site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थुम्कै-थुम्काको सैलुङमा पर्यटकको आकर्षण ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । सयौं थुम्काले बनेको सैलुङ दोलखा र रामेछापको सीमामा पर्छ । काठमाडौंबाट झन्डै १२० किलोमिटर उत्तरपूर्वमा रहेको सैलुङ जुनसुकै मौसममा पनि जान सकिन्छ ।

सैलुङको बेसक्यामका रूपमा परिचित कालापानीसम्म मोटर बाटो छ । कालापानीबाट करिब एक घण्टा पैदल यात्रापछि ३१५० मिटर अग्लो महाभारत शृङ्खलाको रमणीय स्थलमा पुग्‍न सकिन्छ जो सैलुङ नामबाट परिचित छ ।

आकाश खुलेको समय सैलुङबाट गौरीशंकर, धौलागिरिदेखि लाङटाङ, मनासलुलगायत हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ । सैलुङमा १०० भन्दा धेरै थुम्का छन् । त्यसले आफ्नै धार्मिक महत्त्व बोकेको छ । बौद्ध धर्मावम्लबीहरूले सैलुङको थुम्कामा पितृको नाममा पूजा गर्ने गर्छन् ।

KFC Island Ad
NIC Asia

त्यस्तै, सैलुङ पैदलयात्रा गर्दा गुप्तेश्वर महादेव, सैलुङ्‍गेश्‍वर महादेव, भीमसेनको तरबार, दफेढुंगा, पृथ्वीको नाइटो, बुद्धको पाइलाजस्ता धेरै धार्मिकस्थल घुम्‍न पाइन्छ । हिउँ पर्ने भएकाले जाडोमा हिउँ र फूल, गुराँस, हरियाली मन पराउनेहरुलाई पनि अरु मौसमले स्वागत गर्छ ।

प्राकृतिक, धार्मिक दृष्टिकोणबाट विशेष महत्त्व बोकेको सैलुङमा आगन्तुकहरुको सहजताका लागि पूर्वाधारको निर्माण सुरु भएको छ । होमस्टे, होटेलहरु निर्माणको तयारी हुँदै छ । सुन्दर, रमणीय सैलुङले आन्तरिक र बाह्‍य पर्यटकको स्वागत गर्न तयार बसेको पाइन्छ । हेरौं थप तस्बिर :
No description available.

Royal Enfield Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro