site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

देशमा बर्सेनि रासायनिक मलको आयात गरिन्छ । मलमा राज्यले अनुदानसमेत दिने व्यवस्था छ । सरकारको कृषि सामग्री आपूर्ति गर्ने कम्पनी भए पनि ठूलो परिमाणमा रासायनिक मलको आपूर्ति गर्न ठेक्का दिने गरिन्छ । गत वर्ष पनि सरकारले बदनाम व्यवसायीहरूलाई मूलतः राजनीतिक पहुँचका आधारमा मल आपूर्ति गर्ने ठेक्का दियो । ठेकेदारहरूले समयमा आपूर्ति नगरेपछि बर्खे धानका लागि किसानले मल पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग धान बालीमै हाल्न भ्याउने भन्दै मल पैँचो मागेको हल्ला चलाइयो । तर, मल आएन । अहिले गहुँ छर्ने बेलामा पैँचो मल नआउने भयो किन्ने प्रक्रिया सुरु गर्ने भन्न थालिएको छ । तर, किनेकै मल पनि चाहिने बेलामा आइपुग्ने टुंगो छैन ।       

रासायनिक मलको व्यवस्थापनमा वर्तमान कुशासनको प्रतिविम्ब देखिन्छ । रासायनिक मल सधैँ आयात गर्नुपर्ने भए पनि सरकारले विकल्प खोजेको छैन । आयात गर्नका लागि समेत अनुदान दिनेसरकारले देशमा मल बनाउने कारखाना खोल्न सिन्को पनि भाँचेको छैन । यस्तै, रासायनिक मलको खरिदमा सधैँजसो भ्रष्टाचार हुने भएको सुनिन्छ । तर, मल खरिदमा हुने अनियमितता रोक्ने गम्भीर प्रयास भने कहिल्यै भएन । रासायनिक मलको खरिदमा हुने आर्थिक अनियमिततामा सम्बन्धित मन्त्रालयको उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको पनि संलग्नता रहने गरेको जनविश्वास छ । अर्थात्, किसानले बेलैमा रासायनिक मल नपाउनुमा अनुदार नियमको प्रशासनिक झमेलाभन्दा बढी शासकहरूको बदनियत दोषी छ । यसैले रासायनिक मलको आपूर्तिमा रहेको अव्यवस्था र अनियमितता छिटै समाप्त हुने छाँट देखिँदैन ।

आपूर्तिको व्यवस्था पूरै निजी क्षेत्रलाई सुम्पेर मूल्य नियमन गरेमा सायद रासायनिक मल किसानले बेलामा पाउन सक्थे । केही महँगो परे पनि मलको अभाव कम हुन्थ्यो । त्यसो त सरकारकै स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडलाई प्रभावकारी हुन सकेको भए मलको अभावै हुने थिएन । सम्भवतः नेपाली कर्मचारीको ढंग र साखकै कारण बंगलादेशले नेपाललाई ५० हजार टन रासायनिक मल पनि पैँचो नपत्याएको हो । पहिले नै पैँचो माग्नुको साटो सरकारले किन्न खोजेको भए सायद धानकै लागि हुने गरेर मल आइपुग्थ्यो । उति बेलै पैँचो माग्नुको साटो बंगलादेशसँग किनेरै ल्याउने उपायमा किन सरकारले ध्यान नदिएको हो ? विदेशबाट नेपाल मल ल्याएर फेरि बंगलादेश पठाउन खोज्नुको औचित्य के थियो ? यो ‘लड्डु लडाएर झिल्ली झार्ने’ कमिसनको खेल हो कि के गर्दा के हुन्छ भन्नेसम्म थाहा नभएको मूर्खता हो ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले जनतालाई यी प्रश्नहरूको जवाफ त पक्कै दिनेछैन । तर, देशभित्र मात्र हैन विदेशमा समेत नेपाल सरकार उपहासको पात्र बन्नु राष्ट्रिय लज्जाको विषय हो ।    
   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro