site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दशकदेखि अलपत्र तल्लो हुम्ला राष्ट्रिय सडक सन्जालमा जोडियो

काठमाडौं । सदरमुकामसम्म गाडी पुगे पनि हुम्लाको तल्लो क्षेत्रमा भने गाडी पुग्न सकेका थिएनन् । दुई दशकसम्म अन्योलमा परेको कर्णाली करिडोरको सडकको जिम्मा नेपाली सेनाले लिँदा दशकौंपछि तल्लो हुम्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीन गाउँपालिका राष्ट्रिय सडक सन्जालमा जोडिएका हुन् ।

एकमात्र हिमाली जिल्ला हुम्लाको तल्लो भूगोल सडक सन्जालमा जोडिएको सडक निर्माणको जिम्मा लिएका नेपाली सेनाका सेनानी मिलन कार्कीले जानकारी दिए । ‘‘सेनाले जिम्मा लिएको सडक खण्डमा १२ किलोमिटर ट्याक खोल्न बाँकी थियो, अहिले सबै सम्पन्न भएको छ, केही भिरका सडक मर्मतरत छन्,’’ सेनानी कार्कीले भने । सेनाले कालीकोट, बाजुरा हुँदै हुम्लाको वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक खुलाएर गाडी चल्न सुरु गरेपछि हुम्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको हो ।

सेनाले निर्माण गरेको सडक कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १२३ किलोमिटर सडकको काममध्ये जैर वालुकुना खच्चासम्मको सडक सम्पन्न भएको छ । खच्चासम्म सहजै गाडी गुड्न सक्ने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्म निर्माण भइरहेको सडक निर्माणको कुल लागत दुई अर्ब ८४ करोड रुपैयाँ छ । २०५६ सालमा शिलान्यास गरिएको यो करिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैंले गर्ने तयारी गरिरहेको थियो । तर निर्माण सफल हुन सकेन ।

सेनाले निर्माणको जिम्मा लिएको उक्त खण्डको निर्माण सकेलगत्तै हुम्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको नेतृत्वमा आएको अनुगमन टोलीले गाडी गुडाएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । ‘‘टोलीले हुम्ला र बाजुरा जिल्लाको सिमाना ताँजाकोट गाउँपालिकाको कवाडी, अदानचुली र सर्केगाड गाउँपालिकाको वालुकुनासम्मको सडकको अनुगमन गरेको हो,’’ उनले भने, ‘‘दुई दशकसम्म अलपत्र रहेको कर्णाली करिडोरको सडक सेनाले पाएपछि निर्माणले पनि तीव्रता पाएको हो ।’’ कालीकोट र हुम्लाका अधिकांश भागमा ठूला चट्टान र पहराका कारण निर्माण हुन नसकेको सडक अहिले निर्माण भइसकेको छ । सेनाले निर्माण गरेको सडकको अनुगमन गर्न गएका अध्यक्ष फडेराले भने, ‘‘सडकको अनुगमन गरी अब सेनाले उक्त सडकलाई सडक विभाग मातहत हस्तान्तरण गर्ने प्रक्रिया सँगै नियमित रुपमा वालुकुनासम्म सवारीसाधन आवतजावत हुनेछ ।’’

सेनाले ट्र्याक खोलेको उक्त सडकमा अहिले सेनाकै अनुमतिमा अत्यावश्यक कामका नाममा केही सवारीसाधन सञ्चालनमा आउने गरेका छन् । यो सडक विभागलाई हस्तान्तरण भएपछि निरन्तर रूपमा सवारीसाधन चल्ने छन् र यातायातको पहुँचमा नभएका हुम्ला, मुगुका नागरिकलाई सहज हुने फडेरा बताउँछन् ।

सर्केगाड गाउँपालिका १, जैरका बासिन्दा गाउँमा गाडी पुग्दा निकै खुसी भएको स्थानीय सूर्यबहादुर बमले बताए । ‘‘गाउँमा अब गाडी पुग्यो, सवारी गुड्ने बाटो नहुँदा स्थानीयले बिरामी डोकामा बोकेर लैजानु पर्थ्यो, अरू सामान ओसार्न पनि च्याङ्ग्रा खच्चडको प्रयोग गर्नुपर्थ्यो,’’ उनले भने, ‘‘अब यस्तै किसिमका समस्याबाट छुटकारा पाइन्छ कि ? गाउँमा सडक खन्दा कतिपय किसानको जग्गा सडकमै विलय भएको छ । यसमा भने हामी दुखी छौं ।’’ 

आलु, स्याउ, दाल कोदो फापरजस्ता अर्ग्यानिक अनाजले बजार पनि पाएका छैनन् । गाडी आएपछि सबै कुरा सहज होला भन्ने आशा राखेको पनि बमले बताए । उनी आफ्नै लवजमा भन्छन्, ‘‘अबदई डोकाउँदा बिमारी बोकीकाना डाँडारथी झानु पड्नेइन सुचिया छु ।’’ कहिल्यै सवारीसाधन नदेखेका जैरका बासिन्दा पनि निकै खुसी भएका छन् ।

अनुगमन टोलीले हुम्लाको सिमाना मैला कवाडीदेखि सर्केगाड गाउँपलिका १, जैरसम्मको सडक अनुगमन गरेको छ । टोलीले धुलाचौरदेखि बाजुराको कवाडी हुँदै हुम्लाको वालुकुनासम्म करिब २७ किलोमिटर सडकको अनुगमन गरेको हो ।

हुम्लाका प्रतिनिधिसभा सांसद् छक्कबहादुर लामाले सडक ठूला वर्गलाई मात्र नभई निम्न स्तरका नागरिकलाई सहज हुने बताए । उनले जहाँ सडक आउँछ,क त्यहाँ सुख सुविधा पनि आउँछ भन्दै यति छिटो जिल्लामा सडक पुर्‍याउन सडक खन्ने जिम्मा पाएको नेपाली सेनालाई हुम्ला जिल्लाका तर्फबाट प्रशंसा व्यक्क्त गर्दै धन्यवाद दिए ।

जिल्ला समन्वय समिति हुम्लाका संयोजक दानबहादुर रावतले अब हुम्लाको समृद्धि ल्याउन सबैले आत्मनिर्भर र व्यावसायिक बाटो रोज्नुपर्ने धारणा राखे । रावतले हुम्ली नागरिक राष्ट्रिय सडक सन्जालमा जोडिन लागेकाले अत्यन्तै खुसी भएको भन्दै अब नागरिकले उत्पादनमुखी र व्यावसायिक रूपमा अघि बढ्नुपर्ने बताए ।

अहिले अझै पनि सडक विभागले अधिकांश सडक निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको छ । जसअन्तर्गत सलिसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटर खण्डलाई तीन खण्डमा बाँडेर निजी क्षेत्रलाई जिम्मा दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro