काठमाडौं । क्रिसमस आउँदै छ । काठमाडौंमा क्रिसमसको चहलपहल पनि बढेकै छ । डिसेम्बर २५ मा क्रिस्चियन समुदायले मनाउने क्रिसमस पर्व अहिले हरेकले मनाउने गरेका छन् । क्रिसमस अहिले नेपालीको साझा पर्वका रुपमा परिचित छ ।
२५ डिसेम्बरमा मनाइने क्रिसमसमा विशेषगरी सान्ताक्लजको पोसाक महत्त्वपूर्ण मानिन्छ । यही पर्वका अवसरमा व्यवसायीहरुले पनि ग्राहक आकर्षित गर्न व्यापारिक क्षेत्रमा क्रिसमस आगमनको छनक दिने गरेका छन् ।
क्रिसमसको अघिलो दिन चर्चमा गएर प्रार्थना गर्ने गरिन्छ । तर कोरोनाको कारण चर्चहरु सबै बन्द भएकाले यो वर्षको प्रार्थना पनि भर्चुअल्ली गर्ने तयारी छ । जे होस् पर्व स्वास्थ्य मापदण्ड अपनाएर मनाउने तयारी छ ।
यसै क्रममा ललितपुरको लगनखेलमा रहेको टिपटप मिठाई पसलमा क्रिसमसलाई लक्षित गरी सान्ताक्लजको टोपी लगाएर कामदारहरु काममा व्यस्त देखिन्छन् । उनीहरु सान्ताक्लजको टोपीमा आकर्षक पनि देखिएका छन् ।
भान्सामा ग्राहकहरुलाई खाना बनाउँदै गरेका कामदारहरु यही पोसाकमा आकर्षक पनि देखिएका छन् । हेरौं थप तस्बिर :