site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छातै–छाताले सिँगारियो न्युरोड (१५ तस्बिर)

काठमाडौं । न्यूरोडको एक क्षेत्रलाई यतिबेला छातै–छाताले सिंगारिएको छ ।

छाताले सडकखन्ड सुन्दर देखिएको छ । मानिसको भिड बढ्न थालेको छ । कोही फोटो खिचिरहेका त कोही नाचिरहेकासमेत देखिन्छन् । रङ्गीचङ्गी छातामुनि घुमिरहेका मानिसको दृष्य मनमोहक लाग्छ । न्यूरोड गेटबाट सुन्धारामार्ग हुँदै संकटा जाने सडकखन्ड छातै–छाताले सजाइएको हो ।

कोरोनाभाइरसले विश्वभर संकट निम्त्यायो । लामो ‘लकडाउन’का कारण व्यापार–व्यवसाय ठप्प भयो । जसको प्रत्यक्ष मारमा राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारी पनि परे ।

लकडाउन खुलेसँगै चहलपहल विस्तारै बढ्न थाल्यो । तर, व्यापारले पहिलेजस्तो गति लिएन ।

व्यापारको स्तर माथि उठाउनका लागि मानिसलाई न्यूरोडतिर तान्नुपर्ने थियो । त्यसका लागि बनेको योजनाले न्यूरोड, संकटा क्षेत्र अहिले जोकोहीका लागि आकर्षक स्थल बन्न पुगेको छ ।

बाटोमा करिब ४०० ओटा रङ्गीचङ्गी छाता झुन्ड्याइएको छ । हेर्दै आकर्षक र रमणीय अनुभव हुन्छ । पिच सडक सफा–सुग्घर देखिन्छ । करिब १५० मिटरको दूरीमा छातै–छाता झुन्ड्याइएको छ । सडकछेउमा फूलको गमला पनि राखिएको छ ।

निकै रोचक बनेको छ, अहिले यो क्षेत्र । दैनिक ठूलो संख्यामा मानिस घुम्न आउँछन् । युवा–युवती फोटो खिच्न र टिकटक बनाउनसमेत यहाँ आउने गरेका छन् ।

संकटा क्लबका सचिव आशिषमान सिंहले व्यापार–व्यवसाय नभएको र धरहराको पुनःनिर्माण अन्तिम चरणमा पुगेको अवस्थामा मानिसलाई आकर्षित गर्न यस्तो गरिएको बताए ।

व्यापार प्रवद्र्धन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक स्थल बनाउन यो उपाय अपनाइएको उनले सुनाए ।

‘यस्तो उपाय पोर्चुगल जाँदा देखेको थिएँ,’’ उनले  भने, ‘‘नेपालमा योभन्दा पहिला चितवनमा गरिएको थियो । अहिले काठमाडौंमा पहिलोपटक हो । १० दिनमै यहाँ मानिसको भिड बढेको छ । पहिले दैनिक १५ सयको हाराहारीमा आउँथे होला । अहिले दैनिक १५ हजारको हाराहारीमा यहाँ घुम्न आउने गर्छन् । यसले विस्तारै व्यापारले पनि गति लेला ।’’

गएको मंसिर महिनाको अन्तिम दिन । न्यूरोड, तेबहाल क्षेत्रका व्यापारीहरुबीचको चियागफ व्यापार कसरी उकास्ने भन्ने विषयमा केन्द्रित भयो । संकटा क्लबका सचिव सिंहले पोर्चुगल जाँदा आफूले ‘अम्ब्रेला स्ट्रील’ देखेको सुनाए ।

‘‘हामी पनि त्यही उपाय अपनाएर अगाडि बढ्ने हो कि ?’’ उनले प्रस्ताव राखे । उनको प्रस्ताव अरुलाई पनि मन प¥यो । ‘‘हुन्छ, गरौँ न त । कोरोनाले यस्तो गरिहाल्यो, यति गर्दा के बिग्रिएला र !’’ सहमति जुट्यो । व्यापारीबाट ८० हजार रूपैयाँ संकलन गरियो । त्यही दिनदेखि सुरु भयो, रङ्गीचङ्गी छातै–छातासहित बाटो सिंगार्ने काम ।

कोरोना संक्रमणको जोखिमबाट जोगिन यहाँ आउनेलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह पनि गर्ने गरिएको उनले बताए । यहाँको व्यापार–व्यवसाय एकैचोटि माथि नउठे पनि विस्तारै फस्टाउने उनीहरूको आशा छ । हेरौं थप तस्बिर :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro