site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 गतवर्षका उत्कृष्टसहित ८ पाइलटलाई उडानमा निषेध
SkywellSkywell

पोखरा । प्याराग्लाइडिङ उडानमा हेलचक्र्याईँ गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठजना प्यारापाइलटलाई अनिश्चितकालसम्मको लागि उडानमा निषेध गरेको छ ।  उनीहरुलाई अनुसन्धान र स्पष्टीकरणको लागि भन्दै काठमाडौं बोलाइएको छ । क्यानले सोमबार पत्राचार गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन भनेको छ ।

दुई साताअघि पोखरामा प्याराग्लाइडिङ टेण्डम (यात्रुसहित) फ्लाइट दुर्घटनामा परि पाइलट राजु विकको ज्यान गएको थियो । यसलाई टेण्डम फ्लाइटमा पाइलटको नै ज्यान गएको पहिलो घटना भनिएको छ । उक्त दुर्घटनाको विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।

उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहोर्‍याएको भन्दै आठजना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो । अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजना युकेश गुरुङ पनि छन् । उनी गतवर्ष नेपाल स्पोर्ट्स अवार्डमा उत्कृष्ट पुरुष खेलाडीसमेत बनेका थिए । एसियाडमा रजत दिलाएका युकेशले स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकपमा कास्यपदक पनि पाएका थिए ।

KFC Island Ad
NIC Asia

तर, क्यानले उडानका समयमा पाइलटलाई निषेध गरिएका क्रियाकलाप गरेको भन्दै स्पष्टीकरणको लागि बोलाएको हो । उनीसहित सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई पनि अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ ।  
यात्रुलाई उडाउने क्रममा ती पाइलटले सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गर्दै आएका थिए ।

क्यान पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँका अनुसार ती पाइलटले उडानकै क्रममा पात टिप्ने, फूल टिप्ने, फेवातालमा खुट्टा छुवाउने जस्ता कार्य गर्दै आएका थिए । यी गतिविधी उडानको नियमले वर्जित गरेको छ । “उडान गर्नेबेलामा पात टिपे, फूल टिपे, हेलचक्र्याईँ गरे, तालमा पानीलाई छुने जस्ता कार्य गर्दारहेछन् । त्यसैले ८ जनालाई उडानमा निषेध गरेर तीन दिनभित्रमा सोधपुछको लागि उपस्थित हुन काठमाडौंमा बोलाइएको छ,” उनले भने ।

Royal Enfield Island Ad

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था(ना) ले प्रक्रिया अगाडि बढाउनुपर्ने भएता पनि ना ले चासो नदेखाएपछि क्यानले नै प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । “खासमा ना ले प्रक्रिया अगाडि बढाउनुपर्ने हो, तर चासो नदेखाएपछि हामीले के हो त भनेर अनुसन्धानको लागि बोलाएका हौँ,” उनले भने ।
ना का अध्यक्ष कृष्ण भण्डारीले भने क्यानले नै सबै प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

“अतिरिक्त क्रियाकलाप गरेको कारण क्यानले स्पष्टीकरणको लागि बोलाएको रहेछ,” उनले भने ।

ती पाइलटहरुलाई कस्तो कारवाही हुन्छ त ?

ना का अध्यक्ष भण्डारी भन्छन्, “प्रमाणित भयो भने केही समय उडानमा प्रतिबन्ध होला, पेनाल्टी हुन सक्छ । अब क्यानले कसरी लिन्छ त्यसमा पनि भर पर्छ ।”  क्यानका पोखरा प्रमुख गुरागाईँ भने तत्कालका लागि अर्को सूचना नआउँदासम्म निलम्बन गरिएको बताए ।  “अर्को सूचना नआउँदासम्म अहिलेलाई सस्पेन्ड गरिएको छ । उहाँहरुले कुरा बुझ्नुहुन्छ, स्पष्टीकरण दिनुहोला, यस्ता कार्य अब गर्दैनौँ भनेर माफी माग्नुहोला । त्यही गरेर पठाउँला,” उनले भने ।

यस्तै, ज्यान जाने गरि भएको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न क्यानले पनि समिति बनाएको छ । पुस १० गतेसम्म समितिको म्याद छ । सोही म्यादभित्रै प्रतिवेदन सार्वजनिक गर्ने गुरागाईँले जानकारी दिए । 

“कमिटीले काम गरिरहेको छ, सोधपुछ चलिरहेको छ । दुर्घटनामा परेकी घाइतेसँग एकपटक सम्पर्क हुन्छ । गो प्रो भेटिएको छैन । एक महिनाको म्याद हो, थप हुँदैन । सोधपुछ नै गर्नुपर्ने भयो भने चाहिँ थप हुन सक्छ । पौष १० गतेसम्म कमिटीको म्याद छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro