site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टी फुटिसक्यो मविरुद्ध अविश्वासको प्रस्ताव आउनु के ठूलो कुरा भयो ? : मण्डल

काठमाडौं । नेकपा ओली समूहका प्रदेश २ का इन्चार्ज तथा त्यहाँका संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूले अविश्वासको प्रस्तावलाई सामान्य रूपमा लिएको बताए ।

पार्टीको अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी फुटाएर भाँडभैलो मच्चाउन उद्यत रहेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“जब त पार्टी नै फुटिसक्यो । प्रचण्ड-माधव नेपालहरूले विदेशीको इशारामा भाँडभैलो मच्चाइरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरिरहेका छन्, ममाथि अविश्वासको प्रस्ताव ल्याउनु के नौलो कुरा भयो र,” उनी भन्छन्, “मलाई हटाएर उनीहरूको पार्टी प्रमुख प्रतिपक्षी बन्छ ?”

प्रचण्ड नेपाल समूहले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । तीमध्ये बहुमत प्रचण्ड–नेपाल पक्षसँग रहेको शत्रुध्न महतोले जानकारी दिए ।

आइतबार उनलाई दलको नेताबाट हटाइने महतोको भनाइ छ । नेकपा विभाजनको असर अब प्रदेशतिर सरेको छ । अहिलेसम्म प्रचण्ड-नेपाल समूहले वाग्मती, प्रदेश १ का संसदीय दलका नेता हटाइसकेका छन् । ती प्रदेशहरूमा मुख्यमन्त्रीकाविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् ।

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, आइतबार हटाइने

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro