अर्थ व्यवसाय
काठमाडौं । योमरी पुन्ही र माघे संक्रान्ति आउन लागेका छन् । यी दुई पर्वमा चाकुको विशेष महत्त्व रहन्छ ।
यसैका लागि काठमाडौं टोखा नगरपालिकामा पनि चाकु बनाउने चटारो सुरु भएको छ । टोखा चाकुले प्रख्यात पनि मानिन्छ । पहिले प्रशस्त उखु उत्पादन हुन्थे । त्यसैबाट चाकु बनाइन्थ्यो । अहिले भने उखुको उत्पादन कम भएसँगै सखर हालेर चाकु बनाउने गरेको यहाँका बासिन्दा बताउँछन् ।
योमरी पुन्ही र माघे संक्रान्तिमा चाकु खाने गरिन्छ । जाडो मौसममा चाकुले शरीरलाई न्यानो बनाउने मद्दत गर्छ । अझ सुत्केरीहरुलाई चाकु तागतिलो मानिन्छ । त्यसैले पनि सुत्केरीहरुलाई चाकु खुवाउने चलनसमेत छ । हेरौं काठमाडौंको टोखामा चाकु बनाउँदै गरेका थप तस्बिर :
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७ २०:०९
प्रतिक्रिया दिनुहोस्