site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनता सबै कुरा जान्दछन् : कोरोनाबारे सही सूचनामात्रै प्रवाह गरौं
SkywellSkywell

पोखरा । प्रोजेक्टरले देखाएको सेता फोकसमा निलो अक्षर देखियो, जहाँ लेखिएको थियो, “जनता सबै कुरा जान्दछन् ।” यो झन्डै एक वर्षदेखि सुरु भएर महामारीको रुप लिएको कोरोना भाइरसको बारेमा लेखिएको थियो र यो प्रसंग जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधीले के गर्नुपर्छ भन्‍ने सन्दर्भमा देखाइएको थियो ।

ढिलै सही, ६ महिने लकडाउनको अन्त्यपछिको दुई महिनामा बल्ल विश्व स्वास्थ्य संगठन गण्डकीका जनप्रतिनिधीसँग अन्तरक्रिया गर्न गइरहेको थियो । “कोभिड १९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक” अन्तरक्रिया कार्यक्रम विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय संसद नेपालको आयोजनामा राखिएको थियो ।

कार्यपत्र प्रस्तुतीकरणमा डा. विनोदप्रसाद गुप्ताले कोरोना भाइरसको उत्पत्तिदेखि लक्षणहरुको बारेमा बताएका थिए । सुरुवाती चरणमा कोरोना भाइरसको लाक्षणिक परिचय दिइएपछि सांसदले प्रश्न गरेका थिए, “आठ महिनापछि आएर लक्षण बताएर के फाइदा हुन्छ ?”

KFC Island Ad
NIC Asia

सोही प्रश्नकर्ता सहित अन्तरक्रियामा सहभागी सांसदहरुलाई पछि भनियो, “तपाईंहरुले प्रवाह गर्ने सूचना कत्तिको प्रभावकारी छन त ?” यही विषयमा केन्द्रित अन्तरक्रियामा कोरोना भाइरसले महामारीको रुप नलिँदै यसको बारेमा फैलिएका भ्रम र अफवाह अनि जनताको सूचनाका केन्द्र समेत रहेका जनप्रतिनिधीले निभाएको भूमिकाको बारेमा लामै चर्चा भयो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. सुनुर वर्माले जनप्रतिनिधीले नै अफवाह फैलाएकोदेखि सूचना प्रवाहमा भएका गल्तीहरुको बारेमा प्रस्तुती दिए । सूचना प्रवाहमा भएका गल्तीलाई रोक्नेबारेमा सुझाव पनि दिए ।

Royal Enfield Island Ad

विकसित देशका टेलिभिजनले कोरोना भाइरसको बारेमा त्यहाँको सरकारले देखाएको गतिविधी हेरेपछि जनताले पनि सोही अनुसारको अपेक्षा गरेको तर गरिब देशहरुमा स्रोत साधनको अभावले जनताहरु आफ्ना प्रतिनिधीसँग खुसी नभएको उनले बताए । 

उनले भने, "अपेक्षा अनुसार हाम्रो देशमा पूर्वाधार छैनन् । अर्को कुरा हाम्रो जस्तो देशमा असन्तुलन छ, उमेरको असर छ । संस्कारमा ठूलो मानिसले भनेको नकार्दैनौँ । हजुरबुबाले मास्क हटाउन भनेमा हामी मान्छौँ । हाम्रो घरमा काम गर्ने सहयोगी छन् भने उनीहरुले हामीलाई त्यो नगर भन्दैनन् । हामीबीचको सन्तुलन एउटै छैन । यसले गर्दा हाम्रोजस्तो संस्कार, सुरक्षित बानीव्यहोरा पालना गरेका हुँदैनौँ ।"

कोरोना भाइरसको सावधानी पूर्णरुपमा अपनाउनको लागि हाम्रा संस्कारहरुले पनि नकारात्मक प्रभाव पारेको उनले जनाए । यसबाहेक आर्थिक रुपले कमजोर वर्गको बारेमा उपल्लो वर्गले जानकार रहेको सोच राख्ने धारणा गलत भएकोसमेत उनले बताए । जनप्रतिनिधीहरुले आफ्ना जनताको बारेमा सबै जानकार रहेको जस्तो धारणा राख्‍न नहुने उनको सन्देश थियो ।

गत वर्षको अर्थशास्त्रका नोबेल पुरस्कार विजेताको खोजको दृष्टान्त दिँदै उनले भने, “मुख्य समस्या भनेको हामीले गरिबले के सोचेका छन भन्ने थाहा छ जस्तो व्यहोरा गर्छौँ । गत साल अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका उनीहरुले गरिबहरुले कसरी सोच्छन भन्ने अध्ययन गरेका थिए । त्यो अध्ययनका लागि हार्वडका ५० विद्यार्थीलाई अफ्रिकाका गरिब परिवारको बारेमा अध्ययन गर्न पठाइएको थियो । उनीहरुले गरिबलाई केही सोध्‍न पाउँदैनथे, मात्र अवलोकन गर्थे । उनीहरुको क्रियाकलाप । त्यसले हामीले गरिबहरुको बारेमा सोच्ने धारणा गलत छ ।”

अहिले संकटको अवस्था बढ्दै छ । सुरुवातमा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै नेपालमा सयको आँकडामा संक्रमण हुनसक्ने प्रक्षेपण गरेका थिए । सो अनुसार पूर्वाधार चुस्त हुने अपेक्षा थियो । तर, अनपेक्षित रुपमा लाखौँको संख्यामा संक्रमण पुगेको छ र यो बढ्दो क्रममा छ । यस्तो अवस्थामा जनताले जिम्मेवार प्रतिनिधीलाई ध्यान दिएर सुन्ने गर्दछन ।

हार्वडका विद्यार्थीले गरेको अनुसन्धानको प्रतिवेदनले भन्छ, “संकटको बेलामा जनप्रतिनिधीलाई नियालेर, विचार गरेर सुनिरहेका हुन्छन् । आधिकारिक स्रोतको विकल्प नभएका कारण जनप्रतिनिधीलाई हेरिरहेका हुन्छन् ।”

उक्त रिपोर्टका आधारमा डा. वर्माले सांसदहरुलाई सुझाव दिँदै भने, “नागरिकले दुई तरिकाले जनप्रतिनिधीलाई जज गरेका हुन्छन, कति छिटो जानकारी दिने र दिएको जानकारी सत्य छ कि छैन । तौलिरहेका हुन्छन । आधिकारिक व्यक्तिले नै गलत सूचना दिने घटनाहरु नेपालमा मात्र नभइ विश्वमा नै भएका छन् । अझ मिश्रित सूचनाले त नकारात्मक प्रभाव पार्ने गर्दछन् ।"

वर्माले जनप्रतिनिधीले आपतकालमा गरेका सञ्चारका पाँचवटा गल्तीहरु औंल्याए । उनले सुझाव दिए, “मिश्रित र अस्पष्ट सन्देश प्रवाहले नकरात्मक प्रभाव पार्ने गरेको छ । कोभिडको परिवर्तनकारी गुणले पनि हरदिन, हरहप्ता नयाँ कुराहरु आइरहेका छन् । आज के सत्य हो भने अर्को हप्ता त्यो सत्य नहुन सक्छ । दिनहुँ जानकारी फेरिएका छन् । सुरुमा नै जनतालाई आज भनेका कुरा सत्य नहुन सक्छ, भोलि फरक कुरा आउन पनि सक्छन भनेर भन्नुपर्छ ।”

नौ महिना अघि विश्व स्वास्थ्य संगठन नै मास्क लगाउने वा नलगाउने भन्ने बारेमा आफैंमा अनिश्चित थियो । सोही अनिश्चितताका कारण कोभिडलाई बिजनेस बनाइएको आरोप पनि लाग्यो । सोही आरोप सहभागी सांसदले सत्य हो कि नाई भनेर सोधेका थिए ।

उनले भने, “यो कुनै बिजनेस होइन, विश्व स्वास्थ्य संगठनले त्यतिबेला मास्कको बारेमा निश्चित थिएन । जनप्रतिनिधीले सही कुरा नभनेपछि उहाँको ठाउँ अरु कसैले लिन सक्छ । यसले त्यहाँ खाली ठाउँ बन्छ, अरुले नै ठाउँ लिन्छन, फाइदा लिन्छन् । आर्थिक पनि हुन सक्छ ।”

भारतमा भारतीय जनता पार्टीका सांसदले संसदमै गौमूत्र पिउन भनेको देखि लिएर मलेसियाका स्वास्थयमन्त्रीले राष्ट्रिय टेलिभिजनबाटै तातोपानी पिएर कोरोना भाइरस रोक्न सकिने भिडियो देखाइएको थियो ।

विज्ञानले प्रमाणित नगरेका विषयमा आधिकारिक व्यक्तिले नै त्यस्ता सूचना प्रसारण गर्नु झनै घातक हुने उनले बताए । मलेसियाका स्वास्थ्यमन्त्रीलाई २४ घण्टा नबित्दै बर्खास्त गरिएको थियो भने भाजपा सांसदको बारेमा न त्यहाँको राज्य सरकार न केन्द्र सरकारले नै प्रतिकार गरे । यस्ता खालका सूचनाले झनै अनिश्चितताको सन्देश दिने र जनप्रतिनिधीबाट जनताको भरोसा उड्ने हुँदा आधिकारिक र आफूलाई जानकारी भएकोमात्र  सूचना प्रवाह गर्न उनले आग्रह गरे ।

सकेसम्म छिटो, आफूले गरिरहेको कार्यको जानकारी र आफूले गर्ने प्रतिबद्धता पनि स्पष्ट पार्न उनले सुझाव दिए ।

“पुष्टि भइसकेका तथ्यमा मात्र दिनुहोला, सँगै के-के गर्न सकिन्छ, चाल्न सकिने कदमको बारेमा पनि भन्नुहोस, जनतामा आफ्नो भरोसा बढोस भन्‍ने चाहानुहुन्छ भने थाहा नभएको कुरा थाहा छैन भनिदिनुहोस, मलाई थाहा छैन भनेपछि त्यतिमै नरोकिनुहोस, पत्ता लगाउँदैछु भन्नुहोस्, यो एउटा ठुलो चुनौती यसकारणले पनि हो कि, हामी निकै व्यस्त हुन्छौँ, आफूले गरेका कुरा भन्न पनि भ्याउँदैनौँ, जनताले प्रतिबद्धता सुन्न चाहान्छन, तपाइले के गर्दै हुनुहुन्छ, गरिराख्नुभएको छ त्यो पनि भन्नुहोस्, केही भन्नेबित्तिकै तपाईंले थप जानकारी कहाँ पाउन सकिन्छ भन्ने बारेमा पनि आधिकारिक जानकारी पाउने स्रोत भन्नुहोस्,” उनको सुझाव छ ।

सांस्कृतिक समस्याका कारणलाई उनले तेश्रो समस्यामा राखे । अनि भने, “यो चाहिँ समस्या के हो भने, शक्तिमा भएपछि शक्तिमा नभएका मानिसहरुलाई के चाहिन्छ भन्ने हामीलाई थाहा छ भन्‍ने सोच हो । विकसित देशका डाक्टरमा पनि त्यो छ । उनीहरुले बिरामीलाई के भएको छ भन्नेभन्दा पनि के गर्ने भन्नेतर्फ सोचेका हुन्छन् । तपाईंले आफ्नो निष्कर्षमा कसरी पुग्नुभयो, त्यसबारेमा जनतालाई पनि बताउनुहोस् ता कि उ पनि सोही निष्कर्षमा पुगोस् ।”

संकटको बेलामा नकारात्मक नै सही तर वास्तविकता बताउनुपर्नेमा उनले जोड दिए । नआत्तिनुहोस्, केही भएको छैन भनेर जनप्रतिनिधीले सूचना प्रवाह गर्दा जनताले सत्य थाहा छैन अथवा झुट बोलेका छन भन्ने सोच्न सक्ने हुँदा वास्तविकतालाई बताउन उनले सुझाव दिए ।

गलत सूचनाको तत्कालै प्रतिकार र खण्डन गर्नुपर्ने, खण्डन नगर्दा अर्को व्यक्तिले फाइदा उठाउनसक्ने तर्फ ध्यान दिन उनले आग्रह गरे । आपतकालीन अवस्थामा शक्ति संघर्षको खेल हुँदा जनताले मन नपराउने अर्को सुझाव उनको थियो । प्रमाणित सूचना, सोसल मिडिया वा प्लेटफर्मबाट छिटो प्रवाह, सहानुभूति देखाउनुपर्नेमा उनले जोड दिए ।

अन्तर्क्रियामा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस्ता कार्यक्रम फलदायी र प्रभावकारी हुने बताए । गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले ढिलै भए पनि सही कार्यक्रम ल्याइएको बताए । कार्यक्रममा सहभागी हुन आएका प्रदेश नं. २ का सभामुख सरोजकुमार यादवले प्रदेश २ को तुलनामा गण्डकीका जनताहरु सचेत देखेको र यस्ता कार्यक्रमले थप सचेतना फैलाउन सहयोग पुग्ने बताए । सुरुवाती चरणमा हटस्पट बनेको प्रदेश २ मा पहिले नै यस्तो अन्तरक्रिया राखिएको भए तुलनात्मक रुपमा कोभिड न्यूनीकरणमा सचेतनामूलक प्रभाव पर्ने बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सचेतना फैलाउन सहयोग गर्ने तर सरकारले भने जनताको स्वास्थ्यलाई त्यति चासो नदिएको प्रतिक्रिया दिए । 

सरकारकै अकर्मण्यताले जनप्रतिनिधीप्रति जनताको विश्वास गुम्‍ने खतरा रहेको हुँदा सरकारले बेलैमा सही कदम चाल्न उनले सुझाव दिए । गण्डकीका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले उपकरण खरिद गर्न खोजिएको तर अन्तर्राष्ट्रियस्तरमा नै बजार अभाव रहेका कारण ढिलाइ भइरहेको र सरकार गम्भीर रहेको जवाफ दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro