site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा तरुलको भाउ पोहोरभन्दा दोब्बर महँगो
SkywellSkywell

काठमाडौं । माघे संक्रान्तिको लागि तरुल किन्नेहरुको तरकारी बजारमा भिड देखियो । माघे संक्रान्तिमा देशैभर अत्यधिक तरुल खपत हुन्छ ।

काठमाडौं उपत्यकालगायतका तरकारी बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, वन तरुल, घर तरुल, पानी तरुलको माग बाढी भएको थियो । तर, मागअनुसार तरुल आएन । जति तरुल उपत्यकामा भित्रिएको छ, व्यापारीले धमाधम बेचिरहेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किन्नको भिड लाग्यो । बौद्धकी कुसुम तामाङले तरुल किन्न लाइन बस्नुपरेको बताइन् । उनी भन्छिन्, ‘‘माघे संक्रान्ति पो हो त, जति महँगो भए पनि संक्रान्ति मनाउनै पर्छ पो । तरुल बजारमा सकिएला कि भन्ने डरले हतार–हतार बजार जानुपरेको छ ।’’

KFC Island Ad
NIC Asia

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल काठमाडौंमा गत वर्षको तुलनामा दोब्बर महँगो भएको छ । राजधानीमा मागभन्दा कम तरुल आएको हुनाले दोब्बर महँगिएको हो ।

समितिका अनुसार तरुल गत वर्ष प्रतिकेजी ४० देखि १२० रुपैयाँसम्ममा किनबेच भएको थियो । तर, यो वर्ष भने प्रतिकेजी ८० देखि १८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Royal Enfield Island Ad

समितिका उपनिर्देशक विनय श्रेष्ठले गत वर्ष माघे संक्रान्तिको समयमा एक हजार २९३ टन तरुल भित्रिएकोमा यस वर्ष भने भन्डै ९६३ टन मात्रै तरुल भित्रिएको जानकारी दिए । ‘‘आयात गत वर्षभन्दा घटेकाले बजारमा भाउ बढेको हो,’’ उनले भने ।

कालीमाटीका थोक व्यापारी मोतिलाल तामाङले यो वर्ष काठमाडौंबासीको मागअनुसार तरुल नआएकाले गत वर्षभन्दा महँगो भएको बताए । तरुलको भाउ व्यापारीले भन्दा पनि किसानबाट ल्याउँदा नै महँगो भएको उनको भनाइ छ ।

सिन्धुलीबाट तरुल ल्याएर बौद्धको तरकारी बजारमा तरुल बेच्दै गरेका विक्रम तामाङले थोक बजारमा सामान्य तरुल प्रतिकेजी ८० रुपैयाँ, वन तरुल १२०, हात्तीपाइले १३० र सिमल तरुल प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको बताए ।

काठमाडौं उपत्यकामा माघे संक्रान्तिका लागि विभिन्न जिल्लाबाट तरुल भित्रिएको छ । सिन्धुली, रामेछाप, सर्लाही, सुनसरी, मकवानपुर, चितवन, धादिङलगायतबाट तरुल भित्रियो । पिँडालु २३१ टन, सखरखण्ड २५४ टन भित्रिएको जनाइएको छ । 

कालीमाटीमा भित्रिएको तरुलमा ४३ प्रतिशत सर्लाही, १४ प्रतिशत मकवानपुर, १३ प्रतिशत धादिङबाट आएको छ । ४ प्रतिशत भारतबाट आयो । बाँकी २६ प्रतिशत अरु जिल्लाबाट भित्रिएको समितिले जनाएको छ ।

पहिलेका वर्षहरुमा भारतबाट धेरै तरुल भित्रिने गरेको थियो । तर, अहिले स्वदेशी तरुल नै बढी भित्रिएको छ । नेपालमा तरुलको व्यावसायिक खेती सुरु भइसकेको समितिले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro