अर्थ व्यवसाय
काठमाडौं । तिहार नजिकिएसँगै तिहारका लागि आवश्यक सामग्रीहरुको किनबेच सुरु भएको छ । काठमाडौंको व्यस्त र पुरानो बजार असन बजारमा तिहारको लागि चाहिने सामग्रीहरु किनबेच गर्नेहरुको संख्यामा वृद्धि भएको हो ।
तिहारका लागि आवश्यक फलफूल, माला, सजावटका सामान, पूजाका सामान, मसलाहरु बिक्री सुरुसँगै बजारमा मानिसहरुको चहलपहल पनि गत हप्ताभन्दा बढेको देखिन्छ ।
मानिसको चहलपहल भए पनि व्यापार नभएको व्यापारीहरुको भनाइ छ । एक व्यापारीले भने, "पहिले एकैछिन फुर्सद हुँदैन थियो, मान्छेको भिडले बजारमा खुट्टा राख्ने ठाउँ हुदैन थियो । यो वर्ष त्यस्तो हुने देखिँदैन । यो वर्ष थोरैमा चित्त बुझाउनु पर्ने हुन्छ ।"
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७ १६:५५
प्रतिक्रिया दिनुहोस्