site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यविभाजन र पार्टी समायोजन टुंगाउन जसपाले बोलायो कार्यकारिणीसभा
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) ले कार्यविभाजन र पार्टी समायोजन टुंगो लगाउने विषयमा छलफल गर्न  केन्द्रीय कार्यकारिणीसभाको बैठक बोलाएको छ । कात्तिक ३ र ४ गतेका लागि कार्यकारिणीसभा बैठक बोलाइएको जसपा कार्यकारिणी सभा सदस्य केशव झाले जानकारी दिए । जसपाको ५१ सदस्यीय केन्द्रिय कार्यकारिणी सभा छ ।

बैठकका लागि विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार तथा कार्यविभाजन, समायोजनलगायतको एजेन्‍डा तय भएको झाले बताए । बैठक तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्नेछ । गत असार अन्तिम साता तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जसपा निर्माण भएको थियो । केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । अरु सदस्य रहेका छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार झा, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सक्रियता बढ्यो
केही समययता सुस्त देखिएको जसपाले पुनः सक्रियता बढाएको छ । अध्यक्षद्वय र वरिष्ठ नेताहरु कोरोना महामारीकैबीच पार्टीका विभिन्‍न कार्यक्रममा सहभागी भएका छन् । काठमाडौंदेखि मधेसका जिल्लाहरुमा जसपाले पार्टी गतिविधि बढाएको छ ।

अध्यक्ष र वरिष्ठ नेताहरु जिल्लामा हुने कार्यक्रममा पनि सहभागि बनिरहेका छन् । मंगलबार वरिष्ठ नेता महतो र राई सप्तरीमा आयोजित पार्टी कार्यक्रममा पुगेका थिए । त्यस्तै, महतो सुनसरीको तरहरामा अगुवा कार्यकर्ता भेलामा पनि सहभागी भएका थिए । अहिले महतो मधेसका जिल्लाहरुमा पार्टी कार्यक्रममा व्यस्त छन् । नेताहरु राजकिशोर यादव, अनिल झालगायत पनि जिल्लाका कार्यक्रममा व्यस्त छन् । यादवले आफू पार्टी कामको सिलसिलामा केही दिनयता सप्तरीमा रहेको बताए ।

Global Ime bank

त्यस्तै, शनिबार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता भट्टराई र राईले बुद्धिजीवीहरुसँग काठमाडौंमा छलफल गरेका थिए ।   केन्द्रीय समितिमा कार्यविभाजन, प्रदेश समितिसहित स्थानीय तह र भातृ संस्थाको समायोजन भने बाँकी नै छ । भदौ दोस्रो साता जसपाको सचिवालय बैठकले संगठनको समायोजन निर्देशिका पारित गर्दै जिल्ला तहमा परिपत्र पठाइसकेको छ । दुवै पार्टी संगठन, समितिहरु, जनवर्गीय, भ्रातृ संगठनलगायत समायोजन गर्न समायोजनसम्बन्धी निर्देशिका ०७७ नै बनाएको छ । तर, केही समय अध्यक्ष ठाकुर अस्वस्थ हुँदा समायोजन र कार्यविभाजन अलपत्र परेको थियो । ठाकुर स्वस्थ भएर पुनः सक्रिय भएपछि जसपाको कार्यविभाजन र समायोजन प्रक्रिया पुनः अगाडी बढ्न लागेको छ । 

समायोजन निर्देशिकामा समायोजनको नीति तथा मापदण्ड प्रस्ट पारिएको छ । जसमा, ‘समितिको अध्यक्षलगायत नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ, जनवर्गीय संगठनहरुलगायत संगठनात्मक स्थिति, पछिल्लो निर्वाचन परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, क्षमता, योगयता र प्रभाविकारिता’ लाई मापदण्डका रुपमा लिनुपर्ने उल्लेख छ । त्यस्तै, समितिहरु समायोजन गर्दा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी मात्र दिइनेछ ।

पदेनबाहेक दुई अलग तहका समितिमा रहेका व्यक्तिहरुलाई आफू रहने समिति छनोटको अवसर भने दिइने व्यवस्था गरिएको छ । त्यस्तै समितिमा पदाधिकारी चयन गर्दा सामुदायिक विशेषताअनुसार समावेशीतालाई ध्यान दिनुपर्ने, महिलाको संख्या अपुग भए महिलाबाटै स्थान पूर्ति गर्नेगरी स्थान खाली राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय