NIC Asia

पाँच महिना किन ?
यातायात व्यवस्था विभागले जति पनि फाराम स्वीकार गर्ने व्यवस्था गरेको थियो । तर, एक साता नबित्दै सबैजसो कार्यालयमा पाँच महिनाका लागि परीक्षार्थी ‘प्याक’ भइसकेका छन् । अहिलेकै अवस्थामा लाइसेन्सको परीक्षा दिने परीक्षार्थी बढ्दै गए परीक्षार्थीले ६ महिनाभन्दा बढी समय कुर्नुपर्ने अवस्था आउने विभागको भनाइ छ । लाइसेन्स लिन मात्रै होइन, त्यसको प्रक्रिया पूरा गर्न पनि नागरिकले लामो समय कुर्नुपर्ने भएको हो ।

कोरोना महामारी र लकडाउनका कारण सर्वसाधारणले लामो समय सवारी लाइसेन्स निकाल्न पाएनन् । नयाँ लाइसेन्स वितरण गर्न गएको पुस १४ गतेबाट यातायात व्यवस्था कार्यालय खुलेका थिए ।

Royal Enfield Island Ad

सुरुमा दैनिक कार्यालयको क्षमताअनुसार कोटा तोकेर अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको थियो । तर, ठूलो संख्यामा लाइसेन्स लिन चाहनेहरु आएपछि विभागले थेग्न सकेन । अहिले दैनिक रूपमा अनलाइन फाराम भर्नुपर्ने व्यवस्था हटाइएको छ । भरिएका सबै फाराम प्रणालीले राख्नेछ । सेवाग्राहीले छानेको कार्यालयको दैनिक क्षमताअनुसार प्रणालीले दैनिक कोटा हिसाब गरेको छ । कोटाअनुसार परीक्षार्थीले कार्यालयमा पुग्नैपर्ने गरी व्यवस्था गरिएको छ । 

तर, जति पनि फाराम स्वीकार्ने व्यवस्था गरेको एक साता नबित्दै अधिकांश कार्यालयमा करिब पाँच महिनाका लागि परीक्षार्थी प्याक भइसकेका बताइन्छ । एक सातामै हजारौँ व्यक्तिले परीक्षा फाराम भरेका छन् । अब ती कार्यालयहरुले आउँदो पाँच महिनाका लागि को-को परीक्षार्थी परीक्षामा सहभागी हुने भन्ने थाहा पाइसकेका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसाल अनलाइन प्रणालीले जति पनि फाराम स्वीकार्ने र परीक्षार्थी कार्यालयमा प्रक्रिया पूरा गर्न जाने मिति तोक्ने काम प्रणालीबाटै भएपछि हजारौं परीक्षार्थीले फाराम भरेको बताउँछन् । उनले भने, ‘‘तत्कालै लाइसेन्स लिने गरी फाराम भरेकाले करिब पाँच महिनापछि मात्रै परीक्षा दिन पाउनेछन् । काठमाडौंका प्रायःजसो सबै कार्यालयमा उत्तिकै चाप छ । मोफसलका कार्यालयमा भने कम चाप छ । त्यहाँ पनि चार महिनाका लागि परीक्षार्थी प्याक भइसकेका छन् । परीक्षा लिने क्षमता सीमित छ । यसले गर्दा काठमाडौंका कार्यालयले दैनिक कोटा तोक्ने गरेका छन् ।”

सातामा चार दिन मात्रै लाइसेन्सको लिखित परीक्षा हुने विभागले जनाएको छ । देशभर लाइसेन्स वितरण गर्ने १९ वटा कार्यालय छन् । ती कार्यालयले एक दिनमा ५३ सयजनाको हाराहारीमा परीक्षामा सहभागी गराउँदै आएका छन् । कोरोना महामारीका कारण नौ महिना लाइसेन्सको वितरण रोकियो । प्रवक्ता भुसाल थप्छन्, ‘‘अहिलेको अवस्थामा कुनै व्यक्तिले लाइसेन्स लिने योजना बनाएमा परीक्षाकै लागि पाँच महिना कुर्नुपर्नेछ । त्यसपछि लाइसेन्स छापिएर हात पार्न अर्को एक वर्षसम्म समय लाग्नेछ । यसरी तत्कालै लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरेमा प्रिन्ट भएको लाइसेन्स प्राप्त गर्न करिब एक वर्ष कुर्नुपर्नेछ । विगतका वर्षहरुमा प्रक्रिया पूरा गरेर लाइसेन्स हात पार्न दुई वर्ष कुर्नुपर्ने अवस्था थियो । हाल हामीसँग मास प्रिन्टर छ । यसले धेरै सहज बनाएको छ ।”

विकल्प छैन !
लाइसेन्स परीक्षा कुरिरहेका सवारीचालकको चाप घटाउन मुस्किल देखिएको छ । लाइसेन्स परीक्षा दिन मात्रै पाँच महिना कुर्नुपर्ने अवस्था आउँदा पनि विभाग र कार्यालयसँग यसको विकल्प छैन । ट्रायल लिन कार्यालयहरुसँग सीमित स्रोत–साधन र जनशक्ति छ । यसैले दैनिक सीमित संख्यामा मात्रै परीक्षा लिन सक्ने विभागले जनाएको छ ।

साढे दुई लाख लाइसेन्स प्रिन्ट हुन बाँकी
विभागसँग पर्याप्त मात्रामा लाइसेन्स छाप्‍ने मेसिन नहुँदा साढे दुई लाख लाइसेन्स प्रिन्ट हुनै बाँकी छ । सबै लाइसेन्स नवीकरणका लागि पेस भएका हुन् । विभागको मेसिन केही समय बिग्रिएको थियो । मेसिन बिग्रिएका कारण लाइसेन्स छपाइ प्रभावित बन्यो । विदेशबाट प्राविधिक टोली आएर मेसिन बनाएको छ ।

लाइसेन्स छाप्‍ने कार्ड एक लाख पनि छैन
विभागसँग लाइसेन्स छाप्ने कार्ड पनि पर्याप्त छैन । त्यस्तो कार्ड एक लाखप्रति पनि नभएको बताइन्छ । कार्डका लागि विभागले नयाँ ठेक्का सम्झौता गरेको छ । कार्ड आपूर्ति गर्न एक फ्रान्सेली कम्पनीसँग सम्झौता गरेको हो । सम्झौताअनुसार उक्त कम्पनीले १४ लाख कार्ड विभागलाई उपलब्ध गराउनुपर्नेछ । बाँकी कार्डमा लाइसेन्स छाप्ने काम भइरहेको छ ।

नयाँ मेसिन ल्याउने प्रक्रिया अलमलमा
विभागले अर्को नयाँ मेसिन ल्याउने प्रक्रिया अगाडि बढाएको थियो । तर, अहिलेसम्म प्रक्रियाको टुंगो लागेको छैन । प्रक्रिया अलमलमा परेको छ । एउटा मेसिन भएको कारणले लाइसेन्स छपाइमा ढिलासुस्ती भएको छ । केही गरी पुरानो मेसिन बिग्रियो भने लाइसेन्स छाप्न अर्को विकल्प छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro