site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानीपोखरीमा लेउ, चलायमान हुन सकेन पानी (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । भूकम्पपछि जीर्ण बनेको काठमाडौंको रानीपोखरी झन्डै साढे ५ वर्षपछि पुनर्निर्माण भयो । गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरिन् । निकै तामझामसहित उद्घाटन गरिएको रानीपोखरी आकर्षक पनि देखिन्थ्यो । 

तर झन्डै दुई महिनापछि त्यही सुन्दर रानीपोखरी लेउ जमेर कुरुप बन्न थालेको छ । रानीपोखरीमा अहिले लेउसँगै झार  उम्रिएर फोहोर देखिन्छ । पानीमा नाइट्रोजन र फोस्फरसको मात्रा बढी भएर पोखरी लेउले ढाकिएको छ । पोखरीबाट पानी निष्काशन हुने संरचना बनाइएको छैन । यद्यपि बाहिरको पानी भने पोखरीमा ल्याउने संरचना बनाइएको छ । पोखरीमा नाइट्रोजन र फोस्फरसकै मात्रा बढी हुँदा त्यहाँका जलचरको अस्तित्व पनि समाप्त हुने अवस्था आएको सम्पदा संरक्षण अभियन्ता प्रकाश अमात्य बताउँछन् ।

पछिल्लो समय सहरीकरण बढेसँगै रानीपोखरीमा पानी भर्न चुनौती थपिएको उनको भनाइ छ । अमात्यका अनुसार रानीपोखरीमा वाग्मती र सुन्दरीजलको पानी भर्न थालिएको छ । यस्तै दुईवटा डिप बोरिङबाट पानी खसालिन्छ । ‘‘रानीपोखरीमा पहिले बाहिरी पानी भर्नु पर्दैनथियो,’’ उनले भने, ‘‘पोखरीभित्रकै इनारहरूबाट पानी रसाउँथ्यो । बर्खाको पानी भरीभराउ हुन्थ्यो । जाडोमा पानी घट्थ्यो । माछालगायत अन्य जलप्राणी सजिलैसँग बाँच्‍न पाउने वातावरण थियो । लेउजति सबै माछा र जलप्राणीले खान्थे । वरिपरि खुला ठाउँ भएकाले पानी धेरै सोस्दैन्थ्यो । सजिलैसँग चलायमान हुन्थ्यो । पोखरीभरी पानी भरिभराउ हुन्थ्यो । तर अहिले अवस्था फेरियो ।’’

KFC Island Ad
NIC Asia

पुनर्निर्माणको सुरुमा पोखरीको मौलिकतालाई बिगार्न खोजिएको भन्दै विवाद भएको थियो । चौतर्फी विवाद बढेपछि २०७४ पुस १३ गते काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभाग समेतको संयुक्त बैठकले अध्ययन समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनमा टेकेर २०७५ फागुनदेखि पुनर्निर्माण गर्दा पोखरीले मौलिकता पाएको थियो ।

‘‘उतिखेरै भनिएको थियो पोखरी भनेको पानी हो,’’ अमात्य भन्छन्, ‘‘पोखरीमा पानी चलायमान हुन सकेन भने पोखरीको के औचित्य ?’’ अहिले पोखरीको पानीमा लेउ लागेर हरियो देख्‍न सकिन्छ । पानी दूषित देखिन्छ ।

Royal Enfield Island Ad

पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरी पुनर्निर्माणमा झन्डै दुई वर्ष समय लाग्यो । उसो त भूकम्पले क्षति पुगेको ५ वर्ष ५ महिनामा पोखरी प्राधिकरणकै नेतृत्वमा पुनर्जीवित भएको हो । पोखरी पुनर्निर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर तथा वरिपरिको सौन्दर्यकरणका लागि करिब १५ करोड गरी झन्डै २५ करोड रुपैयाँ खर्च भएको छ । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तिन्द्र मल्लका नाममा १७२५ सालमा रानीपोखरी बनाएका थिए ।
No description available.

‘प्राकृतिक रुपमा पानी भरिनुपर्छ, कृत्रिम होइन’
सम्पदा संरक्षण अभियन्ताले पोखरीमा डिप बोरिङको पानी नखसाल्न सुझाव दिए पनि बोरिङकै पानी खसालिएको छ । यसो हुँदा पनि पोखरीमा लेउ जमेर दुर्गन्ध फैलिने अवस्था आएको सम्पदा संरक्षणकर्मीहरु बताउँछन् । 

‘‘डिप बोरिङबाट पानी खसालिन्छ भने, पोखरी हुनुको के अर्थ ? पानी त खसालिन्छ, तर पानीलाई चलायमान हुने ठाउँ खोई ?’’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरको प्रश्‍न छ । पोखरीमा प्राकृतिक रुपमा पानी संकलन गर्नुपर्ने तुलाधरको सुझाव छ । उनले कृत्रिम रुपमा नभई वर्षाको पानी संकलन गर्नुपर्ने बताउँछन् । ‘‘वर्षा हुँदा छतबाट खस्ने पानीलाई रानीपोखरीमा जाने व्यवस्था गर्नुपर्छ, बर्खामा त्यसै पनि आकाशे पानीले भरिन्छ ।’’ भल पनि पोखरीमा जाने बनाउनुपर्ने उनको तर्क छ । पोखरीको पानीले हिटि, इनारलाई ‘रिचार्ज’ गर्छ । ‘‘मुख्य योजनाको काम अगाडि बढाइएन । डिप बोरिङलाई सजिलो मानेर त्यही बाटो अपनाइदा यस्तो समस्या बल्झियो,’’ उनले भने ।
No description available.‘माछा नमारेको भए अहिले लेउ लाग्दैनथ्यो’
परम्परागत पोखरी निर्माणविद् र सम्पदा संरक्षण अभियन्ता पोखरीमा हरियो लेउ लागेको पानी सफा बनाउन माछा राख्नुपर्ने तर्क गर्छन् । माछा राख्‍दा लेउजति सबै खान्छ । माछालाई अक्सिजन पनि चाहिँने हुँदा फोस्फोरस र नाइट्रोजन नामक तत्त्व घट्दै जान्छ । यसले गर्दा पानी सफा हुन्छ । लेउ पनि नलाग्ने विज्ञहरु बताउँछन् ।

अध्ययन समितिले बनाएको प्रतिवेदनअनुसार पोखरी बनाउन भक्तपुरबाट दक्ष कालिगड ल्याइएको थियो । परम्पराअनुसार भक्तपुरका कालिगडले बनाउँदा पानी अडिन्छ भन्ने मान्यता छ, कालिगडले सोहीअनुसार परम्परागत र आधुनिक प्रविधिको प्रयोग गर्दै रानीपोखरी पुनर्निर्माण सकाएका थिए । गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरीको उद्घाटन गरेकी थिइन् ।

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro